भाजुपुखूको मौलिकतामा आच पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ
फाल्गुन २५, २०८०, शुक्रबार | विहान १०:२४ बजे | 5
सुनिल प्रजापति, प्रमुख— भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको भक्तपुर अहिले जीवित सङ्ग्रहालयको रूपमा थप परिचित हु“दै छ र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै छ ।
२०७२ सालको भूकम्पले भक्तपुरका धेरै सम्पदाहरूमा क्षति पुग्यो । २०७४ सालमा हामी जनप्रतिनिधि निर्वाचित भएपछि क्षतिग्रस्त ती सम्पदाहरूलाई प्राथमिकता क्रमअनुसार योजनाबद्ध ढड्डले पुनःनिर्माण र जीर्णोद्धार कार्य सुरु ग¥यौ“ । स्थानीय जनताको साथ र सहयोगमा विदेशीको सहयोगबिना पुनःनिर्माण कार्य अगाडि बढाउ“दै गयौ“ । सोही क्रममा ५ वर्षको पहिलो कार्यकालमा १२४ ओटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएको पाउ“दा हामीलाई गर्व लाग्छ । त्यसैबेला निर्माण कार्य सुरु गरेका मध्ये एउटा सम्पदा हो — ऐतिहासिक महŒव बोकेको भक्तपुर नपा १ स्थित भाजुपुखू (भाज्यापोखरी) ।
भाजुपुखू २०५४ सालमा निर्वाचित नगरपालिकाका जनप्रतिनिधिहरूले २०५८ सालमा नै पुनःनिर्माण कार्य सुरु गर्नुभएको थियो । कार्यकालको अन्तिम समयमा मात्र सुरु भएको हु“दा २०५९ साल साउनदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहीनतास“गै भाजुपुखू पुनःनिर्माण कार्यले पूर्णता पाउन सकेन ।
१५ वर्ष जनप्रतिनिधिविहीन अवस्थापछि २०७४ सालमा हामी निर्वाचित भयौ“ । शिक्षा, स्वास्थ्यस“गै सम्पदा पुनःनिर्माण कार्यलाई पनि अगाडि बढायौ“ । भाजुपुखू निर्माणलाई पनि प्राथमिकतामा राख्दै पुराताŒिवक महŒवलाई ध्यानमा राखेर गम्भीरतापूर्वक लाग्यौ“ । पुनःनिर्माणको क्रममा पुरातŒवविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको पटक पटक औपचारिक र अनौपचारिक छलफल तथा अन्तरक्रियाहरू ग¥यौ“ । उहा“हरूकै सल्लाह र सुझावअनुसार भक्तपुर नगर कार्यपालिकाको २०७५।४।२९ गते बसेको बैठकले डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अध्ययन कार्यदल गठन ग¥यो । कार्यदलले सात महिना अध्ययन गरेर त्यसको विस्तृत अध्ययन प्रतिवेदन नगरपालिकामा प्रस्तुत ग¥यो । भाजुपुखूमा प्राप्त ऐतिहासिक प्रमाणको आधारमा मौलिक शैलीमा पुनःनिर्माणको लागि अगाडि बढ्न सहज भयो ।
सुरुमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय टीम, क्लब, सङ्घ संस्थाहरू र स्थानीय जनताको सहभागितामा सफाइ कार्यक्रमहरू गर्दै गयौ“ । अध्ययन प्रतिवेदनअनुसार त्यहा“ प्राप्त प्रमाणहरूको आधारमा पोखरीको बिचमा जलेश्वर मन्दिर भएको खुल्न आयो । त्यस अघिसम्म पोखरीको बिच भागमा मन्दिर भएको कसैबाट जानकारी प्राप्त भएको थिएन । उत्खननको क्रममा प्राप्त सबै वस्तुहरूको अभिलेख राख्दै संस्कृतिविद्हरूको सुझावअनुसार पोखरी निर्माणस“गै जलेश्वर मन्दिर पुनःनिर्माणको कामलाई पनि अगाडि बढायौ“ । भाजुपुखूको मौलिकतामा आ“च पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ“ । पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने व्यवस्था मिलायौ“ ।
पोखरीमा पानी नअडिने समस्या थियो । त्यसलाई स्थानीय साथीहरूको सल्लाहअनुसार कालोमाटो (देचा) राखेर व्यवस्थापन ग¥यौ“ । पानीको अभाव हुन नदिन नजिकै बोरिङ गरेर पानी भ¥यौ“ । वरिपरिको पर्खाल निर्माणका लागि नेपाल सरकार सहरी विकास मन्त्रालयबाट पनि सहयोग प्राप्त भयो ।
भाजुपुखू पुरानै स्वरुपमा निर्माण गर्ने क्रममा प्राचीन शैलीका इटाहरु समयमा उपलब्ध नहुनु, उपयुक्त साइजका काठहरु बजारमा प्राप्त नहुनु जस्ता निकै चुनौतिहरु भोग्नु पर्यो । उत्तरतर्फको दमकलसंगैको बाटो खोल्न लामो समय लाग्यो । बाटो नखुलेसम्म पोखरीको उत्तरी भाग बनाउन नदिने टोलबासीहरुको अडानले निर्माणकार्यमा बाधा पुगेको थियो । पटक पटकको छलफल पछि बल्ल सहमतिमा पुगियो र १३ फिटको बाटो बन्नेपछि पोखरीको उत्तरतर्फको भाग सम्पन्न भयो । उत्तरतर्फका डिल स्थानीयहरुले व्यक्तिगत प्रयोग गरिरहेका थिए । हाम्रो आग्रहमा उहाँहरुले आआफैलै सामानहरु हटाइ सहयोग गर्नु भयो । यसरी पोखरीको प्राचीन स्वरुप कायम गर्न वातावरण सहज बन्दै गयो । जतिसुकै समय लागे पनि मौलिक स्वरुपमा आँच पुग्ने काम हुन दिएनौ । हरेक बिषयमा विज्ञहरुसँग परामर्श गरी अगाडि बढ्यौं ।
अझै पनि पोखरीको दक्षिणभाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी नै छ । क्याम्पसका पदाधिकारीहरुसित त्यसबारे पटक पटक हामीले छलफल गरेका छौं । भाजुपुखू र भक्तपुर क्याम्पस दुबै जनताका साझा सम्पत्ति हुन् । दुबैको संरक्षण र सम्बद्र्धन गर्नु जनताका साझा जिम्मेवारी हो । राज्यको सम्पत्तिमा क्षति नहोस् भन्ने कुरामा हामी बढी सचेत छौं । पुराना नक्साहरुमा भाजुपुखूको डिल स्पष्ट देखिन्छ । नक्साहरु अगाडि राखेर पनि हामीले छलफल गर्यौ । त्यो क्रम अगाडि बढिरहेको छ ।
पोखरी पुनःनिर्माणको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ले समय समयमा अवलोकन गरेर मार्गनिर्देशन गर्नुभयो । त्यसले हामी जनप्रतिनिधि र कार्यरत मजदुरहरूमा उत्साह प्राप्त भयो । हामीले उहा“को मार्गनिर्देशनअनुसार कामलाई अगाडि बढाउ“दै गयौ“ । अहिले भाजुपुखूको स्वरूप फेरिएको छ । भक्तपुर आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्न भाजुपुखूले थप मद्दत पुग्ने हाम्रो विश्वास छ । भनपा वडा नं. १ मा सिद्ध पोखरी, न्हु पुखू(रानी पोखरी), नःपुखू र भाजुपुखूसमेत गरी ४ वटा आकर्षक पोखरीहरु बन्नी सकेका छन् । वडा नं. १ ले पोखरीहरुको वडाको रुपमा विशेषता कायम गर्दै छ । पुनःनिर्माणमात्रै होइन त्यसको संरक्षण झनै चुनौतिपूर्ण हुने कुराबारे हामी जानकार छौं । यसबारे स्थानीय जनताले ध्यान दिनु हुने हाम्रो अपेक्षा छ ।
पोखरी निर्माणको क्रममा समय समयमा मार्गनिर्देश गर्नुहुने नेमकिपाका अध्यक्ष आदरणीय नेता नारायणमान बिजुक्छे“ (रोहित) प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ“ । भाजुपुखूबारे विस्तृत अध्ययन गर्नुहुने अध्ययन कार्यदलका संयोजक डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायत सम्पूर्ण सदस्यहरू, जनप्रतिनिधिहरू, उपभोक्ता समितिमा संयोजक भएर काम गर्नुहुने लक्ष्मीनारायण खत्री, कृष्णप्रसाद दुमरु, केशव कोजु र जीवन दुवाललगायत समितिका सबै सदस्य, स्थानीय तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण जनतामा हार्दिक आभार व्यक्त गर्दछौ“ ।
भाजूपुखू सम्बन्धी सबै विवरण सहितको भाजुपुखू र जलेश्वर मन्दिर पुनःनिर्माण पुस्तक पनि आजै सार्वजनिकीकरण हुँदै छ । उक्त पुस्तक तयार गर्न सम्बन्धित लेखहरु दिएर तेजेश्वर बाबु ग्वंग, गौरी बहादुर कार्की, ओम धौभडेललगायत धेरैले सहयोग गर्नु भयो । त्यसै गरी पुस्तक प्रकाशनमा लक्ष्मणराज जोशी, धनलक्ष्मी त्यातलगायत धेरैले मिहनत गर्नु भएको छ । यस क्रममा सहयोग गर्नु हुने सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
(भक्तपुर नगरपालिकाद्वारा हालै पुनःनिर्माण सम्पन्न गरिएको भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पुखूको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)