योगका विविध आयाम
मंसिर ४, २०८०, सोमबार | विहान ११:३९ बजे | 10
डा इन्दुल केसी
पृष्ठभूमि
योग तथा प्राकृतिक उपचार सम्पूर्ण मानव जातिहरूलाई स्वास्थ एवं सुखी जीवनयापन गराउने एउटा महत्वपूर्ण माध्यम हो । योग शास्त्रको ग्रन्थ शिवसंहितामा सम्पूर्ण प्राणी मात्रको हितको लागि भगवान शिवजीले माता पार्वतीको जिज्ञासालाई मेटाउन ब्रम्हज्ञान र हठयोग साथै राजयोगका क्रियाहरूको चर्चा गर्नुभयो । यस संहिताको अध्ययन तथा मनन् गरी संसार सागरको दुःखबाट छुटकारा पाउने रहस्य यसमा पाईन्छ । यसै संहितामा योग साधना एवं अभ्यासगर्दा आईपर्ने अनेक विघ्नबाधाहरूलाई कसरी हटाउने र मोक्ष प्राप्त गर्न भोग नै एउटा प्रमुख बन्धन हो भन्ने कुराको सन्देश यस सहिताले दिएको पाइन्छ । उचित आसनमा बसेर अन्तरशुद्धिको लागि धौली क्रिया गर्नु, नाडी सञ्चालनको ज्ञान प्राप्त गर्नु, वायु प्रत्याहारको निरोध गर्नु, कुण्डलिनी जागरण गर्ने ज्ञान प्राप्त गर्नु, आहारको आचार, बिचारका नियम पालन गर्नुपर्ने कुराको मार्गनिर्देशन समेत यसै संहितामा पाइन्छ । मन्त्रयोग, हठयोग, लययोग र राजयोगहरू एउटा योग्य गुरूद्वारा यसको सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गर्नु योगाभ्यासीहरूका लागि अति आवश्यक मानिन्छ ।
योगको सन्दर्भमा स्वामी विशुद्धदेवज्यूले रच्नु भएको चरित्र विज्ञान ग्रन्थमा योगको शास्त्रीय दर्शन र आधुनिक विज्ञानलाई समन्वय गरी ‘मष्टिस्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमान्दरी’ भन्ने मूल नाराका साथ सम्पूर्ण मानवलाई चरित्रवान बनाउन चरित्र निर्माण संघ नै स्थापना गरी नेपालमा आज भन्दा झण्डै ३७ वर्ष अगाडीदेखि योगाभ्यासको प्रचारप्रसार गर्नुभएको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।
अष्टाङ्ग योग
तत्वज्ञान प्राप्त नभएसम्म मानिसहरूमा रहेको चित्तको विकारहरू समाप्त हुँदैन। यसैले योग दर्शनमा चित्तलाई स्थिर राख्न जोड दिएको पाईन्छ । ‘योगस्थित चित्तवृत्ति निरोध’ को व्याख्या महर्षि पतंजलिज्यूले गर्नुभएको छ । वास्तवमा चित्तवृति निरोध भनेकै योग हो । योग मार्गका ८ वटा खुड्किलाहरू एउटा शुत्रबद्ध रूपमा निम्न अनुसार प्रस्तुत गरेको पाइन्छ ।
यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यिनै आठवटा योगका अंगहरूलाई अष्टाङ्ग योग भनिन्छ । योग दर्शनलाई विभिन्न नामहरूले विषद् रूपमा चर्चा गरेको कुरा हाम्रा संस्कृत वाङमय वेद, उपवेद, उपनिषद्हरू पुराणहरू, गीता आदिमा योगकै बारेमा चर्चा गरिएको पाईन्छ । यसै क्रममा खप्तड स्वामीले धर्म विज्ञान नामक पुस्तकमा, ओशो रजनीशका अनेकौं प्रवचनहरूमा, बुद्धले दिनुभएको उपदेश ग्रन्थ त्रिपिटकमा इसामसिहले दिनुभएको शिक्षा, इसाई धर्मग्रन्थ बाईबलमा, प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विद्यालयबाट प्रकाशित विभिन्न पुस्तकहरूमा, स्वामी रामदेवले योग बारेमा लेखेका अनेकौं पुस्तकहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा योग विज्ञानको प्रकाश भएको पाईन्छ ।
जुलिय फ्रेडि बर्गरले आफ्नो पुस्तक अफिस योगमा लेख्नुहुन्छ– “तनावलाई नियन्त्रण गर्ने एउटा सामान्य तरिका – तपाई आफ्नो अफिसमै गर्नसक्नु हुन्छ ”। अर्थात अति व्यस्त जीवनयापन गरिहेका व्यक्तिहरू आफ्नो कार्यालयको कुर्सीमा बसी केही छिन आफ्नो शरीरका अंगहरूलाई तन्काएर पनि शारिरीक तनाव कम गर्न सकिन्छ ।
वैज्ञानिक योग
जीवनलाई सकारात्मक पक्षमा बदलन चाहनेहरूका लागि वैज्ञानिक योग नामक पुस्तकका लेखक डा. चेतनाथ अधिकारीले भोजन, सूक्ष्म व्यायाम, सूर्य नमस्कार, विभिन्न आसनहरू, षत्कर्म प्राणायमबारे चर्चा गरी वैज्ञानिक योगको नाम दिनुभएको छ ।
योग गीता
श्रीकृष्ण र अर्जुनको बीच कुरूक्षेत्रको रणभूमिमा भएको सम्वादमा ७०० वटा श्लोकहरू छन् । यी श्लोकहरूलाई १८ अध्यायहरूमा विभिन्न नामले विभक्त गरिएका छन् । जस्तै विषादयोग, साङ्ख्य योग, कर्मयोग, ज्ञानयोग, कर्मसन्यास, योग, आत्मसंयम योग, ज्ञान–विज्ञान योग, अक्षर ब्रम्हयोग, राजविद्या राजयोग, गुह्य योग, विभूति योग, विश्व योग, गुणतन्त्र विभाग योग, पुरूषोत्तम योग, दैवासुर सम्पत विभाग योग, श्रद्धात्रय विभाग योग र मोक्ष सन्यास योगबारे चर्चा भएको पाइन्छ । यसरी गीतामा विभिन्न नाम दिएर चर्चा गरिएका १८ वटै अध्यायहरूको महत्व वर्णतित छन् । विशेषगरी कर्म योग, ज्ञानयोग, भक्तियोग, मोक्ष सन्यास योग, योगाभ्यासीहरू सबैले अध्ययन गर्नु उपयुक्त देखिन्छ ।
कुचो योग
माथि उल्लेखित विभिन्न नामका योगहरूको साथै दैनिक जीवनमा हामी सबैले नगरी नहुने योगको नाम हो कुचोयोग । कुचो योग भन्नु यहाँ कुचो प्रतिकात्मक रूपमा प्रयोग मैले सर्वप्रथम प्रस्तुत गरेको छु । हाल कुचो योग नाम व्यापक हुँदै गएको छ । कुचो एउटा साधन हो जसले धुलो कसिङ्गर बढारिन्छ । नेपालीहरूको घरघरमा संस्कारगत गर्नुपर्ने दैनिक कार्य भनेको बढारकुँढार गर्नु हो । आफ्नो घर, चोक, आँगन सफा गर्नु हाम्रो परम्परागत प्रचलन हो । यसले घरमा वरिपरि रहेको धुलोमूलो फोहर बढारिन्छ । फालिन्छ । सन्दर्भ योगको हो । हात र कुचोको जोड हो । यो मिलनले यसको प्रयोगले सरसफाइ निरोगको लागि गर्नैपर्ने प्रथम कार्य हो । के महिला के पुरूष सबैले सरसफाईमा जुट्नु पर्छ । चाहे दाँत माझ्न प्रयो गर्ने टुथब्रस होस् वा जुत्ता टल्काउने ब्रस होस, कुचो च्वाफी अथवा आधुनिक भ्याकुम क्लिनर नै किन नहोस्, यी वस्तुहरूको समूचित प्रयोग गरौं र निरोगको मार्गमा अगाडी बढौं । यही नै कुचो योगको मर्म हो । यस लेखका बारे पाठकहरुको प्रतिकृया अपेक्षा गर्दछु ।
८८८८
डा. इन्दुल केसीको जीवनी विवरण
नाम ः डा इन्दुल केसी
जन्ममिति ः विसं १९९८ मार्ग २७
जन्मस्थान ः भक्तपुर नगरपालिका वडा नं ४, ब्रह्मपुर चोक, नासमना,
माता÷पिता ः शेरकुमारी (कान्छी) केसी ÷ पं श्री केदारनाथ झा
पत्नी ः श्रीमती सावित्री राणा केसी
छोरा÷बुहारी ः उज्ज्वल केसी, रजनी केसी तथा सिर्जना केसी पौडेल
छोरीहरू ः रजनी केसी मानन्धर तथा सजनी केसी कार्की
शिक्षा ः एम.ए., बि.एल. (त्रिभुवन विश्व विद्यालय, काठमाडौं, नेपाल)
पोस्ट ग्य्राजुयट डिप्लोमा (शिक्षा) (रेडिङ युनिभर्सिटी, बेलायत)
पी.एच.डी., वैकल्पिक उपचार (कोलकाता, भारत)
रुचि ः यात्रा, अध्ययन, भक्तिसङ्गीत–भजनगायन पत्रकारिता, समाजसेवा
भ्रमण ः नेपालका ६५ जिल्ला, भारतका सम्पूर्ण प्रान्त तथा बेलायत, जापान, अमेरिका फ्रान्स, जर्मनी, इटली, स्विट्जरल्यान्ड, थाइल्यान्ड, कतारलगायत अन्य विविध मुलुकहरु
भाषा ज्ञान ः नेपाली, नेपालभाषा (नेवारी), हिन्दी, अङ्ग्रेजी
संलग्नता ः
व्यवस्थापन तालिम तथा अनुसन्धान केन्द्र ९ःत्च्ऋ० – निर्देशक
कला संस्कृति भजन महागुठी, भक्तपुर – संस्थापक अध्यक्ष
मङ्गल योग तथा प्राकृतिक उपचार केन्द्र – निर्देशक
श्री बाराही पीठ विकास समिति, भक्तपुर
वाद्य सङ्ग्रहायलय, भक्तपुर (श्री बाराही पीठ विकास समिति)
पथिक हेल्थ फाउन्डेसन, काठमाडौं – प्रथम पूर्व निर्देशक
विश्व शान्ति ध्यान केन्द्र, सङ्खु, काभ्रे – पूर्व उपाध्यक्ष, हाल सल्लाहकार
पाशुपत योग आश्रम, काठमाडौं – महासचिव
स्वतन्त्र पत्रकार सङ्घ, नेपाल – केन्द्रीय सल्लाहकार
सहृदयता समाज नेपाल – सल्लाहकार
राष्ट्र संरक्षण साप्ताहिक पत्रिका – सल्लाहकार
सुब्बा देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठान – सल्लाहकार
अनुशीलन नेपाल – सल्लाहकार
योग तथा प्राकृतिक उपचार केन्द्र, बाराही पीठ, भक्तपुर – सल्लाहकार
पातञ्जल योग जिल्ला समिति, भक्तपुर – सल्लाहकार
आजीवन सदस्य ः शब्दयात्रा प्रकाशन, काभ्रे
त्रिफला राष्ट्रिय पुस्तकालय, दमक, झापा
स्रष्टा समाज नेपाल
पुष्पपराग साहित्य प्रतिष्ठान, लोकन्थली, भक्तपुर
कला संस्कृति भजन महागुठी, भक्तपुर
पूर्व सञ्चालक सदस्य ः सहिद स्मृति क्यान्सर सेवा केन्द्र, भक्तपुर
सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भक्तपुर
स्रष्टा समाज नेपाल, काठमाडौं
प्रथम योग जिल्ला घोषणा तयारी समिति, भक्तपुर
प्रकाशित कृति ः
á भुइँचालो (कवितासङ्ग्रह, २०६५),
á इन्दुल केसी ः व्यक्ति एक, दृष्टि अनेक
á व्यक्तित्व र कृतित्वको तेस्रो आयाम (लेखक तथा सम्पादक)
á डा इन्दुल केसीको चौथो आयाम
á एक अर्काको दृष्टि, दुई व्यक्तित्वका कृति (सहलेखन)
á श्यामसुन्दर भजनमाला, त्रिभाषी भजनसङ्ग्रह, (सङ्कलक तथा सम्पादक)
á भजन सृष्टि ः विविध दृष्टि (टिप्पणीसङ्ग्रह)
á भक्तपुरमा प्रचलित २९ ओटा भजनहरु तथा सातओटा ज्ञानमाला भजनहरुका
अध्ययन प्रतिवेदनहरु
á अरुका आँखामा डा. इन्दुल केसी
(स्वदेश तथा विदेशका ६५ जना विशिष्ट व्यक्तिहरुका अभिव्यक्ति सङ्गालो)
á शब्दसागरका मोती
सेवा ः ३० वर्ष सरकारी सेवा (हाल निवृत्त), शिक्षक, प्रशिक्षक, कानुनी सेवा, परामर्श सेवा, योग तथा प्राकृतिक चिकिस्ता व्यवस्थापन, समाजसेवा, विभिन्न पाटीपौवाहरु, मन्दिर, भजन घरहरुको निर्माण कार्यको नेतृत्व
पत्रकारिता ः नेपाल सम्वाद समिति, भक्तपुर (वि.सं. २०१५)
पुनर्यौवन मासिक पत्रिकाको प्रथम प्रधान सम्पादक
स्वतन्त्र पत्रकार सङ्घ, भक्तपुरको प्रथम अध्यक्ष
ए.बी.सि.डी. खबर अनलाइनको बोर्ड सदस्य
सम्मान ः शब्दयात्रा प्रकाशन बनेपा, भक्तपुर सम्पर्क केन्द्रबाट सम्मानपत्र
सेभ द नेसन मिडियाबाट सम्मानपत्र
मुनि विहार व्यवस्थापन समितिबाट सम्मानपत्र
केशव–सुषमा भजन ज्ञान गुठी, नेपालबाट सम्मानपत्र
विश्व शान्ति ध्यान केन्द्र, काभ्रेबाट सम्मानपत्र
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्बाट अभिनन्दनपत्र
निर्माण तथा जिर्णोद्धार ः
अध्यक्ष – मङ्गलकुण्ड (पोखरी), नासमना, भक्तपुर जिर्णोद्धार
संयोजक – मङ्गलतीर्थ (नदी) सफाइ अभियान, भक्तपुर
अध्यक्ष – मूलाखु गणेश मन्दिर जिर्णोद्धार, मंगलाछें, भक्तपुर
अध्यक्ष – श्री बाराही पीठ, भक्तपुरको कलात्मक सत्तल
(बखुं झ्याः सत्तल, भजन घर जिर्णोद्धार)
अध्यक्ष – श्री बाराही पीठमा कलात्मक ढुङ्गेधारा जिर्णोद्धार, भक्तपुर
अध्यक्ष – श्री बाराही पीठमा दुईओटा कलात्मक नयाँ सत्तलपाटी निर्माण
अध्यक्ष – श्री बाराही पीठमा तीनओटा पुरानो सत्तल पाटी, भक्तपुर
अध्यक्ष – श्री बाराही पीठमा भव्य सभा हलसहितको तीनतले नयाँ भवन निर्माण
अध्यक्ष – श्री बाराही पीठमा सत्तल पाटीसहितको सार्वजनिक चोक निर्माण
अध्यक्ष – श्री श्याम सुन्दर रास भजन मण्डल घर पुनर्निर्माण समिति, भक्तपुर