बाहुन र गुरुजुुको सोच बकुलाको जस्तो
पुष २८, २०८०, शनिबार | दिउँसो ०२:२५ बजे | 60
तुल्सी नारायण लाखेमरु
लोकतन्त्रमा अहिलेको समयमा बाहुन बाजे र गुरुजुुहरु हाम्रो माझ पहिले देखि सबैले सम्मान गरेका छन् । मरेको मान्छेले उपभोग गरेको घडि गर–गहना इत्यादि र कोहि कोहि मान्छेले दानको रुपमा दिने चलन थियो । लिनेले पनि गुरुजुु बाजेहरुले ब्राम्हण भएर ब्रमचर्य पालन गर्नु आवश्यक पर्दछ । गुरुजुुहरुले श्रद्धा गराउने भन्ने पुज्य हुन्छन् । सम्मेक दृष्टि हुनु पर्छ । सामाजिक संस्कारमा बसेर कर्म गर्ने श्रद्धा योग्य हो । श्रद्धा गर्ने बाजे गुरुजुुहरुलाई चित्त बुझ्ने हिसावले चलेको अनुसार एक दिनको ज्याला पाउने हिसावले दिनु पर्छ । अलि अलि चामल पिठो दान दक्षिणा भई हाल्छ । श्रद्धा गर्नेको मन दुख्ने तरिकाले कुनै किसिमबाट दान दक्षिणा यदाकदा यो चाहिन्छ, त्यो चाहिन्छ, सुन चाहिन्छ, घडि चाहिन्छ, गुरुमालाई साडि चाहिन्छ, जुत्ता चाहिन्छ त्यो मनासिव होइन । किनभने अहिलेको समयमा विरामी पर्दा खेरि अस्पतालमा भर्ना गराउदा लाखौँ लाख पैसा खर्च हुन्छ । दशौँ लाख पनि खर्च हुन्छ । छोरा छोरीले वास्ता गर्देनन् । आफ्नो मान्छे कोहि हुदैन । पहिलाको जस्तो घर खेत छैन । सारा मानिस बेरोजगार छन् । काम छैन माम छैन, गरिवको चमेली बोलदिने कोहि छैन भने झैं लत्या (४५ दिन) मा गुरुजुुको आखाँ चरेसको ठालमा पलङ्ग, पितलको गाग्री, करुवा, उपयोग गरेको सुनको औँठी, नत्र आधा तोला सुन, भोलि दिनमा बाजे र गुरुजुुहरु चुपचाप हे भगवान् अलि अलि जग्गा भुकम्प भएको २०७२ सालमा घर भट्कियो । घर बनाउने जग्गा चलान घर ढलान भयो । साथै कोरानाले आमा गयो । भुकम्पले जग्गा गयो । अलि अलि जोगाई राखेको पहिलाको संस्कार भन्दै ठुलो ठलुो झोलामा बाजे गुरुजुुले लग्यो । थुप्रो विज्ञान पढ्ने, मास्टर पढ्ने, राजनीति गर्ने, नेता कार्यकर्ता अचम्म भयो । बाहुन बाजेहरुको व्यवहार हेर्दा छानाबाट खसेको बादर जस्तो भयो । मरेको मान्छे त म¥यो म¥यो जिउदो मान्छे अचम्म भयो । अन्तमा यति भन्छु घोडाको पछि पछि नलाग्नु एक दिन खुट्टाले हान्छ त्यस्तै न्यायधीसको पछि पछि नलाग्नु, झोला बोकेर सम्पत्ती स्वाहा हुन्छ । राम्रो चिन्तन गर्नु छ भने सर्वाेच्च कमाण्डर गणेशमानको नाम लिनुहोस्, कालमाक्सको नाम लिनु, माओ से तुङको नाम लिनु ।