बोडेको थोपा सहकारी सहकारी ऐन अनुसार अगाडि वढ्दै
माघ २२, २०८०, सोमबार | विहान ११:३६ बजे | 10
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ९ सिन्टीटार बोडेस्थित थोपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष पञ्चलाल राजबाहकको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको पुस मसान्तसम्मको वित्तिय विवरण प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष पञ्चलाल राजबाहकले शेयर सदस्यहरुको जिज्ञासाको जवाफ दिदैं सहकारीका सिद्धान्त, नीति अनि मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन, नियमावलीलाई आत्मासत् गर्दै अघि बढेको बताउनुभयो । अध्यक्ष राजबाहकले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषिको विकासका साथै व्यक्तित्व र नेतृत्व विकासका कार्यलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । संस्थाका संचालक सदस्य उमेश राजबाहकले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका सचिव लक्ष्मीनाथ था श्रेष्ठले थोपा साकोसले चालु आ.व.को ६ महिनामा वार्षिक साधारणसभादेखि अन्तर सहकारी समन्वय र सहकार्यको गृहकार्य पनि सुरु गरेको जानकारी दिदैं थोपा साकोस नीति, विधि र प्रविधिमा चलेको बताउनु भयो । संस्थाका उपाध्यक्ष लक्ष्मण राजबाहकले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष कैलाश बासु श्रेष्ठले अर्धवार्षिक वित्तिय विवरण प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष श्रेष्ठले संस्थामा हाल २९ प्रतिशत तरलता रहेको जानकारी दिदैं प्रति शेयर सदस्य अधिकतम ५० लाख रुपैंयासम्म ऋण प्रवाह गरिएको तर व्याज अशुल नियमित हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा लेखा संयोजक श्याम बासु श्रेष्ठले वार्षिक कार्ययोजना अनुसार संस्थाका कार्यक्रम अघि बढेको बताउनु भयो । लेखा संयोजक श्रेष्ठले सुक्ष्म समीक्षा, सुझाव र मार्गनिर्देशन समेत गर्नु भएको कार्यक्रममा ऋण उपसमितिका संयोजक श्याम कृष्ण चन्धो श्रेष्ठले मथिनपाबाट जारी निर्देशिका र कार्यविधि वाचन गरेर सुनाउनु भएको थियो ।
संस्थाकी व्यवस्थापक रुक्मणी श्रेष्ठले गत साउनदेखि पुस मसान्त सम्मको वित्तिय विवरण ऋण लगानी, व्याज आम्दानी, खर्च आदिबारे बुदाँगत जानकारी दिदैं पुस मसान्त सम्ममा १ हजार ५ सय ३२ शेयर सदस्य र ३ सय ९५ बाल बचतकर्ता पुगेको जानकारी दिनुभयो । संस्थाको आफ्नै भवनको सभाहलमा भएको उक्त कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार एवं पूर्व न्यायधिस लक्ष्मीकृष्ण श्रेष्ठ, सञ्चारकर्मी सागर गुरागाईं लगायतका अतिथि वक्ताहरुले आर्थिक पारदर्शिताले संस्था र व्यक्तिको स्वच्छ आचरण देखाउने भन्दै थोपा साकोसलाई शुभकामना दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...