कृत्रिम फूल ब्यवसायीप्रति राज्यको कठोर र बिवादस्पद निर्णय ः किन र कसको लागि ?
कार्तिक १८, २०८०, शनिबार | विहान ०१:४० बजे | 45
फूल आफैंमा एउटा सुन्दर शब्द हो र यसको सजावटबाट हने आर्कषणबारेमा जानकार नभएको भने सायद कोही नहोला । बर्तमान समयमा त यसको प्रयोग बिश्वभरका अन्तराष्ट्रिय बिमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलाठूला सहर बजारहरु यस्ता पूmलहरुबाट सजावट गरी आकर्षित गर्न होडबाजी नै भएको हुन्छ । जो कोहीले जहाँपाई त्यही यस्तो दृश्य देख्न सकिन्छ । प्लाष्टिकबाट नभई कपडा तथा अन्य पदार्थबाट मित्र राष्ट्र चीनमा उत्पादन हुने यस्ता पूmलहरु बिश्वका सबै देशहरुमा निर्बाद रुपमा बिक्रीबितरण भैरहेको र पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम पूmलहरु प्राकृतिक पूmल भन्दा सयौ गुणा सस्तो पर्ने भएकोले यस्ता कृत्रिम पूmलहरु नेपालको होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा निजी घरमासमेत यस्ता पूmलहरुले सजावट गरेको सर्वबिदित नै छ । नेपालमा पनि देशभर हजारौ ब्यवसायीहरुले यस्ता पूmलहरु ब्यवसाय गरी आफ्नै देशमा रोजगारको श्रृजना गरेकै छन । देशको नीति नियमभित्र रही आयत गर्न ब्यवसायीहरुले राज्यको नीति अनुसार राजश्व र ब्यवसायीहरुले राज्यलाई कर तिरेकै छन् । राज्यलाई कही कतैबाट पनि अहित नहुने र बिश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता पूmलहरुलाई नेपालमा भने अपव्याख्या गरी यस्ता बस्तुहरुमा राज्यले किन र कसका लागि प्रतिबन्ध भएको छ ? नेपाल सरकारसँग सम्वन्धित सरोकारवालाहरुले अनुसन्धान गरी यसको यर्थात रुप जनतासमक्ष ल्याउन जरुरी छ । बिश्वको क्ुनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयतित सामानहरु आफ्नो मुलु्कको लागि अहित हुने देखेमा त्यस्ता बस्तुको आयात तथा बिक्रीमा सम्बन्धित ब्यवसायीहरुलाई एउटा समय सिमा दिएर मात्र रोक लगाउने एउटा सम्मानित नियम नै हुन्छ । तर हाम्रो देशमा देशको नीतिनियमभित्र रही एल.सि.÷टि.टि. को माध्यमबाट आयत भई राज्यलाई भंसार महसुल तिरी ल्याएको सामानहरु पूर्ण रुपमा बिक्रीबितरण र भण्डारणसम्म गर्न नपाउने यस्तो पासविक निर्णय किन र कसको लागि गरेको छ ? यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने यी बस्तुसँग सम्बधित ब्यवसायको माग छ ।
सामान्य रुपमा प्लाष्टिको प्रयोग बिश्वको जुनसुकै मूलुकमा पनि हुन्छ । मानिसले खाने पानीका बोटल वा भान्छामा प्रयोग हुने प्लाष्टिक चम्चा होस, बच्चाहरुलाई दिइने खेलैना किन नहोस् वा हाम्रै दैनिक जीवनमा प्रयोग हुने अधिकान्स बस्तुहरुमा प्लाष्टिको प्रयोग हुन्छ नै । यस्ता बस्तुहरु हाम्रो देशमा पनि निर्वाध रुपमा आयत भएकै छ्न । पूmल पनि त्यस्तो एउटा बस्तु हो जुन कपडाबाट बनेको हुन्छ र त्यसलाई बिभिन्न रुपमा आकार प्रकार दिन अन्य साहायक पर्दाथको प्रयोग गरिन्छ । तर नेपाल सरकारको केही बिभाग तथा मन्त्रालयले बास्तबिक कपडाले बनेको पूmललाई छाँयामा पारी त्यसलाई आकार प्रकार दिनको लागि प्रयोग हुने केही सामान्य पदार्थलाई चाहि बास्तविक बस्तु हो भनी अत्यन्त लज्जास्पद अपव्यख्या हो र त्यस्ता बस्तुको ब्यवसाय बन्द गर्दा एकातिर राज्यलाई आउने राजश्व प्रभावित भएकै छ भने अर्काेतिर यस्ता ब्यवसायी रोजगारको लागि बिदेश पलायनको स्थीतिमा पु¥याइदिएको छ । आखिर राज्य र ब्यवसायीे दुबैको लागि अहित हुने र राज्यस्तरबाट यस्ता ब्यवसाय प्रति कारवाही हुने भनी २०८०÷०७÷०२ मा गृह मन्त्रालयको सहसचिवको सयोजकत्वमा गरेको बैठकको सूचना राज्यस्तरबाट नभई फलोरिकल्चर एसोसिएसन नेपालको प्रेस बिज्ञप्तिबाट अन्य ब्यवसायीलाई जानकारी हुनु शिथिल भएको अहिलेको अर्थतन्त्र र चाडपर्वको मुखमा हुने अनुगमनको नाममा बजार आतंक गरी जरिवाना गर्ने, फलोरिकल्चर ब्यवसायसँग सम्वन्धित सबै ब्यवसायीहरुको मोबाइलमा सरकारी अनुगमन कहाँ र कहिले हुदै छ भन्ने फलोरिकल्चर एसोसिएसन नेपालले आफ्ना ब्यवसायीहरुलाई म्यसेज गरी सर्तक गराउनु यो एउटा संयोग हो या त्यस्ता ब्यवसायी र बिभागको अप्रबृत्र गठबन्धन हो ? यसमा छानबिन हुन आवश्यक भएको महसुस गरेको छौ । दुई तीन दशक अगाडिदेखि आफ्नो चलअचल सम्पत्ति बैकमा धितो राखी बैकलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरु बिक्रीबितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैकको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो ? त्यसको बिकल्प नभएको सम्बन्धित ब्यवसायीहरुको दुखेसो छ । अत राज्यस्तरबाट आम ब्यवसायीप्रति समान ब्यवहार होस भनी यस ब्यवसायसँग सम्बन्धित सबै ब्यवसायीकोतर्फबाट सरकारसँग हार्दिक अनुरोध गर्दछु ।