वाली फल्छ मनसुनले मान्छे बन्छ भनसुनले
चैत ८, २०८०, बिहीबार | विहान ०७:१८ बजे | 5
तुल्सी नारायण लाखेमरु
प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्नुहुने सम्पूर्ण ज्येष्ठ नेपाली नागरिकहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ । तेश्रो राष्ट्रिय नागरिक दिवसका अवसरमा मंगलवार शुभकामन सन्देश दिनुहुदै प्रधानमन्त्री प्रचण्डले ज्येष्ठ नागरिकको ज्ञान, सिप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालिन विकासका लागि मार्गदर्शन प्रदान गरेको उल्लेख गर्नुभएको छ । त्यस्तै पूर्व प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले ज्येष्ठ नागरिकप्रति सम्मानपूर्वक व्यवहार सुनिश्चीत गर्नुपर्ने राज्यको दायित्व हुने बताउनुभयो । उहाले उमेर अनुसार रोग बढ्दै जाने भएकाले राज्यले उपलब्ध गराउदै आएको मासिक चार हजार रुपैया भत्तालाई ६८ देखि ७९ वर्षकालाई मासिक ५००० हजार, ८० देखि ८९ वर्षका लाई १०००० हजार, ९० देखि ९९ वर्षका लागि मासिक २५००० हजार र सो भन्दामाथिका लागि मासिक ५०००० हजार रुपैया दिनु सुझाउनु भयो ।
ज्येष्ठ नागरिक श्रेष्ठ सम्मान आमाको काख जन्मभूमिको लाख । कसैले थाहा छैन किसानले लेखेको चेतनामा रमाउनुपर्ने आज हो कि भोलि थाहा छैन । समय गयो किसानको जिउ भन्ने धन्य । सबै रसरंग गयो, किसानको पिडा आगन प्रदेश भयो । उर्जावान युवाहरु विदेशिए गाउशहर रितीए । यो देशलाई माया गर्ने कर्णदारहरु धर्तीलाई माया गर्ने देशलाई माया गर्ने जति पनि किसान ब्रह्माण्डका प्राणीहरु पाल्ने डाक्टर, इन्जिनियर, विज्ञान पढ्न मास्टर र तराई हिमाल पहाडको मजदुरहरु लाखौ लाख साहु माजन जान अन्जान चोर डाका ज्यानमारा यो ब्रह्माण्डका जति पनि प्राणीहरुलाई पालन पोषण गर्नको लागि यो धर्ती इश्वर सम्झने किसान र मजदुरहरुलाई जमिन्दारले चिन्दैनन् र घरबारविहिनलाई घर जग्गा पाउदैन । सैतानको जस्तै उहाँहरुमा विवेक माया करुणा, मुदिता, अपेक्षा, पटकै छैन । देशको संघसंस्था, शिक्षालय, कार्यालय, विद्यालयमा साठी वर्षसम्म सेवा गराई मासिक तलब लिन्छन् । अवकाशपछि पेन्शन पाउछन् भने जस्तै जमिन जोट्नेलाई ब्रह्माण्डका आमा समानहरुलाई जग्गा पाउदैन । साठी वर्ष सेवा गर्नेलाई पेन्शन पाउने जस्तै ब्रह्माण्डमा युगयुगसम्म जग्गा बचाइ राख्नेलाई आधा जग्गा नदिने शासक वर्गको कानुनी अपराध हो, अत्याचार हो । किनभने पशुपतिको मन्दिरमा पुजारीलाई माया गर्छन, श्रद्धा गर्छन सबथोक गर्छन तर ब्रह्माण्ड र देश बचाउने तराई, पहाड र हिमालको जनतालाई जग्गा पाउदैनन् । हावा नचलि पात हल्दैन भने झै राम्रो रोपेर राम्रै नतिजा आउछ । जुन जोगी आए पनि कानै चिरेको नहोस् । वाली फल्छ मनसुनले मान्छे बन्छ भनसुनले ।