युद्धको विरोध जहिले गर्नुपर्छ


मंसिर १९, २०८०, मङ्गलबार | विहान ०५:३७ बजे | 35


युद्धको विरोध जहिले गर्नुपर्छ

कुमार लघु
वर्तमान समय चिसो छ । वर्तमान जताततै युध्द र संकटले कष्टकर नै छ । चिसोले पेल्दै ल्यायो है । आ आफ्नै किसिमले बच्नुस् । बुझ्नेलाई ईशारा काफी छ । ठिकै छ, बुझ्नेलाई यस्तो लेख्नेको हेर्नेलाई काइदा छ । लुगाफाटो बढाउला न्यानो पर्ला । जाजरकोटलाई नियालौ । यता हामी भूकम्प नआएको बासिन्दालाई त कष्टकर छ भने भूकम्पले घर भत्केको र इजरायलका चोक गलीमा सुतेकालाई कति कष्टकार भयो होला ? 
भूकम्प आउने आइरहेको ठाउँमा र वर्षाउने ठाउँमा भूक्म्पले र युध्द भैरहेको ठाउँमा कस्तो दर्दनाक समय आइलाग्यो मुटु नै थरथर काप्छ । भूकम्पले जनता त्राहित्राही छन् । वस्न खान लाउन कति दुःख छ ? हिसाब गरेर साध्य छैन् । तर पनि सहयोगी मनले हात फैलाइरहेको खवरले दुःख र केही मल्लमपट्टिको आभास होस् ।
देश विदेशवाट गरेको सहयोगले पीडितहरूको मनमा सहयोग पुग्दो मात्रामा सहयोग नभएको गुणासो सञ्चार माध्यममा आएकै छन् । 
सहयोगी मनले सहयोग आवश्यक व्यक्तिहरूले समयसमयमा थप सहयोगको हात जाजरकोट र रूकुममा पुगेर गरून भन्ने मेरो सुझाव छ । सहयोग नपुगेर जनताको मृत्यु भएको भने समाचाहरूमा पढ्न पढिरहेका रहेकाछन् । देशको विभिन्न निकायले आवश्यक ठाउँमा सम्पर्क राखेर भूकम्पवाट वचेको जनताको जिऊ धनको जीवनरक्षा गर्नु पनि मानवीय धर्म हो ।
आज देशलाई आवश्यक परेको वेला युवा जमात तत्पर भएर भूकम्प पीडितहरूलाई सहयोग जुटाउनु अनिवार्य छ । सहयोग गर्नै धर्म हो, सेवा हो । सेवा गर्न धार्मिक तीर्थहरू धाइरहन पर्दैन् । मान सेवाले मनमा अनन्द मिल्छ । परिवारहरूलाई शान्ति मिल्छ ।
जाजरकोटबासीहरूले सहयोग पाइरहोस् ।
यस्तै विदेशमा भनेको पूँजिवादी राष्ट्हरूले लोभमा डुवेर निरीह जनतालाई वम, गोली मिसाईलले जिल्लामै जनतालाई मारेर तेलको खानी र अन्य खानीहरू अमेरिका र इजरायलको मूठीमा पार्न खोजेको छ । युद्धको विरोध जहिले गर्नुपर्छ । नेपालीले वेलैमा सरकारले पनि युध्दमा मारमा परेका जनताको समर्थनमा आवाज वुलन्द गर्नपर्छ । युध्द घाटक हो । युध्द गरेर साना राष्टलाई दवाउनु मूर्खता हो । संसारमा बलियोले साना राष्ट्लाई माया देखाउनु पर्छ । इजरायलले आफ्ना देशको निम्ति लडेका प्यालेष्टिनी जनतालाई आतंकवाट वन्द गर्नुपर्ने मानवता भनेको मानव माथि माया हो ।
युध्द वन्द गर्न संसारले आवाज उठाउनु पर्छ । प्यालेष्टिनमा वा वच्चा, महिलाहरू मरिरहेका छन् । घर, अस्पताल , स्कूलहरू ध्वष्ट बनाएका छन् । युध्दग्रष्ट क्षेत्रमा जनताले निकै कष्टकर जीवन यापन गर्न बाध्य भएका छन् । मानिसको जीवन जिउन प्यालेष्टिन जनता हजारौको ज्यान गैसकेको छ । निर्दाेष र न्यायाचित जनताले संसारमा वाँच्न पाउनु पर्छ । आतंक वन्द गरोस् । नरसंहार जसले गर्ने सोच हो नरसंहार बन्द होस् ।
अन्तमा संसारवाट विश्वयुध्द नहोस् । विश्वयुध्द भएमा जनताले यो भन्दा धेरै नै कष्टकर जीवन यापन गर्न पर्ने देख्दछु । 
२०८०÷८÷१९

Comments