दुना टपरी उद्यममा मस्त शारदाप्रसाद चालिसे


चैत १०, २०८०, शनिबार | दिउँसो ०३:०६ बजे | 30


दुना टपरी उद्यममा मस्त शारदाप्रसाद चालिसे

सिन्धुपलान्चोक । सामुदायिक बनमा निर्भर दुना टपरी उद्योग स्थापना गरेर सामुदायिक बन उपभोक्ता महासघ नेपाल जिल्ला माहासघका उपाध्यक्ष सुनकोशी गाउँपालिका–७ पाङ्रेटार निबासी शरदाप्रसाद चालिसेले आफुले मात्र लाभ नलिई सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका चौतारा साङाचोक नगरपालिकाका महिला दिदिबहिनी आमाहरुलाई आंसिक रोजगारी सृजना गर्नुभएको छ । सुनकोशी गाउँपालिका –७ पाङ्रेटारका चालिसे सिन्धुपाल्चोक जिल्ला सामुदायिक बन उपभोक्ता माहासघका उपाध्यक्ष पनि हुन् । 
सिन्धुपाल्चोक जिल्लाको हरित बाताबरण कायम राख्न सुख्खा मौसममा बन डडेलो नियन्त्रण गर्ने कार्यमा लगातार २०७७ सालदेखि २०७९ सालसम्म पनि सकृय रुपमा सिन्धुपाल्चोकको बन डडेलो नियन्त्रण गर्न सफल ब्याक्तित्व पनि हुन् उनी । हाल सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका –३ मा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थापना गरी उद्यमीको छवि सुरु गर्दै गरेका चालिसेको परिचय अघिल्लो हरफ्मा उल्लेख गरे जस्तै सामाजिक क्षेत्रमामा मात्रै सिमित राख्नु सम्भबत उहाको लागि पनि अन्याय हुनेछ । किनभने उहाँको सकृयता बन माहासघमा मात्र छैन, त्यस भन्दा टाडा उद्यमशीलतामा पनि उहा समर्पित हुनुहुन्छ । चालिसेले सुनकोसी गापा–३ सुकुटे सेरामा सुनकोशी गाउँपालिका, चौतारा साङाचोक गढी नगरपालिका, बलेफी गाउँपालिका, त्रिपूरासुन्दरी गाउँपालिका, बारबिसे नगरपालिका भित्रका सामुदायिक बनहरुमा निर्भर सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थापना गर्नुभएको छ । जसबाट उहाँले प्रत्यक्ष रुपमा गाउँपालिका भित्रका केही महिलाहरुलाई पूर्णकालिन रोजगार हुने छ भने सामुदायिक बनमा पात टिप्ने र ती पातलाई सिन्काले खुटेर लाफा बनाउने महिला दिदिबहिनीहरुलाई आंसिक रोजगारी सृजना गर्नुभएको छ । शारदाले उद्योग स्थापना गरेर आफैले मात्र व्यवसायिक लाभ नली त्यसबाट बन नजिकका पात टिप्ने महिला तथा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रमा काम गर्ने महिला दिदिबहिनीहरुले पाइरहेको रोजगारी यी दुबै अबसर सामुदायिक बनबाट सृजित हुन । सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्र सुनकोशी गापा–३ मा डबल सिलिन्डरको १ ओटा मेसिन राखेर सालको पातबाट दुना टपरी बोता उत्पादन गर्ने उधोग सन्चालन गर्नुभएको छ । गत महिना कार्तिक महिनादेखि सन्चालनमा आएको उधोगको प्राम्भिक उत्पादन बजारमा बिक्रीबितरण भैरहेको छ । जति उत्पादन गरे पनि  बजारमा खपत हुने कुरामा शारदा उत्साहित छन । शारदाले यो भन्दा पहिले पनि कपडा उधोग, पस्मिना उधोग, ढाका उत्पादन, सम्बन्धी पुर्ण बिज्ञ हुनुहुन्छ । यो उधोग सन्चालन सुरु गरेको भने धेरै समय भएको छैन । 
यसअघि उहा कपडा उधोग, पस्मिना उधोग, ढाका उधोग सम्बन्धी डिजाइन सम्बन्धी उद्यममा हुनुहुन्थ्यो । अन्य व्यवसायमा आबद्ध उहालाई बनमा निर्भर दुना टपरी उधोग खोल्ने केले प्रेणणा दियो त ? शारदाकै भनाइमा अरु देशको भर पर्नुपर्ने परनिर्भर्ता भन्दा आफ्नै स्वदेश र आत्मानिर्भर बन्न सामुदायिक बन समुहहरुको उपभोक्ताहरुलाई स्वरोजगार बनाउन आर्थिक सम्पन्नता बनाउन सुखी समुदाय सम्बृद्द स्थानिय सरकार परिकल्पना साकार तुल्याउन सुरु गरिएको हो । समुदाय समाजलाई पनि लाभ मिल्ने र महिला दिदीबहिनी आमाहरुलाई पनि आयआर्जनमा जोड्ने बिकल्प खोज्दा दुना टपरी उधोग उपयुक्त देखेर । 
त्यसो त अचेल दुना टपरीको बिकल्पमा बजारमा प्लास्टिकका कप र प्लेट थाल सजिलै पाइन्छन् । तर यी प्लास्टिकका सामानहरुले बाताबरणमा प्रदुषण पारिरहेको छन । स्वच्छ बाताबरण कायमै राख्न यो नेचुरल साल्को पातबाट निर्मित दुना टपरी नै प्रयोगमा ल्याउन यो उधोग सन्चालन गर्न लागिएको हो । खासगरी धार्मिक र सास्कृतिक अबसरहरुमा दुना टपरी नै नभै हुदैन । दुना टपरिको बिकल्प अहिलेसम्म अन्य सामाग्रीले ती स्थानहरु लिन सकेको छैन । हामी नेपालीलाई जन्मदेखी मृत्युसम्म चाहिन्छ । नेपाली सस्कृतिक चाडपर्वसग जोड्ने काम गर्छ । त्यसमा आफू माद्यम बन्न सकेकोमा पुण्य कमाए जस्तो अनुभुती हुन्छ । त्यसैले आत्मा सन्तुष्ट पनि दिन्छ, उहाँ भन्नुहुन्छ । हाम्रै सामुदायिक बन कच्चापदार्थबाट बनाउन सकिन्छ । स्थानीय महिला दिदिबहिनीहरुलाई पनि आय आर्जनको माध्यम    सृृजना भएको छ ।
दुना टपरी प्रयोग गरिसकेपछि आफै कुहिएर जाने भएकाले बाताबरणिय समस्या पनि हुदैन । प्लाष्टिक प्रयोगपछि यसको व्यबस्थापनमा समस्या आउछ भने यसकारण बाताबरणीय प्रदुषणको जोखिम अत्यधिक हुन्छ । सालको पात टिप्ने काममा लागेका पनि सबै महिला नै हुन । महिला दिदिबहिनीहरुको लागी रोजगार सृजना गर्न सकेको छु । टोल छिमेक समुदायका महिला दिदिबहिनीहरु प्राय बेरोजगार हुनुहुन्छ । उहाँहरुको लागी रोजगार सुरु भएको छ । महिला दिदिबहिनीहरुले पात टिपेर घर्मै बसीबसी अलिअलि आम्दानी गर्ने अबसर जुटेको छ । शारदा भन्नुहुन्छ, मलाई फाइदा चाहिदैन । म भोलेन्टियर भएरै खट्छु । तर गाउँघर टोल बस्ती बन समुहका महिला दिदिबहिनी र आमाहरुका लागी रोजगारीको अबसर जुटाउन पाएकोमा मलाई गर्व छ । मैले यो पहल नगरेको भए उहाँहरुलेले कमाइ गर्ने अबसर केही गरी पनि पाउनु हुने थिएन । अहिलेलाई म यसैमा सन्तुष्ट छु ।

फाेटाेमा हेर्नुहाेस्...

दुना टपरी उद्यममा मस्त शारदाप्रसाद चालिसे
दुना टपरी उद्यममा मस्त शारदाप्रसाद चालिसे
दुना टपरी उद्यममा मस्त शारदाप्रसाद चालिसे

Comments

ताजा खबर