विनायकमा म्हपूजा र देउसी भैलो कार्यक्रम
कार्तिक २४, २०८०, शुक्रबार | विहान ११:०० बजे | 35
मध्यपुर ठिमी भक्तपुर हाम्रो संस्कृति हाम्रो पहिचान: सांस्कृतिक संरक्षण हाम्रो अभियान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल मध्यपुर ठिमिले यही 2080 कार्तिक 24 गते म्ह पूजा तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्यो ।संस्कृतिक नगरी मध्यपुर ठिमी लगायत सिङ्गो देशको कला संस्कृति संरक्षण तथा सांस्कृतिक रूपान्तरणमा स्थापनाकालदेखि नै विद्यालयले उत्कृष्ट रुपमा पहल गरिरहेको जानकारी विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले गराउनुभयो । नेवारी संस्कृतिअनुसार मनाइने म्ह पूजा पूर्व प्राविमा अध्ययनरत विद्यार्थीले बडाे उत्सुकताका साथ मनाएका थिए भने नेवारी समुदायमा आफैंले आफूलाई पूजा गरेर दीर्घायुको कामना गर्ने परम्पराको बारेमा उनीहरुले जानकारी प्राप्त गर्न सफल भएका थिए ।त्यस्तै विनायक प्राइमरी र सेकेन्डरी ब्लकमा भव्यरुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो ।विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरुले देउसी भैलो र विभिन्न जाति सँग सम्बन्धित संस्कृतिक नृत्य हरु प्रस्तुत गरेका थिए भने मण्डला बनाई लक्ष्मीको पूरा पूजाआजा समेत गरेका थिए । सोही कार्यक्रममा प्रतियोगितात्मक रुपमा देउसी भैलो नृत्य प्रतियोगिता ,तिहार पर्वसँग सम्बन्धित शुभकामना कार्ड प्रतियोगिता आयोजना गरिएको थियो ।पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थी भोलिका देशका संस्कृतिका अभियन्ता भएकोले सांस्कृतिक ज्ञान व्यावहारिक रूपमा प्रदान गर्न र सांस्कृति भित्रका बिकृतिलाई हटाउन र संस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरी आआफ्नाे संस्कृति जाेगाउनु पर्छ भन्ने विद्यालयको उद्देश्य रहेको जानकारी गराउनुभयो।
फाेटाेमा हेर्नुहाेस्...