तिहार एक ः महिमा अनेक
कार्तिक १७, २०८०, शुक्रबार | दिउँसो १२:४३ बजे | 45
सागर गुरागाईं
आफुलाई चीन, आफु भित्रको प्रेमलाई चीन, आफ्नो संस्कृतिलाई चीन र भाइचारा अनि दिदीवहिनीको प्रेमलाई अमर बनाऊ भन्ने सन्देश लिएर प्रत्येक वर्ष आउने तिहारले मखमली फल झैं दीर्घकालीन र अमर सम्बन्धलाई अरू फव्रिmने अवसर प्रदान गर्छ । हृदयमा गढेर रहेको प्रेमलाई सप्तरंगी टीका तथा मखमली मालाले दाजुभाइलाई सिंगार्ने दुबो र तेल कहिल्यै नसुक्ने र कहिल्यै नओइलाउने प्रेम भावको प्रस्तुति हो– तिहार । प्रसन्नता, प्रफुल्लता, आनन्द र शान्तिको छनक दिलाउने शान्ति एवं आनन्द प्रेम र सुमधुर सम्बन्धमा छ र यो चाह्यो भने वर्षैभरि प्राप्त गर्न सकिन्छ भनेर स्मरण गराउने पर्व हो– तिहार । दिदीबहिनी एवं दाजुभाइ बालापनको सम्झना, देउसीभैलो खेलेर, जितेर, खोसेर, लडेर, खेलेर, रमाएर बिताएका क्षणहरूलाई ताजगी प्रदान गर्ने तथा उमेरले खुसी र सम्बन्धलाई छेक्दैन भन्ने आभाष दिलाउने पर्व हो– तिहार । जहा“ प्रेम छ त्यहा“ खुसी छ र जहा“ खुसी छ त्यहा“ जीवन्तता छ । जिउनुको मज्जा छ भन्ने सन्देश दिने पर्व हो– तिहार । कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ति छ भने त्यसको कारण हो, उक्त घरमा दाजुभाइ एवं दिदीबहिनीको सम्बन्ध सुमधुर र प्रेमिल छ । जुन घरमा पारिवारिक प्रेम, आत्मियता र सहयोगी भावना छैन, त्यो घरमा दरिद्रता, गुनासो र अशान्ति बाहेक केहि हु“दैन । सम्पत्ति, सम्मान, पद र समृद्धि त्यतिबेला झल्किन्छ जतिबेला दाजुभाइ, दिदीबहिनीको प्रेम बाआमाले महसुस गर्न पाउनुहुन्छ र उहा“हरुको आ“खाबाट हर्षका अ“ँसु वर्षन्छन् अनि चाउरिएका अनुहारबाट मिठो हा“सो फुत्कन्छ । प्रत्येक पर्व अस्तित्वगत, प्रकृतिगत एवं मानव जीवनमा व्यवहारिक रूपमा वैज्ञानिकता बोकेर आउ“छन किनभने जीवन अस्तित्वको सृष्टि हो र सृष्टिको स्रोत प्रेम हो । जीवन जिउने क्रममा हामी यी महत्वपूर्ण कुराहरूलाई बिर्सिरहेका हुन्छौं । त्यसैले हरेक पर्वले हामीलाई स्व–स्मरणमा पुर्याउ“छन् । यो संसारमा हुन र जिउनुको पछाडि धन, सम्पत्ति र सम्पन्नताले मात्र भूमिका खेल्दैन त्यसको मूल स्रोत के हो त्यसलाई हामीले बिर्सनु हु“दैन । पारिवारिक प्रेम, श्रद्धा र सुमधुर सम्बन्ध नै सबै सृष्टिको स्रोत एवं आधार हो । तिहार त्यस्तै प्रेम सम्बन्ध, संस्कार र आस्था प्रकट गर्ने एउटा प्रतीक हो । जसले हामीलाई द्वन्द्व र भ्रमबाट आनन्द एवं खुसीतर्फको यात्रा गराउ“छ । दीपावली र बत्तीको झिलिमिली केवल कपासको बत्ती र तेलको मिश्रणबाट आउने उज्यालो मात्र होइन हामी भित्रको अन्धकाररूपी रिपुहरूलाई जलाएर ध्यान, प्रेम, शान्ति एवं आनन्दको प्रकाश छरौं भन्ने सन्देश पनि हो । बाहिरको झिलिमिलीले मात्र आन्तरिक प्रकाश जागृत हु“दैन । क्रोध, हिंसा, घृणा, लोभ, मोह, ईष्या, द्वेष, कामना जस्ता अन्धकाररूपी रिपुहरुले जीवनलाई अधोगतितिर लगिरहेका हुन्छन् । भित्रको प्रकाशरूपी उज्यालो अर्थात् प्रेमरूपी, आनन्दरूपी, खुसीरूपी प्रकाश फैलिन भित्रकै अन्धकार तिरोहित गर्न सक्नुपर्छ । हामी जति सम्पन्न र शक्तिशाली भए पनि आफ्नो परिवार, प्रेम, संस्कृति एवं पर्वबाट टाढा भयौं भने धेरै कुराबाट पश्चातापमा पर्छौं । भाइहरुलाई लगाइदिने सप्तरंगी टीकाको रंग वर्षमा एकपटक प्रदान गर्ने निधारको आकर्षण मात्र होइन, सधैं प्रेम, करुणा, प्रसन्नता, प्रफुल्लता, परोपकार, मानवीयता, इमान्दारिता जस्ता सप्तरंगी गुणहरुले भरिपूर्ण हुन सकुन् भन्ने दिदीबहिनीको आशीर्वाद पनि हो । यमपन्चक भरी गरिने सजावट र सरसफाई बाहिरी सफाईको मात्र संदेश होइन आफु भित्रका अवगुणहरूलाई समाप्त गरेर सद्गुणमा बा“च्ने संकल्प गर्नु पनि हो । बाहिरको फोहोर भन्दा अदृश्य रूपमा दुर्गन्धित भएर बसेको मन भित्रको फोहोर बढी हानिकारक हुन्छ । त्यसैले ईष्या, घृणा, लोभ, कामना मोह, हिंसात्मक भावना, बेहोसी, वैरभाव, तनाव, आलस्यता, अपूर्णताको भाव जस्ता दुर्गन्धहरू हटाउनु जरुरी हुन्छ ।
हाम्रा कर्म, सम्बन्ध, संस्कृति तथा पहिचानले हामीलाई हौसला, प्रफुल्लता एवं जीवनको महत्वलाई सकारात्मक रूपमा लिन मद्दत गर्छन् । दिदीबहिनी एवं दाजुभाइको प्रेम तथा सम्बन्धले सबैमा अपनत्वको भावना जागृत गर्छ, सकारात्मक सन्देश प्रदान गर्छ । यस्तै प्रेमभावको सम्बन्ध र संदेशले आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त भएको अनुभूति हुन्छ । हामी जे आर्जन गर्छौ त्यही उपभोग पनि गछौं, जे संग्रह गछौं बेला मौकामा तिनै सम्पदाले काम गर्छन् । त्यसैले के आर्जन गर्ने हामी आफैंमा भर पर्छ । प्रेम, करुणा, सद्भाव, ध्यान, साधना र मधुरताले हृदयलाई झंकृत गरिदिन्छ र हामीलाई आफ्नो कर्म र सम्बन्धप्रति सजग हुन मद्दत पु¥याउ“छ । सकारात्मक र प्रेमपूर्ण व्यवहारले कसैलाई पछुतोमा लादैन तर हाम्रो नकारात्मक भाव र सम्बन्धले पछुतोमा लगिरहेको हुन्छ । दुर्गुणरूपी अन्धकार मानिसको स्वभाव हु“दै होइन । सद्गुणको अभाव नै जीवनमा झेल्नपर्ने अभाव र दुर्गुणको कारण तथा परिणाम हो । तिहार जस्तो पर्वमा संस्कार, संस्कृति, अनुशासन, मानवीयता, जागरुकता र पूर्णताको अनुभूति मिल्छ किनभने उत्सवको वातावरणमा हामी सबै रिपहरू र अन्धकारबाट टाढा रहन्छौं अनि स्वयंमा स्थिर हुन्छौं । जब हामी स्वयंमा स्थिर हुन पुग्छौं, तब हामी मस्तिस्कबाट चल्दैनौं, आन्तरिक प्रेरणाबाट प्रवाहित हुन्छौं । बाहिर समस्या मात्र छन् भने आन्तरिक प्रेरणाले समाधानको उपाय पनि बताइरहेको हुन्छ । मौनता, तिहारले अखण्डित र पुनर्मिलनको अर्को सन्देश पनि दिइरहेको हुन्छ । दीपावली र भाइटीकाले जगाउन खोजेको आफूभित्रको प्रकाश, आपसी सहयोग, भाइचारा, स्वाभिमान र सम्मान जस्ता चिन्तनले भौतिक विकासको मात्र प्रतिनिधित्व गर्ने होइनन् यसले आफ्नो उद्देश्य, कार्यकुशलता, आत्मविश्लेषण, होस र बोधलाई समेत समेटेका हुन्छ । वर्षमा ५ दिन मनाइने तिहारले १५ दिन मात्र खुसी रहने सन्देश दि“दैन । तिहारको उमङ्गले अरु बढी जागरुकता, उत्साह र उत्प्रेरणा मिलोस, अनि बा“की ३६०, दिन पनि त्योहार (तिहार) बनोस् बन्ने सन्देश दिन्छ । ५ दिन घर सफा र उज्यालो बनाएर मात्र होइन, वर्षैभरी घरमा प्रेमको, होसको, सद्भावनाको र ध्यानको दीप बल्न सक्यो भने हाम्रो उद्देश्य पूरा हुनेछ । पर्वको उमङ्गले ल्याउने ईष्या रहित, घृणा रहित सदभावलाई सभ्य, सु–संस्कृत, मर्यादित र प्रेमील भएर आफ्नो आन्तरिक प्रतिभा र सम्पदा उजागर गरी कल्याणकारी कार्यमा लाग्ने प्रेरणा जागत भए जीवन सधैं उत्सवमय हुन्छ ।
तिहार स्वच्छ र सफा मौसम, फुलैफुलको मौसम, खुसी र रमाइलो वातावरण तथा सद्भाव र मित्रताका कारण अरू समयमा पूनि यी गुणहरू कायम रहनु भन्ने पुनस्मरणको अवसर हो । पाखाभरी गाइतिहारे फुल्ने, खेतका डिलभरी सयपत्री फक्रिने र गराका कुनाभरि मखमली फल्ने मौसम तिहारमा सबैको मनमा हर्षोल्लास छाएको हुन्छ । देउसीभैलोको माध्यमबाट साथीभाइको रमाइलो र लोक संगीत अनि, घर छेउको चौरमा हालिएको रोटे पिंग र लिंगे पिंग, औंसीको रातमा पनि बत्तीको झिलिमिलीले प्रदान गर्ने प्रकाशमय वातावरण सबै जीवलाई सकारात्मक र हर्सोल्लासकासाथ बा“च्न प्रेरित गर्ने माध्यम हुन् । तोरण उन्न, माला गाँस्न र रंगोली बनाउन व्यस्त हु“दा सबैमा कामप्रतिको उत्तरदायित्व र काम पूरा गर्न दत्तचित्त भएको देख्दा सबैलाई रमाइलो आभाष हुन्छ । कति मौलिक छ, कति पारिवारिक र आनन्दमय छ तिहार । त्यसैले त जीवन आपाधापी होइन उत्सव र प्रेमको संगम हो भनेर व्याख्या गर्न मन लाग्छ । यस्तै क्रियाकलापले हामीमा श्री भौतिक सुविधा मात्र होइन आध्यात्मिक चेतना पनि छ भन्ने बोध गराउँछ र हाम्रा कर्म एवं भावहरु ह्ृदयस्पर्शी हुन थाल्छन् । यद्यपि यो पर्वले दिने सन्देशलाई आत्मसात गर्न सकिएन भने त्यसलाई दुर्भाग्य नै मान्नुपर्छ ।
जीवित ग्रन्थ
जो किताब पढेर ज्ञान प्राप्त गर्छन्, ती शिक्षक बन्छन् । जो बालबालिकालाई पढेर ज्ञान प्राप्त गर्छन्, ती शिक्षाशास्त्री बन्छन । शिक्षाशास्त्रीका निम्ति हरेक बालक एउटा सार्थक, अद्धितीय र जीवित ग्रन्थ हो ।
सच्चा स्कुल घर
आफूले जस्तो आचरण गरे पनि आफ्ना सन्तानलाई चाहि“ सुसंस्कृत बनाउन सक्छौ भने कुनै बाबुआमाले ठान्छन् भने ती ठुलो भूल गरिरहेका हुन्छन् । आमाबाबु र घर नै संसारका सबैभन्दा ठूला र शक्तिशाली स्कूल हुन् । घरमा बिगारिएका बालकलाई विद्यालय र शिक्षकले त के, भगवानले पनि सुधार्न सक्दैनन् ।
हाइकु
पाठ योजना, घरभरिको काम, थकाइ मारौं । सबै उत्तीर्ण, गुणस्तरको खेती, डलर फल्छ् । ज्ञान उद्य, हु“दै गरोस् कतै, पुरानै कथा । राहत गुरु, कस्तो फोहोरी शब्द, पीडित चेला । पिडित गुरु, दरबन्दीको भेल, जागिर खाउ । देशको शिक्षा, के भन्छन् अरुले, देश ओखर । फेल विद्यार्थी, अल्छी गुरुको फल, उत्तीर्ण आफैं । विशिष्ट श्रेणी, टहकिलो प्रमाण, हैन वैशाखी । अयोग्य गुरु, व्यवस्थापन नेता, हाम्राको भर्ती । स्थायी शिक्षक, निदाउ“छ कुर्सीमै, पेन्सन मोह । कुराको खेती, चिच्याउ“छ जोडले, जानेकै त्यत्ति । लौन हजुर, परिवर्तन रोजौं, भालु पुराण ।
उहा“ सर ः उहा“ सरको ग्रहदशा नै राम्रा,े उहा“ सरको शक्ति र प्रभाव नै ठूलो, उहा“ सरको नाम नै डरलाग्दो, त्यही भएर त, वर्षमा ६ महिना खुल्ने विद्यालयमा, उहा“ सर एक महिना पनि झुल्किनु हुन्न, गर्मीमा शीतल बस्नुहुन्छ, जाडोमा घाम ताप्नुहुन्छ , विद्यालय आए पनि उहा“ सरले पढाउनै पर्दैन, तर के गर्नु । जति नआए पनि उहा“ सरकै बिदै सकिदैन, प्र.अ., जि.शि.अ., प्र.जि.अ. सबै, उहा“ सरको नाता नपर्ने कोही छैन, उहा“ बहुमुखी प्रतिभा, सरकारी पार्टीको उहा“ सक्रिय कार्यकर्ता, विद्रोही पार्टीको उहा“ खु“खार सदस्य, त्यसैल त, बढुवा हुने उहा“ सर नै, सम्मान पाउने उहा“ सर नै, अभिनन्दन थाप्ने, उहा“ सर नै, किताब कहिल्यै नपल्टाए पनि, कक्षा कहिल्यै नपसे पनि, यो राष्ट्रको भविष्य निर्माता, गुरुबह्रमा गुरु विष्णु..., उहा“माथि नै साराको भर, साह्रै गतिलो उहा“ सर ।