नेपालभाषा विषयबाट पत्रकार बन्न प्रेरित भएको कृष्णकाजी मानन्धर


चैत २, २०८०, शुक्रबार | विहान ०८:२६ बजे | 0


नेपालभाषा विषयबाट पत्रकार बन्न प्रेरित भएको कृष्णकाजी मानन्धर

सरिता तामाङ 
पत्रकारितामा काम गरी टिक्न गारो छ तर छिरेपछि त्यसमा राम्रो भविष्य बनाउन सकिन्छ भन्छन् कृष्णकाजी मानन्धर । अरु कार्यमा पैसा मात्रै कमाउन सकिन्छ भने पत्रकारितामा लागेपछि नाम अनि दाम तथा चरित्र कमाइ अनि संसारभर चिनाउन सकिन्छ भन्ने मान्यता उहाको रहेको छ । 
पत्रकारिताको रुचि यसरी सुरुवात भयो 
२०६० सालमा नेपाल भाषाको प्रयोगात्मक कार्य  बुझाउनुपर्ने तर कृष्णकाजी मान्धरले साथीको सहयोगमा प्रयोगत्मक कार्य शिक्षकलाई बुझएको थियो । साथीको सहयोगबाट अफ्नो कार्य सम्पन्न गरी  मौखिक अन्तबार्तामा उत्कृष्ट उत्तर दिएको हुनाले प्रयोगत्मक कार्य बनाउने साथीको नम्बर भन्दा उहाको नम्बर बढी आएकोले हुनाले पत्रकारिता पेशामा लागेर जीवन निर्बाह गर्ना सकिन्छ भन्ने प्रेरणा त्यहाबाट सुरु भयो । पत्रकारितामा लेखेर भन्दा पनि बोलेर यो पेशामा केही गर्न सक्छु, यसैमा लागेर जीवनलाई अगाडि बढाउन सकिन्छ भनेर २०६० बाट पत्रकारिता पेशामा लाग्ने बिचार भयो ।
२०६० सालभन्दा अगाडि बिभिन्न सस्थामा आबध्द थिए कृष्णकाजी मानन्धर
पत्रकारिता पेशामा लाग्नु अगाडि उहाँको आफ्नै कम्प्युटर सस्था थियो । यसबाट कम्युटर सम्बन्धी सम्पूर्ण तालिम बिद्यार्थीहरुलाइ दिइ कम्पप्युटरको मर्मत समेत गरे । 
टेलिभिजनमा प्रबेश यसरी भयो 
२०६३ सालमा टेलिभिजन सुरु हुन लागेको सूचाना प्रचार भयो । पत्रकारितामा रुचि छ ? भनी  समिरजग भेटा दिनु भनेर दाइसङ्ग अनुरोधपछि भेट भयो । यसरी टेलिभिजनमा प्रबेशपछि पत्रकारितामा उहाँको चाहाना झनझन बढ्दै गयो । त्यसपछि टेलिभिजनमा काम गर्न थाल्नुभयो । पत्रकारितामा थप ज्ञान प्राप्त गर्नका लागि सन २०११ मा स्नातकोतर आमसन्चार र पत्रकारिता सकाए । २०२३ मा सगरमाथा टेलिभिजनमा पहिलोपल्ट काम गरे ।
पत्रकारितामा लागेको २० वर्ष भयो भने सक्रिय रुपमा लागेको १७ वर्ष भएको कृष्णकाजी मानन्धरले बताए ।
हाल कृष्णकाजी मानन्धर एक मिडियाव्यक्ति हुन्, लेकचर ख्यप कलेज, समचार प्रस्तुतकर्ताको छवि बनाएका छन् एउटा च्यानल टेलिभिजन कार्यमा आवद्ध छन् । उनको बहुमुखी चरित्रले उनलाइ कागजात र  पत्रकारिताका लागि फिचर लेखन कार्यशालाका लागि प्रशिक्षक, सर्बजानिक भाषाण, नेतृत्व, सगठ्नात्मक वातावरण पत्रकारिता र जनसन्चारको रुपमा सबै प्रकारको मिडिया कार्यहरु अभ्यास गर्न अनुमति दिए ।
अनुभब
इमेज च्यानल टेलिभिजन, पत्रकारिताको शिक्षक (ख्वप कलेज), न्यूज एङ्कर, रिपोर्टरर, क्रार्यक्रम निर्माता, निर्देशक, साप्ताहिक पत्रिकाकका सम्पादक, विभिन्न औपचारिक राष्ट्रिय कार्यक्रममा एम.सि  समाचारमा फिचर लेखनहरू समावेश । आदर्श, एसएसमा ९ र १० वर्ष लाई ४ बर्ष अध्यापन गराए । बिभिन्न सामाजिक कार्यमा, सहकारिता, कम्प्युटर अनुप्रयोगको लागि १० बर्षको शिक्षण अनुभब, प्रशिक्षक सार्बजानिक भाषण नेतृत्व कार्याशाला, सहकारिमा आबद्व, केन्द्रिय मानन्धर सघ नेपाल भाषामा समचार लेख्ने ’समचौर एंÞकर जस्तामा व्यस्त रहेका छन् । समचार एङ्कर जस्ता थुप्रै अनुभवहरु रहेका छन् ।
पत्रकारितामा लागेपछि नेपाल चिन्ने मौका पाए
२०६५ सालमा कैलाली जिल्लाको टिकापुर भन्ने ठाउमा कागजात बनाउन जादा जुन एक घर एक चर्र्पी प्रयोगत्मक कार्यको लागि जादा त्यो ठाउ धेरै नै बिकट भएको हुनाले त्यहाका मानिसले गाडी देखेका रहेनछ । बच्चाहरु गाडी देखेपछि बच्चाहरुले गाडीतिर हेरी मान्छेलाई समेत हेरी हासिरहेका थिए । शिक्षाको कमीले गर्दा बालबच्चा सुरुवाल बिना नै हिडेको भनी उहाले जानकारी दिनुभयो । उहाँले बिर्सन नसक्ने अर्को घटाना भनेको बझाङ जिल्लाको बुगल नगरपालिकामा जादाँ मोबाइलको चार्ज सकेको हुनाले चार्ज गर्न खोज्दा बत्ती नै नपुगेको रहेछ । त्यस ठाउमा निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सन्चालन गर्दा मानिसहरु ४ घण्टा लगाएर हिडेर स्वास्थ्य जचाउने आएको थियो । दुधको चिया पिउन खोज्दा छैन भनी बताए । कारण बहिरको ब्यक्तिले दूधको चिया पिउदा गाइले दुध दिदैन भन्ने मान्यता रहेको रहेछ । 

Comments