जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सम्पन्न


फाल्गुन ८, २०८०, मङ्गलबार | विहान १०:५५ बजे | 30


जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सम्पन्न

भक्तपुर
यस समदर्शी बचत तथा सहकारी संस्था लि. को अवकाश बचत हित उपसमितिको आयोजनामा संस्थाका जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सोमबार संस्थाको कार्यकक्षमा सम्पन्न भयो
संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजुले भक्तपुरका १२ वटा संस्थामा बचतकर्ताको अरबौ रकम जोखिममा रहेको बताउदै बढी ब्याज पाउने लोभमा त्यस्ता सहकारीमा बचत नगर्न अनुरोध गर्नुभयो ।संस्थाले जेष्ठ नागरिकको लागि भनि अरु बचत खातामा भन्दा एक प्रतिशत ब्याज बढी दिएको बताउनुभयो समदर्शीले कुनै पनि पार्टीको समर्थन तथा बिरोध नगर्ने जो सहकारीमा आउछन त्यो केवल समदर्शीको भएर बिना स्वार्थ काम गरिएको बताउनु भयो संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले बार्षिक कार्यतालिका अनुसार आगामी चैत गते जेष्ठ नागरिकलाई तिर्थाटन भ्रमणमा लगिने बताउनुभयो २२ संस्था स्थापना दिवस ( फागुन १६ )को अवसरमा फागुन १६ मा शुभकामना तथा दिपावली कार्यक्रम , फागुन १७ गते साबुन बनाउने तालिम , फागुन १८ गते संस्थापक भेला फागुन १९ गते स्वास्थ शिविर तथा रक्तदान कार्यक्रम गर्ने जानकारी गराउनु भयो संस्थाका सचिव बिश्व बहादुर दुवालले संस्थाले बचत तथा ऋणको कारोबार मात्र नगरी सदस्यलाई आइपर्ने समस्या समाधानको लागि सक्दो सहयोग गर्दै आएको बताउनु भयो संस्थाको सल्लाहकार समिति संयोजक बिश्व मोहन जोशीले समदर्शीमा सबैप्रति समान भाव राखेको, सबैको स्वामित्व रहेको आफ्नोपनको अनुभव दिलाएको बताउनुभयो ।अवकाश बचत हित उपसमिति संयोजक पशुपति भक्त रायले सदस्य बाट तीर्थातन भ्रमण कार्यक्रमको बारेमा राखेको जिज्ञासाको जवाफ दिनुभयो
अवकाश बचत हित उपसमिती संयोजक पशुपति भक्त रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसमिती सदस्यहरुमा कृष्ण गोपाल कुसीले स्वागत , राजुराम मुनकर्मी कार्यक्रम संचालन उमेश प्रसाद सिहले धन्यवाद मन्तब्य दिनुभएको थियो सहभागीको तर्फबाट मनिकबाबु ग्वङग ,ज्ञानदास खाइतु , सरोज श्रेष्ठले आफ्नो जिज्ञासा रख्नुभयो कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो

फाेटाेमा हेर्नुहाेस्...

जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सम्पन्न
जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सम्पन्न
जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सम्पन्न
जेष्ठ नागरिक सदस्य भेला तथा अन्तकृया कार्यक्रम सम्पन्न

Comments