७३ वर्षकी आमा ५० वर्षदेखि वोः वेच्दै, गुजारा चलाउँंदै


चैत ४, २०८०, आइतबार | विहान ०५:५१ बजे | 55


७३ वर्षकी आमा ५० वर्षदेखि वोः वेच्दै, गुजारा चलाउँंदै

रोजिना सुलु
भक्तपुर । कुनै पनि काम ठूलो सानो हुँदैन । आफ्नो भित्री मनदेखि इच्छा लाग्ने काम गरे सधै खुसी मिल्नेछ, भक्तपुरमा वः (बारा) पसलकी विकुमाया बज्राचार्य बताउँंछिन् । विगत ५० वर्षदेखि वोः बेच्दै आएकी बज्राचार्य आज भक्तपुरभरि आमाको वोः षसलको नामबाट प्रख्यात छिन् । पसलमा आउने सबै मानिसहरूले उनलाई आमाको नामबाट सम्बोधन गर्दा उनको मन खुसी हुने बज्राचार्य बताउँछिन् । अहिले उनी ७३ वर्षकी भइसकेकी छिन् र अझै आफ्नी बुहारीसँग वोः पसल चलाउँछिन् । 
उनको पसल भक्तपुरमा भएका पसलहरूमध्य फरक छ । मात्र दुई परिकार भएको पसल सधै मानिसहरूले भरिपूर्ण हुन्छ भन्दा विश्वास नलाग्न सक्छ । उनको पसलमा बारा र चिसो पेय पदार्थ मात्र पाइन्छ । आमाको वोः पसलमा विशेष स्वादको तीन प्रकारका वोः खान पाइन्छ – सादा बारा, अण्डा बारा र मिक्स बारा (अण्डा वा मासु) । मानिसहरूले पनि उनको ठाउँ र त्यहाँको खाना मन पराउदा उनलाई यो काम गर्दा निकै खुसी मिल्ने बताउँछिन् । 
पसलले एक दिनमा तीन सय भन्दा बढी मानिसहरूलाई वोः बेच्दछ । उनी भन्छन्, ‘शनिबार र बिदाको दिन अन्य दिनभन्दा बढी ग्राहक आउछन् । बज्राचार्य बिहानै ५ बजे उठेर वोः बनाउनको लागि सर–समानको जोहो गर्छिन् र २ बजेदेखि ६ बजेसम्म पसल खोल्छिन् । भक्तपुरका मात्र नभै  दरबार क्षेत्र घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटक उनको वोः खान आउने गद्रछन । उनी विगतका दिन सम्झदै भन्छन्, ‘अहिले जस्तो त्यो बेलामा कहाँ ग्यास थियो र ? अहिले त जे काम गर्न पनि निकै सहज छ ।‘ 
मासको दाललाई मसिनो बनाउन पनि निकै ग्राहो रहेको उनले बताउँछन् । ‘घन्टौं लगाएर सिलौटोमा हातले मासको दाललाई मसिनो बनाउनुपरर्थो, हात दुखेर निकै पिडा हुन्थ्यो तर अहिले त एकछिनमै मिक्सरले पिसिदिन्छ,’ उनी भन्छन् । उनी वोः सँगै आफ्नो माया, कला, संस्कृतिलाई सबैसँग बाडछिन । वोः बचेर उनले पैसा भन्दा ठूलो नाम, माया, पहिचान कमाएको उनी बताउनुहुन्छ । उनी आफूलाई वोः पसलकी आमा भने सम्बोधन गर्दा निकै खुसी प्राप्त भएको बताउँछन् ।

फाेटाेमा हेर्नुहाेस्...

७३ वर्षकी आमा ५० वर्षदेखि वोः वेच्दै, गुजारा चलाउँंदै

Comments