अाज याेमारी माग्ने भजन
पुष १०, २०८०, मङ्गलबार | दिउँसो ०२:५५ बजे | 65
कुमार लघु,ख्वप
अाज याेमरी पुन्ही यसैकाे सिलसिलामा महिलाहरूकाे भजन गर्ने कार्यक्रम भक्तपुरकाे ईनाचाे वाचु टाेल नेवारी नाटकका चर्चित कलाकार राम शेखर नकर्मीकाे जन्म स्थानमा भजन मण्डलले उहाँ राम शेखर प्रती सन्मान गरेर भजन ग-र्याे । भजनमा याेमारी माग्ने गितले भजन गुन्जेकाे थियाे ।
भजनमा नेवारी भजनले स्थान पायाे । भजनले गर्दा महिला दिदी बहिनीहरू क्रियाशिल ,लवाईमा सरसफाईमा र गाउँनमा सिपालु वनेकाे देखिन्छ ।
याेमारी माग्ने कामलाई निरन्तरता दिन पर्ने र याेमारी वनाउने कार्यलाई नेवारहरूले वर्षैपिच्छे वनाउँदै अगाडि वढेर पूर्खाले जिम्मा दिएकाे नासाेलाई वचाई ताजाताजी गर्न पर्ने प्रत्येक गितकाे अासय रहेकाे पाईन्छ ।
याेमारी माग्ने गित गाउँदै भजन मण्डलहरूले गाउँदै गर्दा त्याग गर्न सक्नेहरूले पालैपालाे याेमारी दिन ल्याएकाछन् । याे भजनमा भक्तपुरकाे टाेलटाेलवाट भजन गर्ने टाेलीहरूले भजनलाई गाए ।
अायाेजक टाेलीले भजन गर्न अाउनेहरूलाई फूलमाला पैराहि दिएर स्वागत गरेकाे पनि राम्रो सस्कार उपयाेग गरेकाे थियाे ।
साे भजन साँझ पखदेखी वेलुकासम्म गर्ने अायाेजकहरूवाट जानकारी थियाे ।
भजनले पनि गितले दिदी बहिनीहरू सामाविक पक्षमा सतर्क गरेकाछन् । सामजिक रहनसहनलाई अंगिकार गरेर अगाडि छन् । याे भजनले दिदी बहिनीहरूमा एक अापसमा भजनले मित्रता चिनजानमा व्यापकता पाउन सकिन्छ ।
भजनले मनमा अानन्द र समय उपयाेग भएकाे किपाकार राजाराम नापितले वताउनु भयाे । उहाँकाे उदघाेषमा याे भजनले गति पायाे। हाे महिलाहरूले भजनमात्र सिमित हुने हाेईन् भजनकाे गितले जाे काेही पनि शत्रुसित सतर्क भएर अगाडि वढ्ने जर्मकाे र्पाईन्छ ।