मजदुर पढ्नुपर्ने एउटा पत्रिका
मंसिर ११, २०८०, सोमबार | विहान ०५:३५ बजे | 95
कुमार लघु
देशका धेरै पत्रपत्रिकाहरुमध्ये दैनिक ३६५ दिन नै निस्किने एउटै मात्रै पत्रिकाको हो मजदुर दैनिक । मजदुर दैनिक पत्रिका डाक्टर, अनुशन्धानकर्मी, कलाकार, प्राध्यापक, रानीतिज्ञ, कूटनीतिक, शिक्षकशिक्षिका, साहित्यकार, मजदुर, किसान, कर्मचारी, प्रबुध्द वर्ग, वरिष्ट पत्रकार, मानव अधिकारकर्मी, व्यापारी, देशविदेशको चिन्तकहरूले नपढी नहुने र छुट्टाउनै नहुने पत्रिकाको नाम हो दैनिक मजदुर पत्रिका ।
यसमा देश विदेशको खवरका साथै सम्पादीकय पढन छुट्टाउनै नहुने ठानेको छु । नेपालको मजदुर किसानको दैनिक गतिविधिको समाचार, कार्टुन, भक्तपुरमा भएको विकास निर्माणको विश्लेष्ण, साहित्य गतिविधि, अन्तराष्ट्यि समाचार, विद्यार्थी, महिला, युवा जगतले आर्थिक लेख, सहकारी सस्थाको विचार, चर्चा, अन्तर्राष्ट्यि, विश्व सङ्क्षेप, कृषि सम्बधित विषय लेख पढ्नुपर्ने देख्छु । लेख किताब, पत्रपत्रिको टिप्पणी र विज्ञापनलाई स्थान दिएका छन् ।
यसमा प्रकाशित समाचारले दैनिक खवरको साथ ज्ञानविज्ञानको चमत्कारहरूले जीवनलाई उर्जा थप्न सहयोग मिलेको छ । मलाई लाग्छ यस पत्रिकाले नाफालाई भन्दा विचार बोकेर शुभविहानी समयमा घर,
पसल, पुस्तकालय, स्कूल, उद्योघ, कार्यालयहरूमा मेहनतका साथ पु–याउने, निरन्तर वितरण भैरहेको दैनिक अध्ययन गर्ने अवसर मैले पनि पाइरहेको छु । चिन्तनशिल पत्रिका हरेक शुभ विहानी, दिनमा वा साँझ हेर्न भुल्दा ज्ञानको खाका र खाना खादा अचार नभएको र ज्ञानले अलग भएको महसूस आफूलाई भैरहने फिल हुन्छ । सो पत्रिकामा निस्किरहेको समाचार, विचारले आफू वर्तमान समयको दौरानमा भए गरेका विश्वको दैनिक गतिविधीलाई स्मरण भै रहने हुन्छ । त्यसैले मजदुर पत्रिका सबै वर्गले अध्ययन गर्नुपर्ने देखिन्छ ।
मजदुर किसान, राजनीतिज्ञ अन्य तप्काका वर्गले मजदुर पत्रिका निरन्तर चाँडवाड हरेक उत्सव, युध्दको विरूध्द र शक्तिशालि राष्टले गरिव साना मुलुकलाई दवाउने थिचोमिचो गरेर दवाएको विरूध्द यस मजदुर पत्रिकाले आवाज वुलन्द गरिहेको पाउँछु ।
पत्रिका अध्ययन गरेर ज्ञान र विचारलाई अपडेट गर्नु नै महत्वपूर्ण हो । सरकारले गर्नुपर्ने काम नगर्दा आलोचना गरेर लेख छापेको पाउँछु । जनतालाई चेतनामुलक सन्देशहरूले अध्ययनअध्यापन गर्नुपर्ने चर्चित राजनीतिज्ञ, साहित्यकार, वकिल, डाक्टर र सर्जकहरूको विचार र तर्कले मजदुर पत्रिकाको स्तरलाई उच तहमा तहल्का मचाई मजदुरले सबैलाई पत्रिका पढ्न हौस्याएको छ ।
पत्रिका अन्य भन्दा सस्तो र पढनैपर्ने २५ वर्षको निरन्तरतामा चलेकोले भोज, कोरोना, जात्रामात्रा नभनी, संकटकाल छिचोलेर प्रतिस्था कायम गर्न सफल पत्रिकालाई र पत्रिकामा लेख, रचना, साहित्य दिएर र राजनैतिक विचार प्रभाह गर्ने लेखक सम्पादक महोदयलाई र पत्रिका संञ्चालक टिमलाई धन्यवाद भन्दै विदा हुन्छु ।
२०८०÷८÷११ गते