नःपुखुमा दुईदिने घरेलु उत्पादन मेला हुने


चैत ९, २०८०, शुक्रबार | दिउँसो १२:१८ बजे | 20


नःपुखुमा दुईदिने घरेलु उत्पादन मेला हुने

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा चैत्र १६ र १७ गते भक्तपुर नगरपालिका वडा नं २ स्थित नःपुखु परिसरमा हुने सस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन लागि घरेलु उत्पादन मेला २०८० सम्बन्धि जानकारी गराउने उद्देश्यले  स्थानीय बासिन्दाहरुको भेला वडा नं २ वडाध्यक्ष हरिप्रसाद बासुकलाको प्रमुख आतिथ्यमा भयो ।सो अवसरमा प्रमुख अतिथि श्री बासुकलाले घरेलु उत्पादन मेलाको यस वडालाई छनौट गर्नु भएकोमा संघ प्रति आभार व्यक्त गर्दै मेला सभ्य र भव्य रुपमा सम्पन गर्न वडाले पनि सहयोग गर्न बचन दिनु भयो । हाल भक्तपुरमा विषेश गरी शुक्रवार र शनिवार आन्तरिक तथा वाह्य पर्यटन धेरै आउने हुन्दा सो दिन हुने यातायातलाई सहज बनाउन नगरपालिकाले ठाउँ ठाउँमा पार्किङ्कको व्यवस्था गरेको भएतापनि त्यो अपुग भएको कारण व्यवस्थित पार्किङ्गको लागि नगरपालिकाले गृहकार्य गरिरहेको जानकारी गराउनु भयो ।त्यसै गरी विषेश अतिथि पुर्व वडाध्यक्ष श्री रविन्द्र खर्बुजाले यस्ता मेलाले स्थानीय बासिहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा फाईदा हुने हुन्दा यस्ता मेला महोत्सवहरु बेला बखत हुने पर्ने धारणा राखि मेलाको सफलताको कामना गर्नु भयो । त्यसैगरी जनप्रतिनिधि श्यामसुन्दर मातांले स्थानीय बासिको सहयोग विना कुनैपनि कार्य सफल नहुने भएको कारण मेला स्थलमै यसरी स्थानीय बासिहरुलाई जानकारी गराउने उद्देश्यले भेला राख्नु भएकोमा आभार व्यक्त गर्नुभयो । त्यसैगरी जनप्रतिनिधि मन्जु लाखाले भक्तपुर आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मेला स्थलबारे जानकारी गराउन ठाउँ ठाउँमा मेला सम्बन्धि फ्लेक्स वा सुचना राख्नु पर्ने बताउनु भयो ।
आयोजक समितिका अध्यक्ष प्रेम खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघले गर्दै आईरहेको विविध बिषयहरुबारे जानकरी गराउँदै यहाँ रहेको परम्परागत मौलिक उत्पादनलाई सस्कृति जोड्न तथा ती उद्योगहरुलाई जिवन्तता दिन आन्तरिक तथा बाह्य पर्यटक जोड्ने हेतुले यो मेलाको आयोजना गर्न लागेको जानकारी गराउनु भयो भने भक्तपुर पर्यटन विकास समितिका रामसुन्दर भेलेले यो मेलाले व्यापार होईन व्यवसायिकता विकास गर्न आयोजना गरेको बताउनु भयो । भक्तपुरको सिमित क्षेत्रमा मात्र घुम्ने पर्यटकलाई यस्ता मेलाको आयोजना गरी भक्तपुर भित्र घुमाउन सके समग्र भक्तपुरबासीको सास्कृतिक तथा आर्थिकस्तर पनि बृद्धि हुने बताउनु भयो । भेला कार्यक्रममा संघका सचिव श्यामसुन्दर श्रेष्ठ निवर्तामान अध्यक्ष विरेन्द्र जति तथा महिला उद्यमी समितिका सभापति देवका श्रेष्ठले मेला गर्नुको औचित्यमाथि चर्चा गर्नु भयो ।

Comments