छठ : सूर्यको पर्व
मंसिर ३, २०८०, आइतबार | विहान ०५:११ बजे | 55
शब्द : आफ्नै आज छठ पर्व । यो पर्व सूर्य प्रती कृतज्ञता ज्ञापन गर्ने पर्व हो। हाम्रो छिमेकि देश भारतको बिहार , उत्तर प्रदेशमा यो पर्व भब्य रुपमा मना इन्छ । नेपालको चाहिँ तराइ क्षेत्रमा यो पर्व मनाउने चलन छ ।यो छठ पर्व पनि हिन्दुहरुको एउटा महत्वपूर्ण पर्व हो। यो पर्व सूर्यको उपासनाको पर्व हो। सूर्य उदाउँदा उज्यालो हुनु र सूर्य अस्त हुँदा अध्याँरो हुनु एउटा चमत्कार जस्तो छ। त्यसैले होला प्राचीनकाल देखि नै मनुष्यको लागि सूर्य एउटा अचम्म र रहस्यको बिषय बनी आएको होला। त्यसैले हाम्रो देवी देवताहरुमा सूर्य यस्तो देवता हो , जो हाम्रो सामु सधैं हुन्छ । उनको देवत्व लाई स्वीकार गर्न हामी लाई कुनै तर्क र प्रमाण चाहिदैन । सूर्य हाम्रो लागि जिवन्त देवता हो। पृथ्वीमा जुन जीवन छ , उर्वरता छ , हरि यालीको जुन महत्व र सुन्दरता छ त्यो सूर्यकै कारणले छ। सूर्य नभएको भए पृथ्वीमा जीवन हुँदैन थियो। किनभने सूर्यको किरण पृथ्वीमा नपर्ने हो भने मनुष्य जातिको त के कुनै पनि जिवजन्तु र वनस्पतिको नामो निशान हुँदैन । कोहि भन्छन् , यो पर्वको शुरूवात राम र सिताले कार्तिक शुक्ल पक्षको षस्ठि को दिन सरयू नदीमा गएर स्नान गरि सूर्यको पूजा आजा गरी सूर्य लाइ अर्ध्य दिएको हुँदा अरुले पनि यो देखासिखी गरि यो पर्वको परम्परा त्रेतायुग देखि नै चलेको बताउँछन । कोही चाहिँ महा भा रत को समयमा प्रात कालमा सधैं कर्णले नदीमा गएर कम्मर जति पानी भित्र उभिएर सूर्यको उपासना गरेको देखेर सधैं गर्न सके बर्षमा एकचोटि भए पनि सूर्यको पूजाआजा र उपासना गर्नु पर्छ भन्ने लागेर होला सूर्यको महत्व बुझी सूर्यको सम्मानको लागि यो पर्व को थालनि भएको हो भन्ने पनि छन । खैर जे भएपनी सूर्य प्रती कृतज्ञता - ज्ञापन गर्ने तथा तलाव र नदीहरुको आवश्यकता र महत्व यो पर्व ले उजागर गरेको होला जस्तो मलाई लाग्छ । अर्को गाउँका सबै उमेर समूहका , विभिन्न तह र तप्काका मानिसहरू त्यहाँको कुनै नदी वा पोखरीमा गएर एकत्रित भइ एउटै देवताको पूजा गर्ने भएकाले पनि समाजमा मानिसहरुको बिच आपसी मित्रता ,भाइचारा, सद्भाव आदि सामुदायिकता र सहयोगको भावनामा पनि वृद्धि होला नै। धेरै लेख्दिन । छठ पर्वको पावन अवसरमा सबैमा मेरो हार्दिक शुभकामना । धन्यवाद!