उदयको अर्धवार्षिक समीक्षा सम्पन्न
माघ २७, २०८०, शनिबार | दिउँसो ०१:२८ बजे | 40
भक्तपुर, माघ २७ । उदय बचत तथा ऋण सहकारी संस्थाको २८ आैं अर्धवार्षिक समीक्षा गोष्ठी संस्थाकै सभाहलमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सामुुदायिक सहकारी संस्था आफ्नै सिद्धान्त र नीतिमा रहँदा राजनीतिक खिचातानी नहुने बताउँदै समिति उपसमितिका सदस्यको नियमित भलाकुसारीबाट सहकारी अझ राम्रो हुनेे आशा व्यक्त गर्नुुभयो ।
सोही कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले विगतका घटना तथा कमजोरीको सिंहावलोकन सहित परिमार्जित खोजनीतिले समुदायको हितमा लाग्नुपर्ने बताउँदै समुदायमा सहकारीको संकटलाई न्यून गर्न सहकारीको सिद्धान्त अनुरुप दह्रो रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव दिल प्रसाद प्रजापतिले आव २०८०/८१ को अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्दै परिवार तथा समुदायको सांस्कृतिक आयाममा सहकारीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
सोही कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले आव २०८०/८१ को अर्धवार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न बचत तथा ऋणमा सुधारसँगै अन्य लगानी र अन्य आम्दानीको शिर्षक बारे प्रष्ट्याउनुभयो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले निजी स्वार्थको सहकारीबाट समुदायको सहकारीहरुमा संकट आएको बताउँदै नीति नियम र धितो मूल्यांकनको आधारमा ऋण उपसमितिले ऋण उपलब्ध गराउने समुदायको सहकारीमा सदस्यहरूको बचत सुरक्षित हुने बताउनुभयो ।
संस्थाका प्रबन्धक पूण्यराम गोसाइँले संचालन गरेको उक्त समीक्षा गोष्ठीमा संस्थाका विभिन्न उपसमितिका सदस्य लगायत कर्मचारी बीच अन्तर्क्रिया समेत भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...