मेरो सन्देश मेरो आफनोलाई


चैत ३, २०८०, शनिबार | विहान ०३:०८ बजे | 15


मेरो सन्देश मेरो आफनोलाई

सुनिता मगजु
नेवारी प्रचलन अनुसार विवाह भएको चार दिन पछि माइतीघरबाट छोरीलाई लिन आउने परम्परा रहेको छ । मलाई पनि चारदिन कहिले हुन्छ र मम्मी लिन आउनुहुन्छ जस्तो लागिरहेको थियो । ४ दिन पनि मलाई ४ वर्ष जस्तो भयो । विवाह भएको ४ दिन भयो । मेरो आँखा भने बाटोमा थियो । मम्मीको पखाईमा थिए म । हाम्रो मागी विवाह भएको थियो ।
हाम्रो पहिलो भेट देकोचामा रहेको महाकाली मन्दिरमा भएको थियो । भेट भएको १ महिना पछि हाम्रो विवाह भएको हो । हामीले एक अर्कालाई खासै राम्रोसंग चिनजान गर्न सकेका थिए नौ चारदिनपछि मम्मी लिन आउनुभयो । म माइती गएको तीन दिनसम्म पनि न उताबाट फोन, म्यासेन आउँछ न म यताबाट फोन त्यासेज गर्छु । घरमा ममी र अन्टीहकले ज्वाईले फोन गर्नुभएको छैन भनेर सोधिरहनु हुन्थ्यो । बल्ल चार दिनको दिन उता घरबाट उहाँको फोन आयो । बिहे भएको पहिलो पटक फोन गर्नुभएको थियो । मलाई फोन उठाउनै अफ्ठ्यारो लाग्यो तर अन्तिम घण्टीमा  मेले फोन उठाए । फोन उठाएपछि खासै केही कुरा भएन । उहाँले भन्नुभयो “यताबाट मम्मी र अन्टीहक आउँदै हुनुहुन्छ,– मामीहरुलाई सन्चो छैन । चिसोको सत्ता थर्मसमा तातोपानी तताएर राख्नु“ भनेर फोन काट्नु भयो ।
सिफारिसमा भएको विवाह
मेरो विवाह हुनुमा आफन्तदेखि कलेजको शिक्षकको’ समेत हात रहेको छ । विवाहको कुरा मलाई मेरो माइजुले ल्याउनु भएको हो । मेरोबारेमा ससुराबुबाले कलेजको शिक्षकसँंगसमेत सोध्नुभएको रहेछ । व्यही शिक्षक मेरो बिहेमा आउनुभयो र भन्नुभयो “तिम्रो बिहेको लागि सिफारिस त मैले गरेको हो । मलाई यो भन्ने बितिकै झन् लाज लाग्यो । विवाहको प्रस्ताव धेरै आएको थियो । पढाई सकेर मात्र गर्छु भनेर बसेको थिए । यो भन्दा अगाडि दुजनालाई बिवाह नगर्ने भनेको थिए तर यो १० औं पटकमा भने परिवार र आफन्तको खुशीको लागि भनेर विवाह गरिदिए । विवाह पढाइदिने सर्तमा मैले विवाह गरे ।
पढाई सँगसँगै गर्भवती
विवाह भएको तीन महिनासम्म पनि म महिनावारी भइन । खासमा पहिला नै मेरो महिनावारी नियमित थिएन । एकदिन राति मलाई असाध्यै पेट दुख्यो । उहाँले मलाई भक्तपुर असाताल लानुभयो । अस्पतालमा सबै चेक गरयौ । मलाई नदुख्ने औषधी दिनुभयो । महिनावारी नियमित नभएको कारण उहाँहरुले टेस्ट गर्नुभयो । मलाई भित्र–भित्रै डर लागिरहेको थियो । भर्खर स्नातकको पहिलो वर्षमा पढ्दै छु । यदि गर्भवती भयो भने मैले मेरो पढाई छोड्नुपर्ने हुन्छ । यस्ता विभिन्न कुराहरु मनमा खेलिरहेको थियो । बल्ल ढुक्क भए । टेस्टमा नेगेटिभ देखायो । व्यसपछि हामी घर गयौ । केही दिनपछि म माइत गए । मेरो भेट माइजुसँग भयो । माइजले मलाई महिनावारीको बारेमा सोध्नुभयो । महिनावारी नियमित भएको छैन भनेपछि माइजुले टेष्ट किनेर ल्याउनु भयो र घर गएर टेष्ट गर्नु भन्नुभयो । टेस्ट गर्दा पोजेटिभ देखायो । मलाई भित्रभित्रै दाहा भयो । माइजु मम्मी के भयो भनेर सोधिरहनु भएको थियो । यो देखेर म बाहेक अरु सबैजना खुसी थिए । उहाँलाई पनि त्यो खबर सुनाए । 
म पढिरहेको थिए । उहाँले मलाई सोध्नुभयो, अब के गर्ने ? राख्ने कि फाल्ने भनेर । म निशब्द थिए । मलाई भने गर्भवतीको कारण पढाईमा असर पर्ला भन्ने चित्ता थियो । राखौ भने पढाइमा असर पर्ला नराखौं भने सबैलाई थाहा भइसक्यो । अन्तिमामा राख्ने निधो गर्यो । 
गर्भवती भएको कारण मलाई कलेज जान पनि आठ्यारो लाग्यो । कलेजकै एक शिक्षिकाले मलाई एकदिन फोन गर्नुभयो । सबै कुरा मैले भनिदिए । शिक्षिकाले मेरो समस्या बुभिदिनु भयो । घरमा पनि कसैले पढाई नछोड्नु भन्नुभयो सबले । अब भने म ढुक्क भएँ । यस्तो अवस्थामा मलाई सबैले मदत गर्नुभयो । कलेज नगए पनि म घरमै बसेर पढ्न थाले । साथीहरुसंग नोट मागेर नोट बनाउँन थाले । यसवीचमा विभिन्न समस्या र संघर्षलाई पार गर्दै अहिले म स्नातक तह चौथो वर्षमा पढ्दै छु । समयसँगसँगै छोरो पनि ठूलो भयो र अहिले त छोरो पनि स्कुल जाने भइसक्यो । बिस्तारै सबै कुराहक मिल्दै आए जस्तो भयो ।
विवाह पछि पढ्न नपाउने हो कि भन्ने डर थियो । घर– परिवार बुभने हुनुभएकोले म आज यहाँसम्म पुगे । विवाह पछिको जिन्दगी मैले सोचेको भन्दा फरक नै पाएँ । हाम्रो सानो परिवार छ । सबैजना मिलिजुली बसेका छौं । परिवार, आफन्त, साथीहरूको सहयोग गर्दा पनि आज यहाँंसम्म आइपुगेको छु ।

फाेटाेमा हेर्नुहाेस्...

मेरो सन्देश मेरो आफनोलाई

Comments