झौखेल युनाइटेडलाई आयोजकले नै हराइदिएपछि..........
फाल्गुन २२, २०८०, मङ्गलबार | दिउँसो ०२:२४ बजे | 40
भक्तपुर । एवीसीडी खवर अनलाइन भक्तपुरका समाचारहरु सम्भबतः सवैभन्दा पहिला अपडेट हुने अनलाइन हो । यही क्रममा आज मंगलबार पनि भक्तपुर युवा टिमको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो भक्तपुर कप फुटबल खेलको समाचार सवैभन्दा पहिला नै अपडेट भएको थियो ।
आयोजक युवा टिमले पठाएको लिखित जानकारी (प्रमाणको लागि तल हेर्नुहोला) को आधारमा तत्काल समाचार प्रशारण भएको थियो । भक्तपुरमा लोकप्रिय यो अनलाइनमा समाचार प्रकाशन प्रशारण हुने वितिकै समाचार गल्ती भयो भनेर धेरै पाठकहरुबाट टिप्पणीहरुको वाढी नै आइरहयो । तर आयोजक आफैंले पठाएको लिखित श्रोतलाई विश्वास गर्न हामी बाध्य थियौं । त्यसैले समाचार सही नै हो भनेर अडिग नै रहियो । तर समाचार एक प्रकारले भाइरल नै भएपछि आयोजकले टेलिफोनमार्फत् पठाइएको जानकारी उल्टोपाल्टो परयो भनी जानकारी पाइयो । यसपछि समाचारलाई सच्याइयो ।
टेलिफोन तथा अन्य विभिन्न माध्यमहरुबाट हामीलाई सल्लाह, सुझाब, टिप्पनी गर्नेहरुप्रति हामी कृतज्ञ छौं । हामीलाई माया गरेर निगरानी गरिरहनुभएकोमा पनि हामी यहाँंहरुप्रति आभारी छौं । तथापि हामी क्षमाप्रार्थी पनि छौं । भविष्यमा पनि यहाँंहरुको निगरानी यसरी नै रहेर हामीलाई सचेत पार्नुहुने विश्वास गर्दछौ । सम्पादक
फाेटाेमा हेर्नुहाेस्...