लिवालिको बाजा समूहको पदाधिकारीका लागि निर्वाचन ः अध्यक्षमा सबिन निर्वाचित


असोज १३, २०८०, शनिबार | दिउँसो ०२:५८ बजे | 45


लिवालिको बाजा समूहको पदाधिकारीका लागि निर्वाचन ः अध्यक्षमा सबिन निर्वाचित

भक्तपुर । निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । लिवालीस्थित शनिबार भएको प्रथम अधिवेशन २०८० बाट लेबाको अध्यक्षतामा ४१ जनाको नयाँं कार्यससमिति गठन भएको हो । यसभन्दा पहिला प्रतिस्पर्धी धिमे बाजा प्रशिक्षक उगेन बोयजुलाई हराउँंदै सविनले विजयी भएका थिए । यसअघि पनि पराजित उगेन अध्यक्ष थिए ।
दुईवटा बाहेक अरु सवै पदका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट उपाध्यक्षमा विराज लोहला, सचिवमा प्रिजेन्ट कर्माचार्य, सहसचिवमा रेहान दुवाल, कोषध्यक्षमा उमेश कर्मचार्य, सहकोषाध्यक्ष रोशन खयामली निर्वाचित भए । प्रतिस्पर्धीहरु क्रमश उपाध्यक्षमा रुपेश श्रेष्ठ र सचिवमा राजन लिबीलाई हराउँंदै उनीहरु विजयी भएका थिए । सहसचिव रेहान दुवाल र कोषध्यक्षमा उमेश कर्मचार्य सर्वसम्मत भएका थिए । सह कोषाध्यक्षमा रोशन खयामली निर्वाचित भए । उनको प्रतिपक्षमा रञ्जित  .... रहेका थिए ।
निर्वाचनबाट सल्लाहकारमा निओ फ्युजना स्कुल अफ कम्प्युटरका संचालक बालकृष्ण बनमाला, नवदुर्गा धिमे बाजा समूहका अध्यक्ष लक्ष्मीप्रसाद बनमाला, किसन दुकछु छानिएका छन् । कार्यसमितिका बाकी ३२ जना सदस्य रहेका छन् । 
निओ फ्युजना स्कुल अफ कम्प्युटरको स्थापना २०७५ सालमा भएको थियो । यसले २०७६ सालदेखि निरन्तर रुपमा सक्रिय भएर काम गरिरहेको छ । यसले ४ चोटी धिमे बाजा प्ररिक्षण, २ पटक धाँ बाजा र १ पटक पछिंमा बाजाको प्रशिक्षण दिइसकेको छ । 
सल्लाहकार बालकृष्ण बनमालाले विभिन्न कार्यक्रमहरु गर्दै लैजाने बताए । नयाँ कार्यसमितिले आफैं सम्पदा पदयात्रा गर्ने, विविध कार्यक्रममा सहभागी हुने, अन्य प्रतियोगितामा सहभागी हुने जनाए । साथै बनभोज कार्यक्रम प्रस्ताव गरी बनभोज गर्ने योजना रहेको बताए । यसवर्ष नीतिगत रुपमा बाजा समूहलाई नगरपालिकामा दर्ता गर्ने योजना रहेको बनमालाले बताए । त्यस्तै कार्यसमिति दुई वर्षमा निर्वाचन हुने उनले सुनाए । 

फाेटाेमा हेर्नुहाेस्...

लिवालिको बाजा समूहको पदाधिकारीका लागि निर्वाचन ः अध्यक्षमा सबिन निर्वाचित
लिवालिको बाजा समूहको पदाधिकारीका लागि निर्वाचन ः अध्यक्षमा सबिन निर्वाचित

Comments