ताथलीमा गरियो सांस्कृतिक भिन्तुना ¥याली


कार्तिक २७, २०८०, सोमबार | दिउँसो ०१:४० बजे | 30


ताथलीमा गरियो सांस्कृतिक भिन्तुना ¥याली

हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली सम्पन्न भएको छ ।
सो ¥याली ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा भएको हो । सम्पूर्ण नेपालीहरुको साझा संवत् नेपाल संवत्को सम्वद्र्धन र प्रवद्र्धनका लागि विगत ७ वर्षदेखि गर्दै आएकोे भिन्तुना ¥यालीलाई यो वर्ष पनि निरन्तरता दिएको समाजले जनाएको छ । 
नेपाल संवत्को अवसरमा भएको सो भिन्तुना ¥यालीको उद्घाटन बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले गरेका थिए । सो क्रममा उनले सांस्कृतिक पर्वलाई थप सांस्कृति बनाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय संवत्को रुपमा रहेको नेपाल संवत्लाई व्यवहारमा उतार्नेकाममा सरकारले विशेष पहल गर्न जरुरी रहेको उल्लेख गर्दै भाषा, कला संस्कृति नै मानिसको पहिचान भएकाले सो पहिचान जगेर्ना गर्न अग्रसर हुनुपर्ने बताए ।
उनले भाषा, कला, संस्कृतिको जगेर्नाका लागि जाति बचाउनुपर्ने समेत चर्चा गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतले नेपाल संवत्को अवसरमा आयोजित भिन्तुना ¥यालीको सफलताको शुभकामना व्यक्त गर्दै ¥यालीको निरन्तरताको कामना गरे । उनले अहिले पनि नेपालीहरुको थाप्लोमा हजारौं ऋण भएकाले उल्लेख गर्दै शंखधर साख्वाजस्ता मनकारी व्यक्तिको अभाव राजनीतिमा अभाव हुँदा जनताले दुःख पाएको बताए ।
सोही अवसरमा कार्यक्रम संयोजक उत्तम साखकर्मी, समाजका उपाध्यक्ष हरिसुन्दर छुकांले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा सरकारले मान्यता दिए पनि अझ पनि व्यवहारमा प्रयोगमा नआउँदा नेपाल संवत्बारे रहेको भ्रम हटाउन पनि हरेक वर्ष भिन्तुना ¥याली गर्दै आएको बताए ।
आयोजक समाजका अध्यक्ष रवीन बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले युवाहरुबीचको आपसी एकतालाई कायम राख्न र युवाहरुलाई सिर्जनशील बनाउन निम्ति प्रगति युवा समाजले विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरु गर्दै आइरहेको चर्चा गरेका थिए ।
¥यालीमा ताथलीको खगाङ बाँसुरी बाजा समूह, बनमाला टोलस्थित ताथली धिमे खलः, गचाको देवी बाँसुरी बाजा समूह, थनेको माझी भैरब बाँसुरी बाजा खलः, फैढोकाको तैकाबु गणेश बाँसुरी खलः, फैढोका धिमे खल, गचास्थित आजु धिमे खललगायतका सांस्कृतिक टोली, विभिन्न संघसंस्था, विद्यालय, सहकारी, युवा समाजका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
ताथलीको फैढोकाबाटे ¥यालीले ताथलीको ब्रम्हायणी, इथाचा, इथुली, चुनदेवी, डाँडापाटी, एकाडोल, तब्याखुसी, सौडोल(गचा), थने, सिसौघारी, गोठालेचौर, बनमाला टोल, साखकर्मी टोल, तधचालगायतका स्थानको परिक्रमा गरेको थियो । ¥यालीको समापन सौडोलस्थित देवी माध्यमिक विद्यालयमा भएको थियो ।
¥यालीमा सहभागी विभिन्न बाजा समूहहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत् शुभकामना व्यक्त गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

ताथलीमा गरियो सांस्कृतिक भिन्तुना ¥याली
ताथलीमा गरियो सांस्कृतिक भिन्तुना ¥याली

Comments