समदर्शी साकोसमा संस्थापक भेला तथा सम्मान कार्यक्रम सम्पन्न
फाल्गुन १९, २०८०, शनिबार | दिउँसो ०३:२५ बजे | 50
भक्तपुर
समदर्शी बचत तथा ऋण सहकारी संस्था लि।को सञ्चालक समितिको आयोजनमा २२ औं स्थापना दिवसको अवसरमा शुक्रबार संस्थापक भेला तथा सम्मान कार्यक्रम होटेल सिटि गाउँ भाटेढिकुरमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष कृष्णगोविन्द लाखाजूले,समुदायमा स्थानियहरु मिलेर समुदायको हितमा काम गर्ने असल नियतले खोलेका सहकारी आजको दिनमा पनि आर्थिक रुपले सवल रहेको बताउनुभयो । “बैंकले सिमित ब्यक्तिको नाफा हुने गरि काम गर्छ भने सहकारीले आफ्ना सदस्यहरुलाई मालिक बानएर सदस्यको हित हुने गरि ब्यवसाय गरेर मुनाफा पनि सदस्यहरुलाई नै वितरण गर्ने गर्छ । ”सहकारी र बैंकको काम उस्तै भएपनि तिनको उद्धेश्य भिन्न भएकोले धेरै भन्दा धेरै सदस्यको हितमा काम गर्ने समुुदायमा आधारित सहकारी नै हुन भनि जनमानसमलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजूले संस्था स्थापना गर्न १५जना अग्रज मिलेर सहित ५६ जना संस्थापक हुने गरि २०५९ फागुनमा सहकारीको स्थापना भइ अहिले हामी तीन हजार पाच सय संस्थामा आवद्ध रहेको बताउनुभयो । अर्थतन्त्रको तीन खम्बामा एक खम्बाको रुपमा रहको सहकारीमा विकृति आउनुको मुख्य कारण सहकारी मुल्य मान्यतालाई नमानी आफ्नो मनोमानी रुपमा सञ्चालन गर्नु नै रहको बताउनुभयो । समदर्शी आफ्नो भिजन बनाएर अघि बढेर काम गरिरहेकोले सहकारीको जग मजबुद रहेको बताउनुभयो ।संस्थाका अध्यक्षले विगतदेखि आजसम्म निरन्तर रुपमा प्रगति गर्न साथ र सहयोग पाइरहेको र आमामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो । सल्लाहकार समिति संयोजक विश्वमोहन जोशीले संस्थाले विभिन्न बाधा अड्चनहरुलाई पार गरि आजको अवस्था सम्म पुयाउन निरन्तर लागिरहने अग्रजहरुलाई आज सम्मान गरेर भविष्यमा अझ प्रगति गर्न हौसला दिने बताउनुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रमा कृष्णबहादुर प्रजापति, कृष्णराम दुवाल,कृष्णगोपाल लागेजू संस्था स्थापना गर्दाको अनुभवहरु सुनाउनुभएको थियो । कार्यक्रममा औपचारिक कार्यक्रमको सञ्चालन सचिब विश्वबहादुर दुवालले र स्वागत कोषाध्यक्ष सुवर्णकेशरी दुवालले गर्नुभएकको थियो । संस्था स्थापना गर्न भुमिका निभाउनु हुने अग्रजहरुलाई सम्मान गरको कार्यक्रममा ६० जना समिति उपसमिति तथा संस्थापकहरुको उपस्थिति रहको थियो ।
फाेटाेमा हेर्नुहाेस्...