ख्वप अस्पताललाई किन वदनाम गर्न खोज्दैछन् ?
कार्तिक १६, २०८०, बिहीबार | विहान ११:५५ बजे | 55
नितु मेरो पनि साथी हो । नितुको निधनले मलाई मर्माहित बनाएको छ । तर विभिन्न अस्पताल हुँदै पाटन अस्पतालमा मृत्यु भएकोलाई दोष किन ख्वपलाई ? ख्वप अस्पताल निर्माण गर्न सबै नगरबासीहरुको रगत पसिना परेको छ । यस्तो ख्वपलाई झुटो आरोप लगाइ बद्नाम गर्ने अधिकार कसैलाई छैन् र डाक्टरहरुले सबै बिरामीलाई बचाउने कोसिस गर्छन् । आफ्नो छोरीको निधन भएको भरमा जथाभावी लेख्ने र प्यास लाग्यो भनेर विष पिउने कार्यले आफैलाई नोक्सान गर्छ र मृत्युवरण समेत हुनसक्छ ।
ख्वप अस्पताल जनताको अस्पताल हो । त्यस्तो अस्पताल प्रति जो कोहिले जथाभावी लान्छाना लगाई बद्नाम गर्ने र एउटा प्रादेशिक अस्पताल सरह सेवा दिई रहेको अस्पताल अथवा गरिब निमुखा जनताको सेवामा समर्पित ख्वप अस्पताल दैनिक छ सात सय जना विरामीहरुको सेवा गरी ख्याती कमाइ रहेकोले निजि अस्पताल संचालकहरुको उक्साहत र राजनीतिक रुपले सच्चा कम्युनिष्टहरुको बद्नाम गर्न शासक दलका पार्टीहरुको भुमरिमा परेर मृतकका आमा, बुबा र दिदी लागि परेको अनुभव भयो । साथै मृतकका बुबा, आमा र दिदी पनि उक्त पार्टीका कार्यकर्ता भई रहेकोलाई वितृष्णा जगाई शासक पार्टीमा तान्ने दाउपेच समेतको गन्ध आएको मलाई महसुस भयो र लास माथि राजनीति गर्न खोजेको महशुस भयो । यसमा निजको मामा आफुलाई चैते माओवादी भन्न रुचाउने हरिराम लवजुको भूमिका विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा ख्वपको बद्नाम गरेबाट प्रष्ट हुन्छ ।
भनपा ८ बस्ने वर्ष २१ कि नितु दुवालको मृत्युबारे केही सामाजिक सञ्चालककर्ताहरुले ख्वप अस्पतालको बद्नाम गर्न निकै प्रयत्न गरेका देखिन्छन् । विशेषगरी मृतककी मामा भनाउँदा हरिराम लवजूले भदौ ३१ गते आफ्ना भान्जीको ‘ख्वप अस्पतालमा मृत्यु भएको’ भनी झुट समाचार सम्प्रेषण गरेको कारण धेरैलाई भ्रम पर्न गएको थियो ।
यसबारे सत्यतथ्य बुभ्mने क्रममा सम्बन्धित अस्पताल र चिकित्सकहरुसँग सोधखोज गर्ने क्रममा नितु दुवालको मृत्यु पाटन अस्पतालमा भएको प्रष्ट भएपछि लवजूले नियोजित रुपमै ‘ख्वप अस्पतालमा मृत्यु भएको’ भनी अस्पतालको बद्नाम गर्न झुटो कुरा प्रचार गरेको देखियो । नितुको मृत्युको दिनमा पनि हनुमानघाटमा निजका मामा हरिराम लवजुले यहाँ ख्वपको कोहि छ । छ भने अगाडि नबस्नु काट्दिन्छु समेत भन्न भ्याए । राजनीतिक विचार नमिले कै भरमा राजनीतिक पूर्वाग्रह राखेर जथाभावी धम्काउने जथाभावी कराउने अधिवक्ता जस्तोलाई सुहाउने कुरा होइन जस्तो लाग्छ ।
नितु ख्वप अस्पताल आउनु अगाडि धुलिखेल अस्पतालमा डण्डिफोरको लागि देखाएर औषाधि सेवन गरिरहेको आफन्तबाट समेत सुनियो । त्यहा“ उपचार गर्दागर्दै कम नभएकोले त्यहा“का डाक्टरले ख्वप मै राम्रो डाक्टर छ । यति टाढा किन आउने भनेर धुलिखेलको डाक्टरको सुझाब अनुसार ख्वपमा पनि उपचारको लागि गई त्यहा“ पनि निको नभएपछि मात्र विभिन्न अस्पतालमा गई अन्तमा पाटन अस्पतालमा निधन भएको देखियो ।
ख्वप अस्पतालमा डण्डीफोर रोगका कारण असार २२ गते पुगेको, त्यसपश्चात साउन २ गते फलोअपमा त्यहीं गएको अस्पतालको रेकर्डले देखाउँछ । त्यतिबेला केही ज्वरो आएको देखिएकोले सम्बन्धित चिकित्सकले ज्वरोको औषधी दिएको देखाइएको छ । त्यसपछि साउन १२ गते इमर्जेन्सीमा ल्याइएको बिरामीलाई टाइफाइड हुनसक्ने आशंका गरी अस्पतालमै रहन पटक—पटक चिकित्सकहरुले अनुरोध गर्दा समेत नमानी आफ्नो परीक्षा भएको कारण देखाइ दिउँसो २ बजे अस्पताल पुगेको बिरामी ३ः४० मा अस्पतालबाट फिर्ता गएको समेत अस्पताल रेकर्ड र त्यहाँका चिकित्सकहरुको भनाइ छ ।
साउन १४ गते पुनः बिरामी इमर्जेन्सीमा ल्याइएकोलाई भर्ना साउन १७ गतेसम्ममा सामान्य भइसकेपछि साउन १७ गते डिस्चार्ज गरिएको र पुनः १८ गते इमर्जेन्सीमा ल्याइ २१ गतेसम्म उपचार गरिएकोमा बिरामीको आफन्तको अनुरोधमा अन्य अस्पतालमा रिफर गरेको देखिन्छ । साउन २१ देखि २५ गतेसम्म अन्य अस्पतालमा भर्ना रहेकै क्रममा साउन ३२ गते रगत जाँचको क्रममा पुनः निज बिरामीको नाम अस्पतालको रेकर्डमा भेटिन्छ ।
तत्पश्चात पाटन अस्पतालमा भर्ना रहेकै बखत भदौ ३१ गते निजको दुःखद् निधन भएको देखिन्छ ।
यसरी १ महिना १० दिन अगाडि नै बिरामीको आफन्तले आफै रिफर मागेर विभिन्न अस्पतालहरुमा गएको बिरामीलाई ख्वप अस्पतालमा मृत्यु भयो र ख्वपको लापरबाही भनेर अस्पतालकै बद्नाम गर्न खोज्यो । त्यसको कारणहरु के के हुन सक्छन् ?
१) लवजु मृतककी मामा हुन् । उनी निजी अस्पतालका कानुनी सल्लाहकार पनि हुन् । निजी अस्पतालको तलबमा बाँचेकाहरु सरकारी अस्पतालहरु राम्रो भएको चाहँदैनन् । भक्तपुर अस्पताल र ख्वप अस्पताल राम्रो हुँदै जानु उसको स्वार्थ विपरीत हुने नै भए ।
२) लवजू राजनैतिक रुपले फरक विचारको हुँदा भनपा र नेमकिपाको नाम सुन्नै नचाहने व्यक्ति हुन् । उनी चानपा पर्ने इथुलीमा ख्वप विश्वविद्यालय स्थापनाको कुरा उठ्दा विरोध गर्ने मध्येका एक हुन् । सहकारी र घरजग्गाको कारोबार गरी प्रशस्त सम्पत्ति जोडेका उनी बद्नाम व्यक्ति पनि हुन् ।
३) ख्वप अस्पतालबाट रिफर लिएर काठमाडौं स्थित बी.एण्ड.बी. अस्पतालमा भर्नारत रहँदा ‘चिकित्सकहरुले प्रगति भइरहेको छ, केही दिन अझै भर्ना गर्नुपर्छ भनी अनुरोध गर्दागर्दै’ लवजूकै सल्लाहबमोजिम विदेश जान अन्तरवार्ता दिनुपर्छ भन्ने बहानामा अस्पतालबाट डिस्चार्ज गरेको भन्ने बुझ्न आएको छ । उनैले बिरामीलाई मोटरसाइकलमा राखेर ल्याउँदा ‘पानीले रुझेको’ समेत प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
४) बिरामी व्यक्ति विदेश जान उचित हुँदैन भनी चिकित्सकहरूले सम्झाउँदा समेत डिस्चार्ज भएको बिरामी केही दिनपछि नागरिक आरोग्य अस्पतालमा छालाको रोगको उपचार गराएको रेकर्डले देखाएको छ ।
५) त्यसपछि पनि रोग निको नभएपछि पाटन अस्पताल भर्ना गरेको र त्यहीं मृत्यु भएको देखिन्छ ।
यस्तो घामजस्तै स्पष्ट कुरामा पनि ख्वप अस्पताललाई दोष देखाउन मरिमेटी लागेका छन् ।
ख्वप पछि तीनवटा अस्पतालमा उपचार गर्दा पनि निको नभएको बिरामीबारे जथाभावी लान्छना लगाउनु के गैरजिम्मेवार होइन ? एकजना वकिलको लागि सुहाउने विषय नै होइन । गल्ती गर्नेले छुट पाउनुहुन्न । त्यो कुन अस्पतालकोगल्ती हो सोधखोज हुनुपर्ने होइन र ? त्यसरी सरकारी संस्थाप्रति जनविश्वास घट्नेगरी झुटो प्रचार गर्ने व्यक्तिलाई के कारबाही हुन्छ ? त्यो पनि जनता जान्न चाहन्छन् ।
सत्य बोल्ने एक्लो पर्न सक्छ । तर सत्यको पक्षमा सधैं कलम चलाउन कोहि पनि डराउनु हुँदैन् । सुकरातले विष पिए तर सत्य बोले । पृथ्वी चेप्टोलाई गोलो भनेर सत्य सावित गरे तर मृत्यु अंगाले बैज्ञानिकहरुले । त्यसैले जनता सत्यको पक्षमा सारा जनताले आवाज उठाउने छ र भ्रम चिर्नेछ । एक दिन सत्यको विजय हुनेछ ।
सृजना श्रेष्ठ, भनपा ९