गोवर्धन पूजा ः एक बिद्रोह
कार्तिक २८, २०८०, मङ्गलबार | विहान ०४:०४ बजे | 50
सुनिल सापकोटा
आज २०८० सालको गोवर्धन पूजा हो। आजको दिन हाम्रो पुरानो हिन्दू परम्परा र मान्यता लाई तोडेको एउटा बिद्रोहको उत्सव पनि हो। एकदिन श्री कृष्णले इन्द्रको पूजा किन गर्ने ? हाम्रो वासस्थान थल , जल , वन , पर्वत , आदि भित्र छ। त्यसैले अब देखि इन्द्रको पूजा नगरौं बरु यिनको पूजा गरौं भनेर आफ्नो पिता वासुदेवलाई र गाउँलेहरुलाई “ कन्भिन्स “ गर्नु भयो। जसको फलस्वरूप इन्द्र रिसाएर उनले गोकुल र वृंदावन क्षेत्रमा धेरै पानी परेर जलमग्न गराए । अनि त्यस क्षेत्रको चारैतिर हाहाकार मचियो। अविरल बर्षा रोक्न त्यहाँका जनताहरुले पुनः देवराज इन्द्रलाई पुकारे । भाकल गरे , पूजाआजा गरे।तर इन्द्रले कुनै सुनवाइ र मतलब नराखेको हुँदा श्री कृष्ण इन्द्र देखि रिसाइ इन्द्रको पूजाआजा , आराधना र अनुस्ठानहरु बन्द गराइ दिनु भयो र नजिक रहेको गोवर्धन पर्वत उठाइ बर्षा , हुरी र असिना छेकि त्यहाँका जनतालाई ठूलो राहत र सहयोग गरेको भनाइ छ ।
येसरी इन्द्रको घमण्ड लाई कृष्णले चुर गरेपछी देवराज इन्द्रले आफ्नो भूल स्विकार्दै श्री कृष्ण सङ माफी माग्नु परेको थियो अरे भन्ने कुरा भागवतमा छ ।
यसप्रकार देवराज इन्द्रको निरंकुश सत्ताको प्रतिरोधमा यस उत्सव वा पर्वको शुरूवात द्वापर यूगमा महानायक श्री कृष्णले गर्नु भएको थियो ।
त्यसैको सम्झनामा आज पनि गोवर , काठ , माटोको थुप्रोले गोवर्धन पर्वतको प्रतीक बनाइ त्यस्को पूजाआजा गर्ने चलन चलेको हो र सङ संगै श्री कृष्णको पनि पूजा गर्ने चलन छ ।
अन्त्यमा निरंकुश राज्य सत्ता वा त्यस्तो राजाको
जो जनतालाई परीआएको बेला सहयोग र सहायता गर्दैन, कानमा तेल हालेर बस्छ , त्यसको बिरोध गर्नु पर्छ , त्यस्तालाई मानी रहनु हुँदैन भन्ने यो पर्वको पनि सन्देश हो जस्तो मलाइ लाग्छ। ।। इति।। धन्यवाद