समदर्शी साकोसमा अर्धबार्षिक समीक्षा
माघ २१, २०८०, आइतबार | विहान ०५:२७ बजे | 45
समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को अर्धबार्षिक समीक्षा कार्यक्रम संस्थाको भवन महेश्वरी स्थानमा सम्पन्न भयो । संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिराम लवजुले संस्थाको आर्थिक पक्षमा लक्ष्य अनुरुप प्रगति नभए पनि निराशा हुनुपर्ने अवस्था नरहेको बताउनु भयो ।कसैले गलत आक्षेप लगाए पनि संस्थाले प्रगति गर्न कसैले पनि रोक्न नसक्ने बताउनु भयो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले आ.ब को छ महिना अवधिमा लक्ष्य अनुरुप काम गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाइ धन्यवाद दिदै आ . ब को लक्ष्य पूरा गर्न सबैले पुन सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।संस्थाका सचिव बिश्वबहादुर दुवालले संस्थाको आधिकारिक धारणा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो। लेखा समिति संयोजन कृष्णराम दुवालले समीक्षाले संस्थाको प्रगति अवस्था देखएर आगामी दिनमा अझ राम्रो तरिकाले काम गर्न प्रेरित गर्ने बताउनु भयो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार समिति संयोजन बिश्व मोहन जोशी,अवकाश बचत हित उपसमिति संयोजन पशुपति भक्त राय,शिक्षा उपसमिति सदस्य काशीराम प्रजपतिले आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा लेखा अधिकृत उमा प्रजपतिले आर्थिक प्रगति विवरण रा सेवाकेन्द्र प्रमुख शर्मिला दुवालले छ महिने कर्यतालिका बमोजिमका कार्य प्रगति पेस गर्नुभएको थियो ।कार्यक्रम संचालन संस्थाका सचिब बिश्व बहादुर दुवालले गर्नुभएको थियोे ।कार्यक्रममा ३६ जना समिति उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।