मैले बाल्यकालमा चिनेको इन्दुल दाइ


मंसिर २०, २०८०, बुधबार | विहान १०:०६ बजे | 35


मैले बाल्यकालमा चिनेको इन्दुल दाइ

 शैलेश कर्माचार्य (न्यु जिल्याण्ड)

मेरो परिवार सहित हाल न्यु जिल्याण्डको क्राइसचर्च शहरमा बस्दछु।  करिव चार वर्ष अघि न्यु जिल्याण्ड कै ओकल्याण्ड शहर घुम्न पुगेको थिएँ। त्यहाँ मित्र बेदेन्द्र जी को आवासमा पटलकको कार्यक्रम रहेछ।  पनि सो कार्यक्रममा सहभागि हुन पुगें।  त्यहाँ पहिले देखि नै बसोबास गर्दै  आउनु भएका नेपाली परिवारहरु सँग परिचय हुने मौका पनि पाएँ। 

रमाईलो कुराकानीको बिचमा हामी भक्तपुरको पनि कुरा गर्न पुगौं।  कुरा गर्दै जाँदा एक जना दाइ - भुवन दाइले मेरो दाइको साथिहरु मध्य एक जनालाई चिन्नु हुन्दो रहेछ।  उहाँ हो इन्दुल केसी दाइ।   भुवन दाइ इन्दुल दाइ पहिले एउटै कार्यलयमा काम  गर्नु हुन्दो रहेछ। 

यसरि अचानक मेरो स्मृतिमा इन्दुल दाइ आउनु भएको हो। मेरो दाजुको मिल्ने साथिहरु मध्य इन्दुल दाइ पर्नु हुन्थ्यो। धेरै स्यानो नै भएको कारणले गर्दा मेरो इन्दुल दाइको बिचमा खासै कुरा हुन्दैन थियो यद्दपी उहाँ हाम्रो डेरामा आउनु हुन्दा सबै सित रमाईलो कुरा गर्नु हुन्थ्यो - त्यो भने मलाई राम्रो सित याद छ। 

समय सँगै मेरो पनि पढाई पश्चात नेपालको विभिन्न जिल्लाहरुमा गएर काम गरियो। बिच बिचमा काठमाण्डु रहन्दा मेरो दाइले इन्दुल दाइको बारेमा कुरा गर्नु हुन्थ्यो। मैले थाहा पाएँ अनुसार उहाँले विद्द्यावारथी प्राप्ति पश्चातः क्रमिकरुपमा योग ध्यान बारे गहिरो अध्ययन प्रचार प्रसारलाई निरन्तरता दिई नै राख्नु भयो। 

यसरि ओकल्याण्ड शहरमा भएको पटलकको केही समय पछि मैले इन्दुल दाइलाई फेसबुकमा जोड्ने अवसर पाएँ। उहाँको साहित्य प्रतिको माया अनि योग ध्यान प्रतिको ज्ञानले गर्दा भक्तपुर समाजमा राम्रो स्ठान हासिल गर्नु भएको पाएँ।  अत्यन्त खुशी लाग्यो यद्द्यपी केही दिन अघि मात्रै उहाँकी  धर्मपत्नीको देहावसानको खवरले गर्दा अत्यन्तै दुःखी भएको छु। 

जन्म- मृत्यु मानव देहको यथार्थ हो। यो अत्यन्तै गार्हो समयमा पनि इन्दुल दाइले आफ्नो लेखन साहित्यिक साधनामा कमि आउन दिनु भएको छैन भन्नै मलाई लाग्दछ। उहाँले यो ABCD online पत्रिका मार्फत आफ्नो नजिकको आफन्त साथि-भाइहरुलाई मात्रै होइन जस्तो धेरै टाढ़ा बस्ने भाइ, पाठकहरुलाई पनि आफ्नो नजिक राखिराख्नु भएको आभास पाएको छु।  उहाँको यो यात्रा सदैव निरन्तर चलि रहुन - एक भाइको शुभकामना। 

 

 

फाेटाेमा हेर्नुहाेस्...

मैले बाल्यकालमा चिनेको इन्दुल दाइ

Comments