ख्वप कलेजमा उद्यमशीलताबारे प्रशिक्षण सुरु


चैत ७, २०८०, बुधबार | विहान १०:३५ बजे | 35


ख्वप कलेजमा उद्यमशीलताबारे प्रशिक्षण सुरु

सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टोर्पोनोशिप सपोर्ट प्रोग्राम (आत्मनिर्भर सहयोग कार्यक्रम) अन्र्तगत उद्यमशीलताका विभिन्न विषयमा प्रशिक्षण तथा तालिम सञ्चालन भईरहेको छ । यसै अवसरमा चैत्र ७ गते नेपाल कानुन अध्ययन समाजका अध्यक्ष तथा अधिवक्ता रामप्रसाद प्रजापतिले कम्पनि दर्ता सम्बन्धी ऐन नियमका साथै उद्यमशीलतासँग सम्बन्धित अन्य कानुनी प्रावधानका विषयमा प्रशिक्षण गर्नुभएको थियो । उहाँले कानुनको अनविज्ञता क्षम्य नहुने भएकोले सर्वसाधारणदेखि व्यवसायी तथा उद्यमीले कानुनको अध्ययन गरि यसको परिपालना गर्नुपर्ने विषय औंल्याउनुभयो । उद्यमी बन्ने उद्देश्य राखेका विद्यार्थीहरुसँगको अन्तक्रियामा विभिन्न कानुनी समस्या तथा जिज्ञासाका बारेमा प्रकाश पार्दै नेपालको संविधान र विद्यमान कानुनमा विषयमा जानकारी दिनुभयो। यसैगरी विभिन्न क्षेत्रमा संलग्न भई सफल उद्यमी बन्नु भएका गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत  सुरेश कवांले भविष्यमा उद्यमी बन्ने उद्देश्य राखेका विद्यार्थीहरुलाई अभिप्रेरित गर्र्र्र्र्दै व्यवसायमा विभिन्न बाद्या व्यवद्यान आउन सक्ने तर त्यस चुनौतीलाई अवसरको रुपमा बदल्नु पर्ने बताउनु भयो । 
  २०८० साल फागुन २४ गते भक्तपुर नगरपालिका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा लालप्रसाद आम्गाइको आतिथ्यतामा उदघाटन् कार्यक्रम भएको थियो । फागुन २६ गते त्रिविका कार्यकारी परिषदका सदस्य प्रा.डा महानन्द चालिसेले उद्यमशीलताको अवधारण,महत्व तथा आवश्यकता विषयमा प्रशिक्षण गर्नुदिनुभएको थियो । यसैगरी फागुन २८ गते त्रिविका सहप्राध्यापक डा. प्रकाश श्रेष्ठले उद्यमशीलताको  सोच विकासबारे विशेष छलफल गर्नु भएको थियो । विश्वविद्यालय अनुदान आयोगले नेपालबाट दक्ष जनशतिm विदेशिने क्रमलाई रोक्नको लागी साथै देशमै रोजगारिका अवसरहरु सृजना गर्ने उद्देश्यले कलेज पढदै गरेका विद्यार्थीरुलाई यस्ता कार्यक्रमहरु मार्फत उद्यमशील बन्न प्रेरित गदै आइरहेको छ । यसका लागि विभिन्न प्रशिक्षण साथै आर्थिक रुपमा पनि सहयोग गर्ने नीति ल्याएको छ । आफनो मनमा रहेको विजनेस आइडियाको बारेमा सेसन मै विभिन्न छलफल गर्न पाएकाले सहभागी विद्यार्थीहरुमा सकारात्मक सोचको विकास भएको छ । यस्ता प्रशिक्षणले गर्दा  आफै व्यवसाय स्थापना गर्ने सोचको विकास भएको कुरा सहभागीहरुले बताए । कतिपय सहभागीहरुले व्यवसायहरु गदै आएको त्यसै क्रममा आफुले भोग्नु परेको समस्याहरु बारे पनि विज्ञहरुसँग छलफल गर्ने मौका पाए । यसैगरी चैत्र २ गते नेपाल घरेलु तथा साना उद्योग महासंघका सदस्य एवं व्यवसायी विरेन्द्र जतिले घरेलु तथा स्थानिय उत्पादनमा जोड दिनुपर्ने औल्याउँदै आफनो व्यवसायिक अनुभव बताउनुभयो । उक्त दिनको दोस्रो सेसनमा राष्ट्रिय वाणिज्य बैक लिमिटेटका वरिष्ठ व्यवस्थापक युवराज घिमिरेले उद्यमशीलताका लागि आवश्यक वित्त व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।   यसैगरी चैत्र ५ त्रि विका प्रा.डा भोजराज अर्यालले मार्केटिङका अवधारण, यसका प्रकारहरु, मार्केटिङका रणनीतिहरु, बजारको संम्भावयता लगायतका विषयमा प्रशिक्षण गर्नुभएको थियो । यसरी उद्यमशीलता सँग सम्बन्धित अन्य प्रशिक्षण कक्षाहरु पनि सञ्चालन भइरहेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेजमा उद्यमशीलताबारे प्रशिक्षण सुरु

Comments