पर्यटन विकासका आधारहरुबारे ख्वपमा प्रशिक्षण
चैत १२, २०८०, सोमबार | विहान १०:४२ बजे | 45
सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टपर्नशिप सपोर्ट प्रोग्राम अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेका छन् । यसै क्रममा भक्तपुर नगरपालिका पर्यटन विभागका प्रमुख गौतम लासिवाले पर्यटन, दिगो पर्यटन, रोजगारीका अवसर यसका चुनौतीहरुबारे प्रशिक्षण दिनुभएको थियो । पर्यटन अर्थतन्त्रको मुख्य आधार हो, पर्यटन क्षेत्रको दिगो विकास गर्न स्थानिय बस्तु उत्पादन, विक्रीवितरण, यसको प्रचारप्रसार, ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्नेमा लासिवाले विशेष जोड दिनुभयो । विशेषगरी भक्तपुरमा स्थानीय तहमा उत्पादन हुने भादगाउँले कालो टोपी, जु जु धौ (दही), हाकुपरासी, तरकारी तथा फलफुल, माटोका भाडाँहरु, हस्तकलाका सामानहरु व्यापक रुपमा उत्पादन विक्रीवितरण र प्रचारप्रसार हुनु जरुरी छ, यसको साथै यहाँ रहेका साँस्कृतिक सम्पदा, मठमन्दिर, दरबार, संग्राहलय, पोखरी, बहाबही, चोक, ढुंगेधारा, धार्मिक क्षेत्र, साँस्कृतिक क्षेत्रकाबारेमा पनि विस्तृत रुपमा प्रचारप्रसार गर्नु जरुरी छ, उहाँंले भन्नुभयो ।
भनिन्छ नि बोल्ने मानिसको पिठो पनि विक्छ, नबोल्ने मानिसको चामल पनि विक्दैन भन्ने उखान जस्तै हामी आफैले विभिन्न माध्यमबाट प्रचारप्रसार गर्नु पनि नागरिकको दायित्व भएको उहाँंले बताउनुभयो । आफनो क्षेत्रको विकासले मात्र सबैको जीवन सवल बन्न सक्दछ । हाल विदेश जानेको लर्को बढेको विदेमा मात्र रोजगारीका अवसर देख्नेहरुले अब आफनो देशको विकासमा सक्दो रुपमा लाग्नु जरुरी छ, उहाँंले भन्नुभयो, कतिपय मानिसहरु स्थानीय उत्पादनलाई कम महत्व दिने गर्दछन् । यस्ता गलत सोचाइले नै विकासमा विभिन्न वाधाहरु अवरोध ल्याउने गरेको छ ।
उनले आफनो स्थानीय उत्पादनप्रति हामीले गर्व गर्नुपर्ने बताउनुभयो । भक्तपुरलाई शैक्षिक क्षेत्रमा ज्ञानविज्ञानको नगर भने जस्तै साँस्कृतिक केन्द्रको रुपमा स्थापना गर्ने प्रयाय भइरहेकोबारेमा पनि प्रशिक्षक लासिवाले बताउनुभयो । यहाँको पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न भक्तपुर नगरपालिकाले बेलाबेलामा विभिन्न महोत्सव, पोखरी पदयात्रा, बहाबही पदयात्राहरु आयोजना गदैआएको पनि उहाँंले स्मरण गर्नुभयो । प्रशिक्षणको अन्त्यमा इएसपी कार्यक्रमका सदस्य रामेश्वरी बखुन्छेले प्रशिक्षकलाई कलेजकोतर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...