साइकल संस्कृतिको पुनर्जागरणतर्फ भक्तपुर


असोज ३०, २०८०, मङ्गलबार | विहान ०१:५५ बजे | 50


साइकल संस्कृतिको पुनर्जागरणतर्फ भक्तपुर

सुमित बाला
पुरातण वास्तुकलाले सम्पन्नशाली तथा सांस्कृतिक गतिविधिले सदैव जीवन्त शहर भक्तपुरमा, तीन वर्षअघि स्थापना भएको साइकलप्रेमीहरूको समूह ( साइकल कनेक्ट भक्तपुरले समुदायको सहभागिता सहित एक उर्जाशील समुहको रूपमा आफ्नो गतिविधीहरू अगाडी बढाइरहेको छ। निक्कै नै गतिशिलताका साथ दुई वर्ष पार गरेको साइकल कनेक्ट भक्तपुरले २०८० सालको पहिलो खण्डको अन्त्यमा आइपुग्दा आफ्ना गतिविधीहरू मार्फत यो संकेत गर्ने प्रयास गरिरहेको छ कि यो समुह केवल साइकल चलाउनेहरूको झुण्ड मात्र नभइ भक्तपुरको सांस्कृतिक र सामाजिक परिवेशको पुनरुत्थानको अध्यायमा कोशेढुंगाको  रूपमा पनि स्थापित हुन खोजिरहेको छ। 

साइकल गतिविधीको एक सक्रिय यात्रा
नव वर्षको शुरुवाटसगैँ वैशाखमा आयोजना भएको २१ दिने साइक्लिङ च्यालेन्जको दोस्रो संस्करणको सफलतासँगै यस समुहको गतिविधीको पांग्रा वर्षको शुरुमै घुम्न थाल्छ। यस पृथक कार्यक्रम मार्फत साइकललाई दैनिक प्रयोगको साधन बनाउन उत्प्रेरणा दिने हेतुले विभिन्न रोजक प्रतियोगिता तथा खेलमार्फत सहभागीहरूलाई हौसला प्रदान गरिन्छ। 
आफ्नो प्रतिबद्धतालाई एक कदम अगाडि बढाउँदै समुहले जेठ महिनालाई समुदायमा महिला सशक्तिकरणका लागि समर्पित गरेको थियो । समुदायको सहभागिता मार्फत ूसाइकलिङ मैँचाू कार्यक्रम मार्फत ७० जना युवती तथा महिलाहरूलाई निःशुल्क साइकल चढ्ने प्रशिक्षण प्रदान गरियो। यसबाट समावेशीतालाई बढावा दिँदै र साइकलिङ क्षेत्रमा न्युन रहेको महिला सहभागितालाई बढाउने उदेश्य राखेको थियो। यसबाहेक, ूसाइकलिङ मैंचाू को प्रभाव साइकलिङ क्षेत्रमा मात्र नभइ व्यापक समुदायमा नै देखिएको स्पष्ट छ। यी युवतीहरूले साइकल चलाउने आत्मविश्वास प्राप्त गरेपछि अन्य महिलाहरूको लागि पनि उदाहरण बनेका छन्। यो पहल साइकलिङ गतिविधि भन्दा माथी उठेर सामाजिक परिवर्तनको लागि उत्प्रेरक बनेको छ, जसबाट समुदायको समग्र उत्थानमा योगदान गर्न सक्ने सशक्त व्यक्तिहरूको नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ। 

कोरा भक्तपुरस् एक अद्वितीय साइकलिङ अनुभव
असार र मनसुनको आगमनसँगै, साइकल कनेक्ट भक्तपुर “कोरा भक्तपुर”को तेस्रो संस्करणको लागी तयार भयो। यो एक साहसिक साइकलिङ अनुभव हो जसले सहभागीहरूको साइकल कौशल र पराक्रमको मात्र परिक्षा लिएन( यसले एकै दिनमा पूरै भक्तपुर जिल्लाको परिक्रमा सहित भक्तपुरको सांस्कृतिक, भौगोलिक र सामाजिक जीवन शैलीमा भएका विविधताको मिठो संयोजनले सहभागीहरूलाई रोमाञ्चित बनाइदिन्छ। साइकल केनक्ट भक्तपुर यस कार्यक्रम मार्फत एक प्रेरक शक्ति बनेको छ, जसले नेपालभरबाट सहभागीहरूलाई आकर्षित गर्दै साइकल चलाउनको लागि भक्तपुरलाई एक उत्कृष्ट साइक्लिङ गन्तव्यको रूपमा स्थापित गरेको छ। कोरा भक्तपुर २०२३ ले साइकल मैत्री  भावनालाई मात्र होइन यसले रचनात्मक प्रतिक्रिया, गुणात्मक बृद्धि र सामुदायिक संलग्नताको प्लेटफर्मको रूपमा पनि आफुलाई उभ्याउन सफल रह्यो। यस कार्यक्रम पश्चात प्राप्त सुझावहरू भविष्यका संस्करणहरूलाई परिष्कृत गर्न र सहभागीहरूलाई  अझै गहन अनुभव प्रदान गर्न महत्त्वपूर्ण हुनेछ। भक्तपुरलाई साइकल पर्यटनको गन्तव्य बनाउन कोरा भक्तपुरको महत्वपूर्ण योगदान रहनेछ।

दिगोपनको अभ्यास र सम्पदा र संस्कृति को प्रवर्द्धन को लागी अभियान
श्रावण महिनामा साइकल कनेक्ट भक्तपुरले एक जलवायु परिवर्तनसम्बन्धी सेमिनारमा सहभागी भएर दिगो विकासको चाहनालाई थप सबल बनाउने प्रयास गर्यो। आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै, ूजलवायु परिवर्तन रोकथामका लागि समुदाय आधारित मोडालिटी ूको कार्यपत्र प्रस्तुत गरेर संस्थाले दिगोपनप्रति आफ्नो झुकावलाई स्पष्ट पारेको छ।
त्यसैगरी भाद्रमा थिमी( ख्वप सांस्कृतिक साइकलिङ यात्राले यस क्षेत्रको सांस्कृतिक धरोहरहरूलाई नयाँ पुस्ता माझ परिचित गराउने प्रयास गरेको छ। भक्तपुरमा मनाइने विश्वप्रख्यात पर्व गाईजात्रा अगाडी गरिएको यस कार्यक्रमले थिमी र ख्वपका महत्वपुर्ण सांस्कृतिक सम्पदाहरूको अवलोकन भ्रमण सहित भावी पुस्तालाई आफ्नो सम्पदा प्रति उत्साहित गर्न साइकल कनेक्ट भक्तपुर एक गतिशील मञ्चको रूपमा उभिने जमर्को गरेको छ।
दशैंको आगमनसगँ सगैं भक्तपुर नेपाल भाषा साहित्य तःमुंज्याको लागि पनि चहलपहल शुरू हुन्छ। यसै सन्दर्भमा तःमुंज्याको प्रवर्धन तथा प्रचार प्रसारको लागी आयोजित बाजागाजा सहितको साइकल र्यालीले भक्तपुर, मध्यपुरथिमि, नागदेश, बसन्तपुर ९काठमाडौं०, पाटन, सिद्धिपुर र लुभुका मल्लकालीन बस्तीहरूलाई ४० किलोमिटर लामो जुजु साइकल सर्किटद्वारा जोडेर साइकल कनेक्ट भक्तपुर सम्पदालाई र साँस्कृतिक प्रवर्द्धनमा एक मान्यता प्राप्त साझेदारको रूपमा स्थापित गर्दै साइकल संस्कृतिको विस्तार गर्न यो कार्यक्रम सफल भएको छ। यसबाट साइकल संस्कृतिको झुकाव बृहत रूपमा विस्तारित हुदैँ जानेछ। पक्कै पनि यो सकारात्मक प्रभावले समुहको उदेश्य प्राप्तीमा हौसला थपिनेछ। 

सामुदायिक संलग्नता र सामाजिक प्रभाव
साइकल केनक्ट भक्तपुरको प्रभाव साइकलभन्दा बाहिर समुदायको मन र मष्तिस्कमा फैलिने क्रममा छ। “साइकन विकली” र “फ्रेश फ्राइडे” जस्ता नियमित कार्यक्रमहरूले भक्तपुरका साइकल प्रेमीहरूमा एकता र आफ्नोपनको भावना जगाउन सफल भएका छन्। यस प्रकारका नियमित कार्यक्रमहरूले संस्थालाई गतिशीलता प्रदान गर्दै सहभागीहरू माझ भाइचाराको अभिवृद्धी गराउँदछ। साथै विरलै घुमिने आफ्ना र वरिपरी जिल्लाका कुना काप्चा र यस भित्रका विषेशता बुझ्ने अवसर पनि प्रदान गरेको छ। त्यसैगरी साइकलिङ मैँचा जस्ता पहलहरूले महिलाहरूलाई मात्र सशक्त बनाउँदैन यसले त एक बलियो र अन्तर( सम्बन्धित समुदाय निर्माण गर्न पनि योगदान गर्दछ भन्ने हाम्रो बुझाई छ।

साइकल संस्कृतिको पुनरुत्थान तर्फ भक्तपुर
भक्तपुरवासी माझ साइकल संस्कृति र यसको सकारात्मकता प्रति विश्वास सुढृद गर्दै भक्तपुरलाई साइकल प्रेमीहरूको गन्तव्यको रुपमा नियमित कार्यक्रमहरु मार्फत अवसरहरूको सृजना गर्दै स्थानीय अर्थतन्त्रमा पनि योगदान गर्न सकिने कुरामा विश्चास दिलाउने प्रयासहरू भएका छन्। व्यवस्थित प्रयासहरू गर्दै अगाडी बढ्ने हो भने साइकल यात्राको लागि आउने स्थानीय र विदेशी पर्यटकहरूले जिल्लाको विभिन्न स्थान भ्रमण गरी स्थानीय व्यवसायहरूलाई टेवा पुर्याउने र आर्थिक वृद्धिमा योगदान पुर्याउन सक्छन् भन्नेमा धेरैले विश्वास गर्नुभएको छ। यसबाहेक, साइकल कनेक्ट भक्तपुरको पैदल र पेडल मैत्री शहरप्रतिको प्रतिबद्धता भक्तपुरमा जनकेन्द्रित विकासलाई अगाडी बढाउने प्रयासहरूसँग मेल खान्छ र यसले हाम्रो प्रयासलाई थप सशक्त बनाउनेमा हामी ढुक्क छौं। 

उदेश्य तर्फको निरन्तर प्रयास
एक स्पष्ट उदेश्य सहित अगाडी बढ्दै गर्दा साइकल कनेक्ट भक्तपुर साइकल समूहमा र यो समुहको प्रभाव साइकल ट्र्याकमा मात्र सिमित भने छैनस यसले आफूलाई सकारात्मक परिवर्तन र सामुदायिक पुनरुत्थानको प्रेरक शक्तिको रूपमा स्थापित गरेको छ भन्ने हाम्रो बुझाइ छ। हाम्रो प्रयासले भक्तपुर एक समृद्ध सांस्कृतिक सम्पदा भएको शहरको रूपमा मात्र नभई सक्रिय नागरिकहरूको अथक प्रयासले सुसजित एक जीवन्त र दिगो समुदायको रूपमा उभिन्छ भन्ने आशा छ। साइकल सम्बन्धित गतिविधिहरूमा समुदायको सक्रिय संलग्नताले स्वस्थ र वातावरण मैत्री जीवनशैलीलाई मात्र प्रवर्द्धन गर्दैन तर त्यहाँका बासिन्दाहरूबीच एकताको भावना पनि बढाउँछ। भक्तपुरबाट साइकल कनेक्ट भक्तपुरले साइकल संस्कृतिको पुनर्जागरणको बाटोमा अगुवाइ गरिरहँदा, सकारात्मक परिवर्तन र दिगो विकासलाई बढावा दिन समुदायको नेतृत्वमा गरिएका पहलहरूको परिवर्तनकारी सम्भावना देखाउँदै नेपालका अन्य शहर र जिल्लाहरूको लागि पनि साइकल कनेक्ट भक्तपुर एक बलियो उदाहरण बन्ने आशा गर्दछौं।

Comments