व्यासी, देइगना र लिवालीका मासु पसल अनुगमन
फाल्गुन २१, २०८०, सोमबार | विहान ०७:५८ बजे | 45
भक्तपुर, फागुन । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका सदस्य ज्ञान बहादुर मानन्धरको नेतृत्वमा व्यासी, ब्रम्हायणी देगइना र लिवालीमा रहेको मासु पसल अनुगमन गरियो ।
आइतबार भएको अनुगमनमा इन्दायणी मिट सपमा पसल नविकरण नभएकोले तीन दिन भित्र नविकरण गर्न र सरसफाईमा ध्यान दिन र ढक तराजु नविकरण गर्न निर्देशन दियो । त्यस्तै सानो व्यासी मासु पसललाई सरसफाइ नियमित गर्न निर्देशन दियो । त्यस्तै इन्द्रयाणी फ्रेस मितशप र रिमा फ्रेश मिट शप तीन दिन भित्र दर्ता गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । त्यस्तै न्यू नवदुर्गा मिट सपमा बासी पुरानो कुखुराको मासु १२ किलो जफत गरी नष्ट गरियो । त्यस्तै बालाखु गणेश कोल्ड स्टोरमा सरसफाईमा ध्यान, एभरेष्ट चिकेन स्टोरमा तराजू तीन दिन भित्र नापतौल विभागमा नविकरण गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनभुयो ।
त्यस्तै सोमबार भएको अनुगमनमा सिन्धु मिट सप तथा तरकारी पसल तीन दिन भित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई मुल्य सुचि राख्न, तराजु नविकरण गर्न निर्देशन दियो । त्यस्तै एलिया मिट शप तीन दिन भित्र नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै ब्रम्हायणी होलसेल मिट सप नविकरण गर्न, तराजु नविकरण गर्न बधस्थल व्यवस्थित र सफा गर्न निर्देशन दियो । ब्रम्हायणी मिट मार्ट तीन दिन भित्र नविकरण गरी नविकरण गरेको प्रमाणपत्र लिई नगरपालिकामा उपस्थित हुन र सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै कार्तिक होलसेल माछा पसल मुल्य सूचि राख्न, भुई भित्ता सफा गर्न मिल्ने गरी राख्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै सायाड्ड मासु पसल मुल्य सूचि राख्न निर्देशन दियो । त्यस्तै न्यू अतित फ्रेस मिट सप नविकरण तीन दिन भित्र गरी नविकरण सहित तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै दिपिका कोल्ड स्टोर तीन दिन भित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई पशु पन्छि राख्ने र बधस्थल संगै भएकोले छुट्याएर राख्न, बधस्थल फोहर भएकोले नियमिति सरसफाई गर्न, तराजु नविकरण नभएकोले एक थान जफत गरी बासी र विग्रेको मासु तीन केजि जफत गरी नष्ट गरियो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशमैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिप कुमार सुवाल, व.नि. रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर धरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र प्रहरीको सहभागी रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...