यसरी चिनिंदैछ नेपाल इको प्यानल देशैभरि


फाल्गुन ४, २०८०, शुक्रबार | विहान ०५:३९ बजे | 30


यसरी चिनिंदैछ नेपाल इको प्यानल देशैभरि

काठमाडौं । ‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा भइरहेको ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मा सहभागीहरुको संख्या अत्याधिक हुन थालेको जनाइएको छ । मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको महोत्सव फागुन १० गतेसम्म चल्नेछ ।
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजना, त्रियुगा नगरपालिकाको सहकार्य र नेपाल उद्योग वाणिज्य संघको प्रवद्र्धनमा सुरु महोत्सवको ्रदेश १ का १४ वटै जिल्लाबाट कृषि, उद्यम र व्यापारिक उत्पादन बिक्रीका लागि स्टल राखिएको छ । महोत्सवमा प्रदेशका १४ मध्ये ९ जिल्लाबाट उद्यम व्यवसायीको सहभागिता गराइएको छ । 
मेलामा राखिएका विभिन्न स्टलहरुमध्येका एक नेपाल इको प्यानलले आफनो स्टलप्रतिको आकर्षण वढ्दो रहेको जनाइयो । गाईघाटका लागि नेपाल इको प्यानलको आधिकारिक विक्रेता लक्की ग्रुप गाईघाटले मेलामा स्टल राखेको थियो । इको प्यानल नेपालकोबारेमा उदयपुर क्षेत्रमा जानकारी दिने उद्देश्यले स्टल राखिएकोमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको इको प्यानल नेपाल केन्द्रले जनाएको छ ।
‘इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो, प्रमुख कार्यकारी अधिकृत –सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले भने, यो हलुका हुने भएकाले यातायातको असुविधा हुने पहाडी जिल्लाहरुमा पनि उतिकै उपयुक्त हुने गरेकोले यहाँं यसप्रतिको आकर्षण वढदो छ । हलुका भएकै कारण ढुवानी खर्च कम लाग्ने भएकोले यो खर्चको हिसावले पनि किफायती हुने मात्रै नभई यो तीन वटा आइएसओ चिन्ह प्राप्त गुणस्तरीय निर्माण सामाग्री रहेकोले पनि मानिसको विश्वासर वढदो रहेको उनले जनाए ।  
गाईघाटस्थित पूर्व–पश्चिम बरुवा बसपार्कपरिसरमा सुरु भएको महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख महत्व दिएर स्टल राखिएको छ । आयोजक संघका अनुसार महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
यस वर्षको महोत्सवलाई पर्यटन, कृषि र उद्योगलाई विशेष महत्व दिइएको छ । लघु तथा घरेलु उत्पादनदेखि बहुराष्ट्रिय कम्पनीका विलासिताका सामग्रीको समेत महोत्सवमा प्रदर्शन तथा बिक्री वितरण हुने बताइयो ।
महोत्सवको अवसर पारेर सदरमुकाममा पहिलोपटक प्याराग्लाइडिङ, ¥याफ्टिङ  र साइक्लिङ पर्यटन पनि गराइने जनाइएको छ । त्यसैगरी विविध सांस्कृतिक कार्यक्रमअन्तर्गत दुई दर्जन राष्ट्रिय कलाकार तथा दर्जनौं स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिने बताइयो । महोत्सव बृहत् र भव्य रुपमा चलिरहेको जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

यसरी चिनिंदैछ नेपाल इको प्यानल देशैभरि

Comments