बिजनेस ग्यालरी ट्रेडिङ हाउस कर्मचारी परिवारले दियो बधाई एवं शुभकामना
माघ १०, २०८०, बुधबार | विहान ०६:५३ बजे | 30
नेपाल वितरक संघ को वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले रामहरी घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा नवराज दाहाल, द्वितीय उपाध्यक्षमा प्रेमहरि मैनाली, महासचिवमा राजु प्रसाद पौडेल, सचिवमा लोकेश्वरमान जोशी, कोषाध्यक्षमा गणेश प्रसाद तिमल्सिना, सह कोषाध्यक्षमा अशोककुमार कँडेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा दिनेशमणि रिसाल, केशव प्रसाद मैनाली, विनोद अधिकारी, रमेश प्रजापति, भोजप्रसाद फुँयाल र विश्वमणी रेग्मी चयन भएका छन् । द्वितीय उपाध्यक्ष बाहेक सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...