पर्यटकको आकर्षण गुण्डु सेल्फी डाडा
चैत ५, २०८०, सोमबार | दिउँसो ०१:१२ बजे | 5
सविना कार्की
भक्तपुरको सूर्यबिनायकस्थित गुण्डुमा रहेको सेल्फी डाडामा पर्यटकको उपस्थिति बढ्न थालेको छ । शान्त, स्वछ वातावरणको लागि यो स्थान एकदमै राम्रो छ ।
सेल्फी डाडा सूर्यविनायक नगरपालिका वडा नं. ७ मा पर्द्छ । यहाँबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु देख्न सकिन्छ । भक्तपुरबाट करिब ३० मिनेट भित्रको दुरिमा पर्यटकिय सर्किटमा घ्याम्पे डाडा, पाइलटबाबा आश्रम, सेल्फी डाडा, रानिकोट बाघभैरब तथा लाकुरीभञ्ज्याङ्सम्म पदयात्रा सहज रूपमा गर्न सकिन्छ ।
सेल्फी डाडामा पर्यटक आउन थालेको धेरै भएकोे छैन तर भक्तपुरका स्थानीय यहाँ दैनिक रूपमा पुग्छन् । सेल्फी डाडाको ढुङगमा बस्दा आन्दामोहक स्वयम् आकाशमा उडेको जस्तो अनुभव हुने गर्द्छ । गुण्डुमा थुप्रै पर्यटकिय गन्तव्यहरु रहेका छन् । तर उचित, प्रचार र प्रसार हुन नसक्दा सबै पर्यटक पुग्न सकेको छैनन् । सूर्यविनायक मन्दिर, सुवर्नेश्वर, अन्न्तलिङ्गेस्वर ,पाथिभरा जस्ता मन्दिरले धार्मिक पर्यटकका लागि आकर्षण बन्न सक्छ भने पाइलटबाबा आश्रम, घ्याम्पे डाडा, सेल्फी डाडा, रानिकोट, स्थानबाट हिमालयका टाकुरासङ्गै राजधानी अब्लोकन गर्न सकिन्छ ।
मानासिक शारीरिक रूपमा तनाव भएका ब्यक्तिलाई सेल्फी डाडामा आउँदा स्वच्छ हावा, रमणीय वनजङ्गगल हेर्दा आफैलाइ बिर्सी चरी झै उडेको अनुभव हुनेछ ।