अहिलेको सरकार झन धेरै असफल
फाल्गुन १२, २०८०, शनिबार | दिउँसो ०३:४४ बजे | 30
भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०८०÷०८१ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाको विविध गतिविधि सामावेश भएको लोकेश्वर दपर्ण सार्वजनीक गर्दै प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थाहरुले समय समयमा यस्तै विभिन्न कार्यक्रमहरु गर्दै जानुपर्ने र यस्ता कार्यक्रहरुबाट मात्रै संस्थाको अवस्थाको बारेमा सदस्यहरुले ज्ञानप्राप्त गर्न सक्ने कुरा बताउनुभयो साथै सहकारी भित्र रहेका कमीकमजोरीहरुलाई औंल्याउदै चुनौती र अवसरहरुलाई चिन्नुपर्ने कुरा राख्नुभयो । देशको अहिलेको अवस्था चिन्ताजनक रहेको कुरा राख्दै पछिल्लो अवस्थामा सातै वटा प्रदेशमा विनियोजित बजेट अनुसार संघिय सरकारबाट विकास निर्माणका कार्यमा खर्च गर्न नसक्नुले अहिलेको सरकार झन धेरै असफल सरकार रहेको पुष्टि हुने कुरा बताउनुभयो । नया“ पुष्टाले देशको अहिलेको अवस्था बारे जानकारी राख्नु पर्ने कुरा राख्दै सहकारीबाट यस्ता विषय स“ग सम्बन्धीत कुराहरु जनसमुदायमा पु¥याउनु पर्ने कुरामा जोडदिनु भयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले देशको विग्रन्दो राजनितिक अवस्थाका कारण मुलुकको संम्वेदनशील र विशिष्ट पदहरुमा पनि पार्टीगत हितका लागि आफ्नो व्यक्तिहरुलाई राख्ने प्रवृतिले पदको दुरुपयोग गरी बास्तविक दोषीलाई उन्मुक्ती दिने कार्य भएको जसले गर्दा देश झन झन विग्रन्दै गएको कुरा राख्नुभयो । देशमा अहिले दक्ष जनशक्तिका रुपमा रहेका युवा पुष्टाहरु विदेशीदै गएको, भष्टाचार र अराजक्ता बढ्दै गएका जस्ता कुराहरुबाट देश श्रीलङ्काको अवस्थामा पुग्न लागेको होकि भन्ने कुरामा चिन्ता व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाले संचालन गरेको देको मिवा इतापाको एकिकरण योजनाको पछिल्लो जग्गा फिर्ताको अवस्थाको बारेमा चर्चा गर्दै सोमा देखिएका समस्या र समाधानका उपायहरुको बारेमा बताउनु भयो । साथै नगरपालिकाले स्वास्थ्य सम्बन्धी गतिविधि अन्तरर्गत हाल भक्तपुर नगरमा ९ बर्ष देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा र रुबेला सम्बन्धी खोप दिने कार्यक्रम विद्यालय स्थरीय रुपमा संचालन गरी दिन लागेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति राजन जतिले संस्थाले स्थापनाकाल देखि नै सदस्यहरुलाई पारदर्शी रुपमा विभिन्न गतिविधिहरुको बारेमा विभिन्न कार्यक्रमहरु मार्फत जानकारी दिदै आएको कुरा बताउनु भयो । सहकारीहरुको हाल समस्याग्रष्ट भएको अवस्थामा पनि यस संस्थाले निरन्तर रुपमा सदस्यहरुो हित र प्रगतिलाई मध्यनजर गरी वित्तिय कारोबार मात्रलाई नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको कुरा बताउनु भयो । जसले सामाजिक रुपान्तरण तथा सदस्यहरुको जिवनस्तर सुधारमा अहम भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता कृयाकलापहरुलाई निरन्तरता दिदै जाने बताउनु भयो । उक्त कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले अर्ध बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन र विभिन्न उप–समितिबाट आ–आफ्नो प्रगति प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धर र लेखापाल शर्मिला मानन्धर लगाएतले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...