सन्दर्भ पृथ्वी जयन्ती ः पृथ्वीनारायण शाहलाई सम्झिंदा......
पुष २६, २०८०, बिहीबार | दिउँसो ०२:२७ बजे | 80
सुनील सापकोटा
कौशलटार , भक्तपुर मो. ९८४२०२६२३३.
भोलि पृथ्वीनारायणको ३०२ औं जन्म जयन्ती। पृथ्वीनारायण शाह नेपालका रास्ट्र नायक हुन् । येस्मा कुनै वाद विवाद र शंका नगरौं । उहाँको मृत्यु ५२ बर्षको अल्प आयुमा भएको थियो। जुन नेपालीहरुको लागी त्यो बेला दुर्भाग्यको पक्ष थियो । वहाँ अरु केही बर्ष जिवित रहेको भए नेपाललाई धेरै फाइदा पुग्ने थियो होला । किनभने पृथ्वीनारायण शाह पछी उहाँको माहिलो छोरा बहादुर शाह र बंशज राजा महेन्द्र् र बिरेन्द्र बाहेक अरु सबै राजाहरु निकम्मा नै देखिन्छन्।
यो दुनियाँमा सिकन्दर , नेपोलियन , बिस्मार्क आदिको जसरी त्यहाँको रास्ट्र निर्माणमा योगदान छ , त्यस्तै पृथ्वीनारायण शाहको पनि हाम्रो रास्ट्रको स्थापना गर्नमा अतुलनीय भुमिका र योगदान छ । एउटा आफ्नो सानो देश गोर्खाको एकीकरण गरि एउटा ठुलो रास्ट्र नेपाल भन्ने नयाँ नाम राखेर उहाँले नयाँ खस राज्यका साथै अन्य आर्य हिन्दुहरुको रास्ट्र जन्माएको हो। । जो त्यो काल खण्डमा हिन्दु , बुद्ध र मुश्लिम धर्मावल म्बीहरुको लागि ठुलो फाइदा जनक कुरा थियो। त्यो बेला भारत बर्षमा कृश्चियन धर्मावलम्बी अंग्रेजÞहरुको राज्य बिस्तारको बेला थियो। तत्कालीन इस्ट ईन्डिया कम्पनीले भारतको त्यहाँ रहेका धेरै हिन्दु स – साना राज्यहरु लाई आफ्नो मातहतमा लिइ सकेको थियो र कृश्चियन धर्म लादी रहेको थियो। त्यहाँका बौद्ध ,मुस्लिम र हिन्दुहरु लाई गुलाम बनाएको थियो। सोहि बेला पृथ्वीनारायण शाहले हिन्दुहरुको रक्षा गर्न पनि गोर्खाको राज्य बिस्तार गरि नेपालको एकीकरण गर्दा त्यो बेला तिनवटै धर्मावलम्बी लाई फाइदा नै पुगेको देखिन्छ ।
अहिले पृथ्वीनारायण शाहको पक्ष र विपक्षको बिषयमा धेरै कुराहरु आइ रहेका छन। पृथ्वीनारायण शाहले आफ्नो राज्य बिस्तारको क्रममा धेरै हिंसा र अमानवीय काम कुराहरु गरे भन्ने कुरा केहिले लेखिरहेका छन । म त्यतातिर जान्न। किनभने हामी कहाँ धेरै जसो हल्ला र प्रायो जित कुराहरु हुन्छन् । हामी अनुसन्धान नै गर्दैनौं । कुनै पनि राज्य बिस्ता र गर्दा युद्ध हुन्छ नै । बिना हिंसाको राज्य बिस्तार वा एकीकरण सम्भव हुँदैन । महात्मा गान्धीको भारतको स्वाधिनता आन्दोलन जो अहिंसा त्मक भनिए पनि त्यहाँ ब्यापाक हिंसा भएको थियो भने राज्य बिस्तार गर्दा काटमार हुनु स्वभाविक नै हो। तर पृथ्वीनारायण शाहको सवल पक्ष के थियो भने उहाँले गोर्खा राज्यको बिस्तार गरि आफ्नो राज्य लाई ठुलो परेतापनी एकीकरण गरे पछीको आफ्नो राज्यको नाम बदली नयाँ नाउँ नेपाल राख्नु भयो। गोर्खा नाउँ राख्नु भएन । जुन जुन राज्यहरु बिजय गर्नु भयो ति आफुले जितेका राज्यहरु भएपनि ती सबै राज्यहरुको भाषा र संस्कृति लाई आफ्नो बनाउनु भयो । अर्को राम्रो पक्ष नेपाल बाट क्रिश्चियनहरु लाई धपाउनु भयो त त्यो बेला उहाँले हिमवत खण्ड का ५४ वटा स– साना राज्यहरुमा रहेका सबैजसो मुसलमानहरु, बुद्ध धर्मावलम्बीहरु , आदिवासी र किराँतीहरु बिच सद्भाव र सामन्जस्यता कायम गर्नु भएको थियो।
धेरै के लेखुँ । उहाँको बिषयमा जति लेख्दा पनि कम हुन्छ। उहाँ हाम्रो देशको महानायक हो। रास्ट्र निर्माता हो। अहिले हाम्रो देश गणतन्त्र भयो भन्दैमा त्यो कालखण्ड लाई नबिर्सौं ।आफ्नो इतिहासको गौरव गरौं । कम्तिमा बर्षमा एकपल्ट भएपनी पृथ्वी जयन्तीमा उहाँको सम्झना गरौं। पृथ्वी जयन्तीको सबैमा शुभकामना । ८८