पाठक पत्र ः भनपाको नक्सा शाखाबाट कहिलेसम्म पीडित हुने हामी ?
चैत १३, २०८०, मङ्गलबार | विहान ०२:३३ बजे | 45
अहिले भक्तपुर नगरपालिकामा नक्सा शाखाका प्राविधिक कर्मचारीहरुबीच बेमेल वा आ–आप्mनै धारणा र अहंकारका कारण नक्सापास पकृयामा ढिलो हुने र नक्सावाला सेवाग्राही जनतालाई दुख भइरहेको गुनासोहरु सुनियो । पहिलो कुरा त २०७४÷२०७५ मा बर्षमा सालाखाल हजार वटासम्म नक्सापास भएको छ भने अहिले २०७९÷२०८० आउँदा मुस्किलले तीन चार सय पास भएको होला ! त्यसको अर्थ सालाखाला दैनिक एउटा नक्सा पास भएको देखियो । अझ वारेस बस्नेहरु कुरा सुन्ने हो भने दुईतीन दिनमा एउटा मात्र नक्सा पास हुने आँकलन गरेको देखिन्छ । यसको अर्थ अहिले कामै ढिलो भएको अनुमान गरेको छ । जहाँ कार्यालय सहयोगीबाहेक दर्ता चलानीदेखि कम्प्युटर अपरेटरसमेत अधिकृतस्तरको कर्मचारी छन्, त्यस्तो स्थानमा जनताको करबाट तलब खानेहरुले तलब खर्च अनुसार काम भयो कि भएन भने स्वमुल्याङ्कन गर्न जरुरी छ ।
अर्को कुरा नक्सा शाखाका प्राविधिकहरुको एउटा कुरामा मत फरकफरक देखिएको गुनासो सुनियो । नक्सापास गरी राखेको सामान्य अनियमितहरु र कोठाहरु बढेकोमा जरिवानासहित थामी दिने निर्णय भएपछि निर्माण सम्पन्न दिई आएकोमा अहिले शाखा प्रमुख अनियमितको निर्णय भए अनुसारको निर्माण सम्पन्नमा लेखी निर्माण सम्पन्न दिने कुरा गर्छ भने त्यही शाखाका अर्का प्राविधिक नक्सा नराखी दिन मिल्दैन भनेर नक्सा राख्न लगाउने कुरा गर्छ । नक्सा शाखा प्रमुख नौ बा¥ह वा नौ नौको पिलरमा नक्सा पास गर्ने पक्षमा हुनुहुन्न । दुई तल्लामा सत्तर पास भएकोमा टपमा खस्छ भनेर बार्दाली राखेको थामिदिने निर्णय भई निर्माण सम्पन्न दिन पैसा समेत तिराई सकेपछि दिएको निर्माण सम्पन्न समेत फिर्ता मागेर सही काट्ने गरेको र प्रमुख प्रशासकीय अधिकृत फेरेपछि सो निर्माण सम्पन्नको लागि अनुरोध गर्दा जथाभावी टिप्पणी उठाउनु भन्दा निर्माण सम्पन्न फारम भरेर ल्याउनु सही गरिदिन्छु भन्दासमेत नक्सा शाखाका प्राविधिकहरुले पूर्वाग्रही रुपमा निर्माण सम्पन्न नदिएकोले निर्माण सम्पन्नको पैसा तिरेको न फिर्ता न निर्माण सम्पन्न भएर सेवाग्राही अवाक्क भएको गुनासोहरु पनि सुनियो ।
अर्को जनप्रतिनिधिहरुले नौ बा¥हको पिलरमा चार तल्ला र त्यसमाथि भ¥याङ खण्ड छोप्ने गरी नक्सापास गरिदिने कार्यपालिकाबाट नगर सभामा निर्णय भई कायार्थको लागि आउँदासमेत नक्सा शाखाका प्राविधिकहरुले अटेर गरेको वा जनप्रतिनिधिहरुको निर्णयलाई धोती लगाइदिने अहंकारी भएको गुनासो पनि सुनियो ।
निजी आवास वा २०६८ सालपछि बाटो कित्ताकाट भएकोमा प्लानिङ्ग दस्तुर लिने निर्णय २०७२ सालमा भयो । तर घरबाटो लिन आउँदा प्लानिङ्ग दस्तुरको कुरा नगर्ने जग्गा किनिसकेपछि नक्सा हाल्न खोज्दा प्लानिङ्ग दस्तुरले समस्या पारेको त छ नै त्यसमाथि तीन गुना र डब्बल दस्तुरले दशौं लाख प्लानिङ्ग दस्तुरले झन मारमा परेको छ । त्यसमा पनि त्यही समयमा किनेकाहरुलाई कसैलाई जम्मा लाख रुपैंया तिर्दा पुग्ने र कसैलाई दशौं लाख तिर्नुपर्ने नक्सा शाखाका प्राविधिकहरुको कार्यले जनताले नगरपालिकाप्रति हेर्ने दृष्टिकोणमा बक्रदृष्टि देखिएको छ । त्यसैले नक्सा शाखाले नक्सा विनियम अनुसार विधिवत रुपमा नियमसंगत आए दुख दिनु मनासिव हुँदैन र त्यसमा नक्सा शाखाका प्राविधिक पिच्छे आ–आप्mनै अलगअलग धारणा राखेर तर्कको कुरा गर्दा एउटै शाखाबाट दुईतीन वटा कुरा आउनु कतिको जायज छ ?
भुकम्प प्रतिरोधात्मक क्षमता, नगरपालिकाको नियम कानुन र नक्सा विनियमको नियम र परिधिमा आ–आप्mनै तरिकाले व्याख्या गरी जनतालाई दुख दिने नियत वा आफूले नक्सा लेख्नुपर्ने मनसायले काम गरे नगरपालिका र नक्सा शाखाको थप बद्नाम हुनेमा दुईमत नहोला !
रिया सुजखु
भनपा ६