मेरो नजरमा नारायणमान दाइ छन्


माघ २४, २०८०, बुधबार | विहान ०६:३९ बजे | 20


मेरो नजरमा नारायणमान दाइ छन्

तुल्सी नारायण लाखेमरु
सू.न.पा.–०८, जगाती
संसारमा सबै ठुलो ममतामय माता क्षमतावान बुवा चरित्रवान व्यक्तित्व हुन्छन् । चरित्रवान व्यक्तित्व श्वार्थमा बस्दैनन् । पद र पैसामा विक्दैनन्, मान प्रतिष्ठा इज्जत आफ्नौ तपस्याले पाउने हो । हिरा भन्दा महंगो जन्मभूमि हो । जन्मभूमि भन्दा महंगो चरित्र हो । महत्व आफ्नै पाना छ । जग्गा, धन, दौलत होइन । ती चरित्रवान व्यक्तित्वहरु संसारका गुरु सम्मान हुन् । उहाँहरुले स्वास्थ्य, शिक्षा, रोजगारमूलक कार्यमा अग्रसर हुन्छन् । शिक्षा देशलाई ठूलो योगदान प्रदान गरेको पाइन्छ । त्यसैले ख्वप विश्व विद्यालय माग गरेको होलान् र हाम्रो नेपालको मन्त्री प्रधानमन्त्री ३ पल्ट, ५ पल्ट हुन्छन् । बुद्धिहरु पनि देश र जनताको सेवा गर्नु भन्दा व्यापार लाग्नु गलत हो । त्यसैले विद्वान हुनलाई विरको काम गर्नुपर्छ । गन्तव्य पुग्नलाई सत्भाव कायम गर्नुपर्छ । तर सत्भाव भएन खाली मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने देशको प्रजातन्त्र पनि चिन्दैन । देशको राजनीति पनि चिन्दैन, राजनीति संस्कार पनि चिन्दैन । जनताको जल्दा बल्दा केही नहेर्ने, संसारमा उच्च सगरमाथा भएको देशलाई मनमा नराख्ने बानी । बुद्ध जन्म भएको देशलाई तपु भूमि शान्तिको सन्देश भन्ने पनि समाजवाद नाम लेखे पनि ठिक ठाउँमा पाइला राख्न नसकेको कारणले गर्दा चरित्रमा खलबल भयो । बुद्धि र चरित्र राम्रो भए चिन्तन पनि राम्रो हुने हो । चरित्र, बुद्धि, विचार, विवेक ठिक ठाउमा नभएको कारणले गर्दा नराम्रो भइदियो । 
यता ठक्कर खाइन्छ, उता ठक्कर खाइन्छ । तराई, पहाड, हिमालको जनतालाई कहिले पनि न्यानो स्वास फेर्न नपाउने भईदियो । शासक वर्गले पहिला नै विचार गर्न पर्ने थियो । समयमा बुद्धि नआए पछि बेमौसममा धान रोपेर के गर्ने । लगन विनाको पोते जस्तै भयो । निवार विग्रन्छ भोजले क्षेत्री बाहुन विग्रन्छ मोजले त्यसै अक्रमन्यताले देश बिग्रीएर जान्छ । यस्तो चरित्रले राम्रो परिणाम आउदैन । फिजी देश जस्तो हुनलाई धेरै बेर लाग्दैन । ६ वठा गठबन्धन भनेको ध्वस्त चरित्र हो । राम्रोलाई राम्रो भन्नुपर्छ नराम्रो लाई नराम्रो भन्नु पर्छ । बाख्रा र बाघलाई एउटै खोरमा राखे के हुन्छ? बाख्रालाई बाघले खान्छ यो ध्रुव सत्य हो । भ्रष्ट चरित्रले ६ वटा गठबन्धनले समाजवादको नाउँमा प्रजातन्त्रको हत्या भयो । मनपरितन्त्र भयो । भारत र अमेरिकाको सपना पूरा गराउन तत्पर हुन्छन् । विदेशीको गुलाम बन्छ । भोट नदिए सम्म जनताको मान्छे, जिते पछि स्वछाचारी नेपालको संविधानलाई लातीले हान्छन् । नाङ्गे नाचे हजार दाउ तपाई हामीले बिजुलीको महशुल नतिरे लाइन काट्छन् । जनताहरु सधै अध्यारोमा मलामीको जुठो हुन्छ । शासक वर्गहरुमा जे गरे पनि हुने शिक्षालय, कार्यालय, विश्वविद्यालय मनपरितन्त्र भै दिए । शासक वर्गहरुमा ललिता निवासको काण्डलाई प्रधानमन्त्रीको अफर आउछ । भुटानी शरनार्थी, नागरिकता विधेक कसरी पास भयो । इमान छैन, जमान छैन, नैतित्ता छैन, चरित्र छैन । सर्पले काचुली फेरेजस्तै गठबन्धनले गुठीयारले गुठीको पालै पालो सारे जस्तै अंशवन्दा गर्नुहुदैन । मुख भनेको मूलुक हो मुलुकलाई यत्र तत्र अलपत्र पार्नु हुदैन र देशलाई सुन्दर बनाउने काम चरित्रवान व्यक्तिहरु इमान्दारीको पात्र बन्छन् । खानेपानी जस्तो बगी रहन्छ । जनताको भावना सँग सँगै गएर चरित्रवानको सगरमाथाको शिर जस्तै हुन्छ । जस्तै सर्वच्च कमाण्डर गणेशमान र नेपाल मजदुर किसान पार्टीको चरित्रवान र स्वाभिमान अध्यक्ष का. नारायण मान विजुक्छे जस्तै अहिले सम्मको मूल्याङ्कनमा उहाँ महान हुनु हुन्छ सिरोमण्ी हुनु हुन्छ । पूर्व मेची देखि पश्चीम महाकाली सम्म मात्र होइन उहाँको भूमिका राष्ट्रिय अन्तराष्ट्रिय जगतमा पनि अप्रयहार्य छ । उहाँ जनताको आँखा आँखामा छन् । मेरो नजरमा नारायण मान दाइ छन् ।

Comments