छलफलमाथि छलफल गर्ने कि ?
मंसिर १६, २०८०, शनिबार | विहान १०:१५ बजे | 25
पि.के.आर
नेपाल मजदुर किसान पार्टी कम्युनिष्ट पार्टी हो । कम्युनिष्टहरुले मानिस जन्मेदेखि मृत्युसम्मको सबै जिम्मा राज्यले लिनुपर्छ भने मान्यताका साथ काम गर्छ । यसरी नेपाल मजदुर किसान पार्टी जितेको भक्तपुरमा सोहि अनुसार घोषणापत्र तयार गरी घोषणपत्र अनुसार काम गर्ने एउटै मात्र नगरपालिका भक्तपुर नगरपालिका हुनु पर्छ ।
नेपालको सबभन्दा सानो नगरपालिका नगरबासीहरुको हितमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटकीय गन्तव्यस्थल, नमुना सरसफाईमा अगाडि छन् । त्यसैले राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरु, विभिन्न नगरपालिका र गाउँपालिकाका प्रतिनिधिहरु, उच्च स्तरका कर्मचारीहरु यहाँबाट सिक्न अध्ययन भ्रमण गर्न आउँछ र भक्तपुर नगरपालिकाका प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधिहरु भेटेर प्रशंसा मात्र गर्ने होइन धेरै कुराहरु सिकेर पनि जाने गरेको छ । भक्तपुर नगरपालिकाले ख्वप विश्व विद्यालय मागि रहेको छ । ख्वप विश्व विद्यालय खोल्न अनुमति दिए पन्ध्र लाखमा एमविविएस अथवा डाक्टर पढाउने प्रतिवद्धताहरु आइ रहेको छ ।
त्यसैले भक्तपुर नगरपालिका नगरबासीहरुको आफ्नै संस्था हो । यहाँका कर्मचारीहरु टे«ड युनियनवाद भन्दा नगर र नगरवासीहरुको हितमा काम गर्छ । भक्तपुर नगरपालिका पारदर्शी नगरपालिका हो भने ट्रान्सपारेन्सी नेपाल अथवा पारदर्शी नेपालमा हस्ताक्षर गर्ने पहिलो नगरपालिका भनिन्छ । त्यसैले यस नगरपालिकामा धुस चल्दैन बरु काम ढिलो हुन्छ । तर पैसा लिएर काम गर्दैन ।
पत्रकारिता भनेको पत्रकारले गर्ने काम वा पत्रपत्रिकासम्बन्धी क्रियाकला अथवा पत्रकारहरुको काम, कर्तव्य, उद्देश्य आदिको विवेचन हुने विद्या हो भने पत्रकार भनेको समाचार, लेखरचना आदिको संकलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति वा पत्रपत्रिकाको काम गर्ने व्यक्ति हुन् । सम्पादक भनेको कुनै पुस्तक, पत्र पत्रिका आदिका लेख रचना राम्ररी मिलाई ठिक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति वा सम्पादन गर्ने व्यक्ति हुन् अझ स्पष्ट भने हो भने कुनै काम पुरा गर्ने, कार्य सम्पन्न गर्ने वा प्रस्तुत गर्ने, तयार गर्ने हो । पीतपत्रकारिता भनेको गलत र भ्रमपूर्ण सूचना दिने खालको पत्रकारिता वा निम्नकोटिको पत्रकारिता हो भने पीत पत्रकारिता भनेको कुनै खबरलाई बढाई चढाई गरी तथ्य लुकाई उल्टोपाल्टो पारेर आकर्षक पार्ने काम हो । यो परिभाषा यहाँ किन उल्लेख गर्न गईरहेको भने छलफल साप्ताहिकले भक्तपुर नगरपालिकाका कर्मचारीको चरित्रहत्या गर्न लेखेको सम्पादकलाई चिठी जुन असत्य थियो त्यस्तो छापेको देख्दा पत्रकारिता के हो ? पत्रकारको कर्तव्य र सम्पादकको भूमिका कस्तो हुनु पर्छ ? साथै पीतपत्रकारिता र पीत पत्रकारिता अर्थ फरक फरक रहेको प्रष्ट नभई पत्रकारिता तर्फ लाग्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह हुनेछ । कसैको इज्जतमा हिलो छ्यापे पछि त्यो दाग सधैंको लागि रहि रहन्छ । अथवा बगेको खोला कहिल्यै फर्कन्दैन् त्यस्तै गुमेको इज्जत पनि फर्किन्दैन् ।
कसैलाई उचाल्ने, थचार्ने, कमाउधन्दामा लाग्ने पत्रकारले मात्र आर्थिक लाभ लिई कसैको दवाव र प्रभावमा जे पनि छाप्ने काम गर्छ । तर सच्चा पत्रकारले बरु आफ्नो जीवन बलिदान गर्छ । दवाव र प्रभावमा काम गर्देनन् । दवाव र प्रभावमा परि गलत र भ्रमपूर्ण सूचना दिने पीतपत्रकारिता र आर्थिक लाभमा कुनै खबरलाई बढाई चढाईगरी तथ्य लुकाई उल्टोपाल्टो पारेर आकर्षक पार्ने पीत पत्रकारिताले परिवार, समाज र देशलाई विगार्छ । त्यसैले यस्तो पत्रकारिता गर्नु पत्रकारको धर्म होइनन् । बरु एक छाक खाएर वा रुखोसुखो खाएर जीवन विताउँला देश र समाजलाई अहित हुने काम कसैबाट गर्नु हुँदैन । आर्दश समाज विना जीवन अधुरो हुन्छ । किनकी जबसम्म समाज सु–संस्कृत हुँदैन त्यहाँ हत्या हिसां, लुटपाट, तेरोमेरो, ईष्या, लोभ भई रहन्छ । विकृति र विसंगतिले प्रश्रय पाउँनुका साथै लागुपदार्थ, नग्न अश्लिल फिल्मले युवा पिढीं कुलतमा फसिरहेको हुनेछ । त्यसैले हामीले समाज राम्रो बनाउन सधैं आर्दश समाज निर्माणमा अग्रसर हुनुपर्छ । यसको निम्ति संचार जगत एकदम महत्वपूर्ण साधन हो । जनतालाई यसबारे सू–सुचित गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ । जीवन जीउनुको अर्थ यहाँ निर महत्वपूर्ण हुन्छ । देश र जनताको निम्ति जीउनु र व्यक्तिगत स्वार्थको निम्ति जीउनु जीवनको मुल्यमा धेरै फरक छ । भोलि मरेरपनि अमरत्व प्राप्त गर्न देश र जनताको निम्ति आफ्नो जीवन उत्सर्ग गर्नेमा भर पर्छ । जीवनको मुल्य बुझ्नु भनेको यहिं हो ।
पत्रकारको धर्म सत्यतथ्य जनतासामु सु–सुचित गर्ने र विकृति र विसंगतिबारे जनतालाई सचेत पार्ने काम हो । छलफल साप्ताहिक अन लाइन खबर पत्रिकाले मंसिर ५ गते सम्पादकलाई चिठी छापेर कसैको चरित्रहत्या गर्न खोजेको अनुभव भयो । सत्यतथ्य सम्बन्धित व्यक्तिसंग बुझेर वा सम्बन्धित कार्यालयमा बुझेर छापेको भए सम्पादकको धर्म निभाएको र पत्रकारको धर्म हुने थियो ।
सरकारी कर्मचारीहरुको सम्पत्ति कति छ भने कुरा प्रत्येक बर्ष आर्थिक बर्ष सुरु भएको साठी दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्छ । कसैले अकुत सम्पति कमाएको भए सरकारले नै छानविन गरी कार्यवाही गरिसक्यो होला ।
भक्तपुर नगरपालिकाका असल, इमान्दार, कर्तव्यनिष्ठ कर्मचारीहरुलाई राजनीतिक नाम दिई भड्काउन खोजेको, किंकर्तव्यविमुढ बनाउन, निराश पार्न, मनोबल घटाउन यो कार्य भएको त होइन । साथसाथै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको नाम जोडेर कसैको चरित्रहत्या गर्न, बद्नाम गर्न कसैको दबाब, प्रभाव, आर्थिक प्रभलोन र उक्साहतमा सम्पादकले छापेको हो कि भने लाग्यो । त्यतिमात्र होइन यो गुनासो मेयर, अख्तियारमा र नेमकिपाको पार्टी कार्यालयमा उजुरीहरु परेको भए उक्त गुनासो सत्य हो भने तपाईको पत्रिकामा प्रकाशित हुनु अगाडि कार्यवाही भई सक्थ्यो होला ।
नगरपालिकाले एक फिट कम भएको दिँदै दिँदैन् । शाक्यको पेटी नक्सामा नभएको र मापदण्डमा परेको साथै बाटो साँघुरो हुने भएकोले स्थानीयको गुनासोको आधारमा भत्काएको, बजार अनुगमन र सहकारी अनुगमन बारे एबिसिडि अनलाइन र न्यातापोल पत्रिकामा पत्रकारले लेखेको सत्य समाचार कसरी फेक भयो ? बरु सहकारीको अनुगमन समितिमा नभएको व्यक्तिलाई मुछेर आर्थिक लेनदेनको कुरा छाप्ने सम्पादक आफै त्यसमा मुछिएको त छैन भन्ने प्रति प्रश्न उब्जेको छ ।
डेढ आनामा बनेको दुई तल्ले घर जम्मा २५ लाख जानेलाई दश करोड भनि जथाभावी लेखेको र सूर्यविनायक, तुमचो प्लानिङ्ग, सिन्धुली, निजगढमा जग्गा नभएको सत्यकुरा बङ्गाई जथाभावी लेखेको सम्पादकलाई चिठी छापेकोमा आश्चर्य चकित भयो । कसैको चरित्रहत्या गर्न खोजे निजले पनि भोग्नु पर्ने हुन्छ । जैसि करणी वैसी भरणी ।