बालेनलाई पत्र ः महानगरबासीहरुको दादागिरी किन ?
कार्तिक २९, २०८०, बुधबार | दिउँसो १२:०७ बजे | 50
नेपाल सम्बत नेवारहरुको मात्रै होइन सम्पूर्ण नेपालीहरुको हो । यहि नेपाल सम्बत राखेर नेपाल संयुक्त राष्ट्र संघमा दर्ता भएको देश हो । शंखधर साख्वा भक्तपुरको हो । त्यसैले पनि भक्तपुरका जनता नेपाल सम्बत प्रति त्यतिकै माया मात्रै हाईन दिलैदेखि चाहन्छ र दत्तात्रयको जेंलामा शंखधर साख्वाको शिलापत्र भएको पाटी नै छ । त्यसैले प्रत्येक बर्ष म्हाःपुजाको दिन नेपाल सम्बतको दिन न्हुदँया भिन्तुना भव्य बाजागाजा र संघसंस्था, सहकारीका व्यक्तिहरु सहभागी भई राष्ट्रिय र अन्तर्राष्ट्रिय बिषयमा सत्य र न्यायको पक्षमा नाराहरु अंकित प्लेकार्डका साथ मनाउने गर्दछ । यसरी माया गर्दै नेपाल भाषाको निम्ति संघर्ष गर्नु हुने माष्टर जगत सुन्दर मल्लको शालिकमा माल्यार्पण गरेर न्हुदँ ११४४ मनाएको थियो । यसरी न्हुदँ मनाउने क्रममा कार्तिक २८ गते भक्तपुरमा स्विकृति विना सिक्रि लगाएको ताला फोरेर विश्व सम्पदा क्षेत्रमा निषेधित गाडीहरु लाने काठमाण्डौं महानगरका नगर प्रहरी लगायतको निर्देशनमा कार्य भएकोमा खेद व्यक्त गर्न चाहन्छु । महा नगरपालिकाले अस्ति भर्खरै सम्पन्न इन्द्र जात्रामा बसन्तपुरमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुलाई हिडाएर कुमारी दर्शन गराएको थियो । त्यतिवेला पनि महानगरले राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुको गाडी निषेधमा विरोध भएको थियो तर बालेनको अडिगले बृद्ध र असक्त राष्ट्रपतिलाई हिड्न बाध्य बनाएको थियो । त्यति वेला महानगरका बालेनले वाह वाह पनि कमाएका थियो । भक्तपुर नगरबाट सिक्ने वकालत गर्दै हिड्ने मेयर बालेनले विश्व सम्पदा सुचिमा सुचिकृत टौमढी जहाँ विश्वको अग्लो मन्दिर पाँच तल्ले(न्यातापोल) जुन मन्दिर कोलम्बसले अमेरिका पत्ता लगाउनु अगाडि बनि सकेको थियो । त्यस्तो मन्दिरको संरक्षणको लागि गाडी निषेधित क्षेत्रमा आफुलाई किलागलबाट आएको भन्दै अव आयान्दा भक्तपुरमा न्हुदँ ¥याली नल्याउने र व्यङ्गेका साथ धन्यवाद भनि भक्तपुर नगरपालिकाले अवरोध गरेको भन्दै अनावसनाब बोलेको देख्दा ज्ञान नभएका अनपढ, बुद्धि विवेक हिन मान्छे भनेर सबैले सामाजिक सञ्जालमा चित्रण समेत गरे । महानगरपालिकाका नगर प्रहरी अगाडि राखेर भक्तपुरको सम्पदा विगार्न लालायित मान्छे देखेर देशकै ठूलो नगरपालिका भनेर भक्तपुरलाई हेप्ने अहंकारवाद र लागुपदार्थले मातेर होस गुमाएका महानगरले अर्काको घरमा ताल्चा फोडि भित्र पस्ने दुस्साहस गरेको अनुभब भयो । बालेन जस्तो मान्छेलाई त्यो सुहाउने कुरा होइन र निजको निर्देशनमा भएको होइन भने ति कर्मचारी र ताला फोड्ने महानगरका कर्मचारी वा कुनै पनि व्यक्तिलाई कार्यवाही गर्ने दुस्साहस देखाउनु पर्छ । वालेनले भक्तपुरको सम्पदा नष्ट गरेर भक्तपुरबाट के सिक्ने हो ? त्यस्तै मोटरसाईकल ¥यालीले जानी नजानी भारतीय एकाधिकारको पुँजिको सेवा हुन जान्छ । किनकी मोटरसाईकल ¥यालीले भारतबाट आएको पेट्रोलियम पदार्थमा लाखौं लाख फजुल खर्च हुन्छन् । अहिले देशमा एक प्रकारको आर्थिक मन्दि जस्तै व्यापार व्यवसाय थप्प भएको र सहकारीहरुले निक्षेप फिर्ता गर्न नसकेको अवस्थामा मोटरसाईकल ¥यालीलाई बढावा दिनु देशको पैसा विदेश पठाउने काममा टेवा दिनु हो । मोटरसाइकल ¥याली नेपालीहरुको मौलिकता पनि होइन । बरु भक्तपुरमा न्हुदँया भिन्तुना ¥याली मौलिक बाजागाजाका साथ हजारौं हजार जनताको सहभागितामा सम्पन्न हुने गर्दथ्यो । देशलाई कंगाल बनाउन र सम्पदा नष्ट गर्न चाहने व्यक्तिहरु नेपाल सम्बतलाई माया गर्ने व्यक्ति हुनै सक्दैन् वा नेपाल भाषा विरोधि व्यक्तिहरु जसले नेपाल सम्बत मनाउनेको नाममा भाइ फुटे गवाँर लुटे अथवा फुटका राजनीति गरी शासन गर्ने चाल त होइन । भक्तपुरका जनताले भक्तपुरलाई एउटा साँस्कृतिक नगर घोषणा गराउन बरिष्ठ राजनीतिज्ञ का.नारायणमान विजुक्छे(रोहित) लाग्नु भएको चार दशक भन्दा बढी भई सकेको छ । त्यसैले सम्पदा नष्ट गर्न खोज्ने व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय संस्था युनेस्कोमा समेत कार्यवाहीको लागि लेखि पठाउनु पर्दछ । नत्र हाम्रो सम्पदा बचाउन गा¥हो हुनेछ । नेपालीको पहिचान र मौलिकता भएन भने विस्तारै नेपाल नै हराएर जान सक्नेमा हेक्का राखे हुन्छ । त्यसैले यो सबै हुनुमा भारतीय विस्तारवादको हात त छैनन् अथवा त्यसका दलालहरुको काम त होइनन् ? धन्यवाद ।
पि.के.