मेरी क्रीसमस
पुष ८, २०८०, आइतबार | विहान ०४:५३ बजे | 60
सुनील सापकोटा
कौशलटार , भक्तपुर
संसारका महान ब्यक्ति वा सन्तहरुमा जिसस वा इसा पनि एक हुन । भोलि २५ डिसेम्बर उनको जन्म दिन हो। उनको बाबुको नाम जोसेफ र आमाको नाम मारिया ( मेरी ) थियो। उनको आमा बिबाह पूर्व नै कुनै देवता सङ कुमारी अवस्थामा नै गर्भवती भएकी थिइन् । पछी जोसेफ सङ उनको बिबाह भएको थियो।
कथा त धेरै लामो छ जिससको । छोटकरीमा भन्नू पर्दा त्यो बेला जेरुसलम मा पुरानो रुढीबादी धर्म र हिंसाको बिरोध गर्दा सजाए दिन यहुदीहरुले काठको क्रस बनाइ किल्ला ठोकि उनको हत्या गरेका थिए।
उनले तीस बर्षको उमेरमा यूहन्ना भन्ने ब्यक्ति सङ धार्मिक दिक्षा लिएका थिए र ४० दिन उपवास बसी जेरुसलममा मान्छे भेला गरि प्रवचन गर्दै हिडेका थिए। इश्वर एक मात्र छ र उनको स्वरुप प्रेम ( Love ) हो , त्यतिखेर उनले भनेका थिए । उनले आफुलाइ स्वयं म इश्वरको पुत्र हुँ पनि भने , अनि स्वर्ग र मुक्तीको बाटो देखाउने म नै हुँ पनि भनेको हुँदा उनी त्यो बेला त्यहाँका पुराना धार्मिक कर्म काण्डि बलि दिने धार्मिक हिंसा प्रेमी यहुदीहरु बाट मारिएका हुन् । त्यो बेला उनी तेत्तीस बर्षका थिए।
भनिन्छ उनी हिन्दूस्थान ( भारत ) पनि आएका थिए र यहाँका सन्त , महन्त र योगीहरु सङ सत्सङ गरि ज्ञान आर्जन गरेका थिए। त्यो बेला भारतमा बुद्ध धर्मको जगजगी थियो। उनले बुद्ध धर्मको पनि अध्यन गरे। भनिन्छ उनी बुद्ध घर्म बाट निकै प्रभावित भए। त्यसैले उनको बिचारमा बुद्ध धर्मको अंशहरु धेरै पाइन्छ ।
नेपालमा ईसाइ धर्मको इतिहास पुरानो रहेको छ ।
धर्मिक कट्टरतामा न जाने हो भने हामी सबै मानव हौ । सबैको रगत रातो नै छ । मानव संस्कृति र सभ्यताको बिकासमा सबै धर्मको धेर थोर योगदान रहेको छ । वेद , उपनिषद , गीता , कुरान , बाइबल , गुरुग्रन्थ, बुद्ध ग्रन्थ , आदि सबैको महत्वपूर्ण योगदान रहेको देख्छु । त्यसैले कुनै धर्म लाई पनि गाली गर्नु , घृणा गर्नु , होच्याउने काम गर्नु हुँदैन भन्ने मलाई लाग्छ । म हिन्दु हुँ । " वसुदेवम् कुटुंबकम "
सबै धर्महरुमा सबै मानव एक समान हुन भन्ने सूचना दिइए को छ । माया , प्रेम , करुणा , परोपकार , भाइचारा र मानवता नै सबै धर्मको मूल कुरा हो। यहाँ त सत्ता प्राप्तिको लागी धर्म को आडमा गरिने राजनिती र धर्मको नाउँ मा गरिने ब्यापार धन्धाले समाज लाई केही ब्यक्तिहरुले अशान्त र बिषाक्त बनाइ रहेका छन ।
आजको यस मनवतावादी आधुनिक समाजमा कुनै पनि मानिसलाई स्वतन्त्ररुपले उसले आफुले मन पराएको धर्म मान्ने स्वतन्त्रता दिनु पर्छ भन्ने मलाई लाग्छ । कुनै पनि मानिस लाई डर धाक , धम्की र लोभ दिई उस्को धर्म परिवर्तन गराउनु हुँदैन । हिन्दु धर्मले गरेको छैन ।हरेक मानिस स्वतन्त्र छ । आजको आधुनिक समाज बिबिधताको समाज हो। कसैलाई पनि कुनै धर्मले बाँधेर राख्नु हुँदैन ।
येशु लाई किल्ला ठोकेर मार्ने बेलामा उनको मुख बाट निस्केको अन्तिम वाक्य " हे ! प्रभु यिनिहरुलाइ माफ गर्नुहोस्, किनकी यिनिहरु के गरिरहेका छन भन्ने नै जान्दैनन् ।" भन्ने लाइनहरु लेख्दै म पनि तपाईहरु संग बिदा लिन्छु । "क्रीसमस डे " को अवसरमा सबैमा मेरो हार्दिक शुभकामना । इति।