झीगु ख्वप शीर्षकमा तीनदिने फोटो प्रदर्शनी हुने
कार्तिक १२, २०८०, आइतबार | विहान ०५:०९ बजे | 15
भक्तपुर । भक्तपुरका नयाँ पुस्ताका अति सक्रिय, कृयाशील र समर्पित बरिष्ठ फोटोग्राफर र किपाग्राफी भक्तपुरका संस्थापक अध्यक्ष्य सुरेशराज शाक्यको एकल फोटो प्रदशर्नी हुन लागेको छ । भक्तपुरको लामगालस्थित सरस्वती बिद्यागृह स्कूल कमलविनायकसँगै रहेको भोकस्नल एकेडेमीमा हुन गइरहेको प्रदर्शनीमा श्याक्यद्धारा बिभिन्न समयमा भक्तपुरमा खिचिएका फोटोहरु समावेश हुने उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा सम्पदा, संस्कृती, दैनीक जीवनी, र बिभिन्न स्थानका गरी चार वटा शीर्षकमा ८० देखि ९० वटा फोटो प्रदर्शनीमा राखिने छ । कार्तिक १६ गते उद्घघाटन हुने प्रदर्शनी कार्तिक १७ गते देखि १९ गतेसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ ।