मेरो त्यो अधुरो सपना
चैत १, २०८०, बिहीबार | विहान ०६:४६ बजे | 0
मनिला प्रजापति (प्रशिक्षार्थी पत्रकार)
सानो हुँदा कसैले पछि के बन्छौँ ? भनेर सोध्दा म यो बन्छु भनेर भन्न कति सजिलो थियो । मेरो पनि छुट्टै सपना थियो, सानो हुँदा त मलाई म के बन्छु भनेर राम्रोसँग सोचेको पनि थिइन । तर मेरो आमाले बारम्बार मलाई विमान परिचारिकाकोबारेमा भनिरहँदा मलाई पनि यस क्षेत्रप्रति संलग्न हुन मनलाग्न थाल्यो । एभिएसन इन्डसट्रिको हिस्सा बन्न मनलाग्न थाल्यो । वायुसेवा यात्रुहरुको यात्रा समयमा सुरक्षाको सम्झौत गर्ने विमान परिचारिकाहरुको त्यो व्यक्तित्व मनपर्न थाल्यो । त्यस पश्चात्बाट मलाई पनि एयर होसटेस बन्न मन भयो ।
मेरो मात्र होइन यो सपना
पहिलादेखि नै मेरी आमाले मलाई विमान परिचारिका बन्ने उहाँको इच्छाबारे भनिराख्नु हुन्थ्यो । विमान परिचारिकाको आर्कषक, मनमोहक व्यक्तित्व, इमानदारी एकदमै मनमराउनु हुन्थ्यो । तर समय अभाव साथै परिवारसँगको गहिरो सम्बन्धले गर्दा परिवारबाट टादा भएर काम गर्न उहाँले नसकिने जस्तो अनुभूति भयो । त्यसै कारणले उहाँले आफ्नो सपनालाई त्याग गरी पारिवारिक जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुभयो । त्यसैले उहाँको त्यो अधुरो इच्छा पूरा गर्ने सपना ममा देख्नुहुन्थ्यो । यस क्षेत्रप्रतिको उहाँको लगाब पहिल्यैबाट सुन्दै आएकी थिए । विमान परिचारिकाको व्यक्तित्व एकदमै मनपराउनु हुन्थ्यो । यी सबै कुराहरु सुनेर मलाई पनि एयर होस्टेस बन्न एकदमै मनपर्न थाल्यो । मेरो मात्र नभई यो सपना मेरी आमाको पनि हो । मेरी आमाबाट नै म एयर होसटेस बन्छु भनेर प्रेरित भएकी थिएँ । त्यसैले मेरो यो सपना पूरा होस् भन्ने चाहनाले उहाँले मलाई जीहल्यै साथ र हौसला दिँदै आइरहनु भएको छ ।
मैले यसको लागि गरेको तयारी
मेरा यो सपनालाई वास्तविकतामा परिणत गर्न पहिला त सम्बन्धित क्षेत्रमा डिग्री हासिल गर्न जरुरी छ । त्यसैको लागि मैले सम्बन्धित क्षेत्रबाट तालिम लिए । त्यहाँ गएर मैले धैरै कुराहरु सिक्ने मौका पाँए । त्यहाँ गएपछि थाहाँ भयो एयर होस्टेसहरुको जिम्मेवारी त कति कठिन रहेछ भनेर । आपतकालिन समयमा आफु भन्दा पहिले यात्रुलाई कसरी सुरक्षित गर्ने ? के सुझाव दिने? यात्रुको सुरक्षाका लागि के गर्नुपर्छ जस्ता कुराहरु सिकेँ । योबाहेक पनि ग्रुमिङ, स्विमिङ्ग जस्ता धेरै कुराहरु पनि सिक्न पाँए । मैले एयर होस्टेस बन्न आवश्यक उडान प्रशिक्षण प्राप्त गरेँ । उडान प्रशिक्षणको आर्थिक बोझदेखि पेशाको माग गरिरहेको अहिलेको प्रकृतिसम्म धेरै अवरोधहरु आइपरिरहेको छ । मैले यसको लागि आवश्यक पर्ने सम्पूर्ण तालिमहरु लिइसकेँ पश्चात् यसको लागि मैले मेरो सम्पूर्ण जोससहित प्रयास गर्दै आहिरहेको छु ।
मेरो सपना अधुरो हुनुको कारण
आवश्यक प्रशिक्षणहरु त प्राप्त गरेँ मैले तर पनि एउटा कुराको कमि भने महसुस भएको थियो; मेरो उचाई । आजभोलि सबै क्षेत्रमा प्रतिस्पर्धा र चुनौतीहरु हुन्छन् । विशेष गरि यो पेशामा त झन् बढी नै छ जस्तो लाग्छ । यो पेशामा संलग्न हुन राम्रो र आर्कषक व्यक्तित्व मात्र हैन उचाई पनि उति कै हुनु आवश्यक नै छ । आन्तरिक उडानका लागि ५ फिट २ इन्च उचाई चाहिन्छ । मेरो भने पहिला ५’१” मात्र थियो । आर्कषक व्यक्तित्वमात्र भएर के गर्ने खै मेरो त उचाइ नै नपुगेपछि । पहिले हाइटको कम भएको वास्ता नै नलाग्ने म आज यो समयसम्म आएपछि यो कुराले कही न कही मन अशान्त भईरह्यो ।
मैले गर्दै आईरहेको प्रयास
मेरो प्रयास जारी नै थियो । तालिम सकेपछिको पहिलो प्रयास मेरो असफल नै रह्यो । त्यसपश्चात् उचाइ बद्छ कि भन्ने आशाले मैले दैनिक योगा, व्यायाम गर्न थाले । एक देड वर्ष पश्चात् त साचै नै आधा इन्च जति उचाइ बढ्यो । ५ फिट २ इन्च अझै पुगेको छै; मनमा लाग्दा पनि मैले दोश्रो पटक फेरी आवेदन दिएँ त्यसमा म सफल त भएकी थिइन तर पनि त्यति प्रयास गरेकोमा म एकदमै सन्तुष्ट र खुसी भएकी थिएँ । मेरो कोसिस अझै पनि छ; त्यो आधा इन्चको लागि म अहिले पनि दैनिक व्यायाम र योग गरिरहेकी छु । म मेरो यो सपना प्राप्त गर्न अझै पनि प्रयास गरिराख्ने छु ।
मेरो भावी योजना
यो सपना सँगसँगै मैले पत्रकारिता पनि पढ्दै गरेकी छु । म अहिले पत्रकारीता विषय लिई चौथो वर्षमा अध्ययनरत विद्यार्थी हँु । मेरो एयर होसटेस बन्ने सपना त छदै छ तर समाचार लेख्ने, कार्यक्रम चलाउने यो इच्छाले पनि मैले विभिन्न रेडियो कायैक्रमहरु चलाउने, समाचारहरु लेख्ने गरिसकी छु । जिन्दगीको जुन मोडमा पुगे पनि मेरो विमान परिचारिका बन्ने सपनासँगै मेरो पढाई विषय पत्रकारीतालाई पनि निरन्तरता दिइ अगाडि बढ्दै जान चाहन्छु ।