दीपावली : बिबिध मान्यता
कार्तिक २६, २०८०, आइतबार | विहान ०३:५३ बजे | 50
सुनील सापकोटा , कौशलटार , भक्तपुर
हिजो दीपावली पर्व मनाउने प्राचीनताको बिषयमा मेरो एकजाना पुरानो आत्मिय मित्र संग मेसेन्जरमा कुराकानि भएको थियो। उहाँको भनाइमा मिथकको प्राचीनताको बिषयमा दिमाग खपाउनु बेकार छ । हामि इतिहासको कुनै शोधकर्ता पनि होइनौं । मलाई पनि उहाँको यो कुरा ठिकै लाग्यो। दीपावली पर्व जहिले जहाँ बाट शुरुआत भएपनि आखिर यो अरु पर्वहरु जस्तै एउटा पर्व न हो।
दीपावली पर्व मनाउने बारे बिबिध मान्यताहरु देखिन्छन्। यो कार्तिकको कृष्ण पक्षमा मनाउने एक पर्व हो। यो एउटा येस्तो पर्वको हो जस्को उत्पतिको बारेमा बढी मत भिन्नताहरु देखिन्छन् ।
१) कोहि श्रीरामले चौध वर्षको वनबास पछी लंका विजय गरि अयोध्या फर्के पछी त्यस्को उत्सवको रूपमा हेर्छन ।
२) कोहि यो दिनलाई महाभारत युद्ध जितेपछि पाण्डवहरु श्रीकृष्ण संग हस्तिनापुर फर्किदाको घटनामा मनाइएको उत्सवको सुरुआत लाई हेर्छन।
३) पूर्वी भारत , बंगाल र उड़ीसामा चाहिं शक्तिको प्रतिक काली पूजाको संस्कृति लाई दीवालीको उत्सवको रुपमा मनाउछन ।
४) बौद्ध धर्मावलम्बीहरुको लागि यो दिन कलिंग युद्धको रक्तपात बाट विचलित सम्राट अशोकले बौद्ध धर्ममा दीक्षा लिएको दिनको रुपमा यो उत्सव मनाउछन।
५) जैन धर्मावलम्बीहरु यसलाई तीर्थंकर महावीरको निर्वाण दिवसको रुपमा हेर्छन।
दीवालीको एउटा कथा ( मिथक ) येस्तो पनि छ । जो देवी लक्ष्मी संग पनि जोडिन्छ । उहिले समुन्द्र -मंथनको बेला लक्ष्मी प्रकट भएपछि अति सुन्दर लक्ष्मीलाई प्राप्त गर्नको लागि देवता र असुरहरुको बिच विवाद भइ द्वन्द भयो अरे । तर लक्ष्मीले पतिको रुपमा अरु कसैलाई मन नपराइ विष्णुलाई मन पराएर वरण गरिन । त्यसैले त्यो रातको स्मृतिमा दीयो बालेर लक्ष्मीको पूजा गर्ने चलन चलेको हो ।
धेरै के केखुँ । सबै धर्मावलम्बीहरुलाई उनिहरुको मान्यता अनुसारको दीपावलीको अवसरमा मेरो हार्दिक शुभकामना ।