भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना काठमाडौंमा


असोज १६, २०८०, मङ्गलबार | विहान ०५:५३ बजे | 25


भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना काठमाडौंमा

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंको संयुक्त आयोजनामा दुरदर्शन श्रेणीकी भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा ३ सदस्य कथक नृत्य समुहद्वारा कथक नृत्यहरुको प्रस्तुति रहने "Kathak Dance Recital" कार्यक्रम काठमाडौंबाट शुभारम्भ हुने भएको छ ।

Kathak Dance Recital कार्यक्रमको पूर्वसंध्यामा  कुलपति निशा शर्माले नृत्य प्रस्तुति दिने कलाकारहरूसँग भेट गर्नु  भएकाे छ । उक्त भेटका क्रममा कार्यक्रममा हुने नृत्य प्रस्तुतिहरूकाे बारेमा चर्चा गरिएकाे थियाे । कलाकार रञ्जना फड्केले  भारत र नेपाल साँस्कृतिक र धार्मिक रूपले  समान रहेकाे बताउँदै नेपालमा अाफ्नाे प्रस्तुति दिन पाउँदा खुसी लागेकाे बताउनु भयाे ।


विगत तीन दशकदेखि शास्त्रीय नृत्य कथकमा सक्रिय मुम्बई, भारत निवासी प्रतिष्ठित कथक नृत्य कलाकार रञ्जना फड्के नेतृत्वको ३ सदस्य टोलीले नेपालका तीन स्थानमा कथक नृत्यको प्रस्तुतिहरु दिने कार्यक्रम रहेको छ । नृत्य कलाकार रञ्जना फड्केलाई उहाँका शिष्यद्वय सुरवी र रसिकाले नृत्यमा साथ दिनुहुनेछ । 

कार्यक्रमको पहिलो प्रस्तुति १६ गते राष्ट्रिय नाचघरमा, दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ ।


Comments