पाशुपत योग ः एक उपयोगी पुस्तक


फाल्गुन २५, २०८०, शुक्रबार | विहान ०५:२२ बजे | 60


पाशुपत योग ः एक उपयोगी पुस्तक

डा इन्दुल केसी
प्रारम्भ
महात्मा सुशीलज्यू हाल पाशुपत योग आश्रममा साधनारत भई रहनु भएको छ । विगत ३० वर्ष देखि निरन्तर योग साधनामा लागि रहनु भएको छ । आफ्नो आश्रममा आएका भक्तजनहरुलाई योग र अध्यात्म दर्शनको प्रवचन गर्ने र योग सिकाउने कार्य गरिरहनुभएको छ । प्रत्येक सोमवार बिहान ५ बजे देखि नेपाल टेलिभिजनमा पाशुपत योग बारे प्रवचन दिने कार्यक्रम प्रस्तुत गर्दै आउनु भएको थियो । यस पुस्तकलाई श्रव्य तिमिल्सिनाज्यूले अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्नुभएको छ । २०७६ साल महाशिवरात्री एवम् पाशुपात योग दिवसको शुभ अवसरमा उहाँले लेख्नुभएको ‘पाशुपत योग’ किताबको छैठौ संस्करण प्रकाशित गर्नुभएको छ । उहाँले उक्त किताब एक प्रति – ‘आदरणीय डा. इन्दुल के.सी. बाबालाई सप्रेम उपहार’ भनी लेखी मलाई दिनु भएको थियो । मैले पाएको उक्त किताबलाई पढि सकेपछि सो पुस्तकलाई आधार मानी यो मेरो सानो लेख निम्नअनुसार पाठक समक्ष प्रस्तुत गरेको छु ।
महात्मा सुशीलज्यूले २०७६ सालदेखि २०७८ सालसम्म प्रत्येक सोमबार नेपाल टेलिभिजनमा योगको प्रवचन, योगाभ्यास गरिएको दृश्य छायाड्ढन गरी १५६ भाग प्रसारण गर्नुभयो । जसलाई अहिले पनि युट्युभमा दर्शकहरुले हेर्न सकिने व्यवस्था गरिएको पाइन्छ ।
यस किताबलाई ११ ओटा खण्डहरुमा विभक्त गरिएको रहेछ ।
अग्र लेख
यस किताबको अग्र लेखको रुपमा श्री कमल रिजालज्यूले लेख्नु भएको साथै २०७२ साल साउन १६ गते शनिबारको गोरखापत्रमा प्रकाशित समाचार (लेख) यहाँ साभार स्वरुप रहेकोबाट मैले निम्न २ वडा अनुच्छेदहरु उद्धत गरेको छु ः–
१. “......... विशेष गरी पुस्तकमा विभिन्न किसिमका आसन, तिनको प्रयोग र त्यसबाट हुने लाभको पक्षलाई केलाउने प्रयास गरिएकाले यसको सैद्धान्तिक पक्षभन्दा व्यावहारिक पक्ष भएको छ ।
पाशुपत योग १ पाशुपत–धर्म ११ (सनातन वैदिक धर्म) र हिम्वत्खण्ड भन्ने कुरा नेपालको संविधानमा उल्लेख हुनु पर्दछ भनी आनो धारण प्रस्तुत गर्नुभएको छ । वर्तमान नेपालको संविधानले नेपाल राष्ट्र धर्म निरपेक्ष भनी लेखिसकेको अवस्थामा किताबका लेखक महात्मा सुशीलजीले आनो भावना–इच्छा आनो स्वतन्त्रताको हकलाई निर्भिक भएर यस किताबको माध्यमद्वारा आनो विचार प्रस्तुत गर्नु भएकोछ ।
किताबमा रहेको खण्डहरु ः–
यस किताबलाई निम्न अनुसार ११ खण्डमा विभक्त गरी प्रत्येक खण्डमा निम्न अनुसार विषयहरु समोवश गरिएका छन् ।
१. प्रथम खण्डमा – चार महावाक्यहरु २. द्वितीय खण्डमा – गुरु महिमा ३. तृतीय खण्डमा – क) मन्त्र योग, (ख) यम–धर्मका दस लक्षणहरु ४. चतुर्थ खण्डमा – नियम – धर्मका दस लक्षणहरु
५. पञ्चम खण्डमा – हठयोग, सूर्यनमस्कार योगासन ६. षष्ठम् खण्डमा – क) प्राणायाम, ख) पञ्चम प्राण र उप प्राणहरुका कार्यहरु ग) प्राणायाम विधि ७. सप्तम खण्डमा – क) लय योग ख) प्रत्याहार ८. अष्टम खण्डमा – धारणा ९. नवम खण्डमा क) राज योग  ख) ध्यान ग)कुण्डली शक्ति १०. दशम खण्डमा – समाधि ११. एकदश खण्ड – शरीरको पञ्च अवस्था क) पञ्चकोश र जीवात्माको पञ्चअवस्था – ईश्वर गीता २० अक्षमालिकोपनिषद् ३० लाङ्गुलोपनिषद् यसको साथै सिध्द कुञ्जिका स्तोत्रम् रहेका छन् ।
यस किताबमा रहेका चित्रहरु ब्रम्हाण्डका ः – पञ्च ब्रम्ह – शिव, ब्रम्हा विष्णु, सूर्य महालक्ष्मी, विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल, योगका अधिपति रुप – भगवान दत्तात्रय, योग विधाको पूर्ण गुरु गुरु महायोगी सच्चिदानन्द विशुद्ध देवज्यू र उनै विशुद्ध देवज्यूबाट सन्यास प्राप्त गर्नु भएका संस्थापक (लेखक स्वयम्) महात्मा सुशीलज्यूको सुन्दर फोटोहरु समावेश गरिएका छन् । यी चित्रको फोटोहरु किताबको विषयवस्तुसँग जोडिएका छन् र सान्दर्भिक छन् ।
अन्तमा
सत्य युगमा भगवान् सदा शिवजीबाट माता श्री पार्वती देवीलाई दिनु भएको योगको शिक्षालाई माथि उल्लेख भएका १) चरित्र विज्ञान, २) शिवसङ्हिता, ३) घेरेन्द्र संहिता, ४) हठयोग प्रदीपीका जस्ता अति महङ्खवपूर्ण एवम् दुलर्भ ग्रन्थहरुको सार यस किताबमा दिइएको पाइन्छ । लेखक महात्मा सुशिलज्यूले आफना योग गुरुहरुबाट सिकेका योगलाई आफूले जीवनमा वर्षौँ वर्ष स्वअभ्यास गर्नुको साथै संयौ व्यक्तिहरुलाई आफूले योग–शिक्षा दीक्षा दिँदाको विभिन्न अनुभव समेतलाई आधार बनाइ यो किताब तयार गर्नु भएको देखिन्छ । योगबाट अलग हुनु भनेको वियोग हो । कोही व्यक्ति योगबाट अलग भयो भने त्यो वियोगी हुन जान्छ । योगको सैद्धान्तिक ज्ञानको साथै स्वयम्ले अभ्याससमेत गरी आफू निरोगी हुन चाहनेहरुको लागि उक्त पुस्तक ज्यादै उपयोगी देखिन्छ ।
 

Comments