समदर्शीमा साबुन बनाउने तालिम सम्पन्न


फाल्गुन १७, २०८०, बिहीबार | विहान १०:३२ बजे | 50


समदर्शीमा साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनमा २२ औं स्थापना दिवसको अवसर पारी साबुन बनाउने तालिम बिहिवार संस्थाको भवनम सप्पन्न भयो ।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले संस्थाका महिला सदस्यहरुलाइ उध्यमशिल बनाउने अभिप्रायले स्थापना दिवसको अवसर पारी तालिमको आयोजना गरिएको बताउनु भयो । संस्थाले कार्य योजना बनाएर आगामी दिनमा पनि महिला केन्द्रित भै कार्यक्रम आयोजना गर्दै जाने बताउनु भयो । सस्थाले सदस्यलाई परेका समस्याहरुको समधान गर्न बिगत देखि निरन्तर प्रयासरत रहेको र धेरै सदस्यहरुले संस्थाबाट लाभ लिएको जानकारी गराउनुभयो ।महिला तथा बालबालिका उपसमिति संयोजक लक्ष्मी केशरी सुजखुले फागुन १९ गते हुने रक्तदान तथा स्वास्थ शिविरमा आएर लाभ उठाउनु हुन अनुरोध गर्नुभयो ।
महिला तथा बालबालिका उपसमिति संयोजक लक्ष्मी केशरी सुजखुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक तुमला कोजु र शर्मिला दुवालले बोल्नुभयो ।
कार्यक्रममा २० जना महिला सदस्यहरु सहभागी भएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

समदर्शीमा साबुन बनाउने तालिम सम्पन्न

Comments