जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला


असोज १३, २०८०, शनिबार | विहान १०:४८ बजे | 60


जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला

महेश सिंह
सिरहा लहान १३ असोज -समाजवादी महिला संघ नेपालद्वारा सिरहाको लहानमा भब्य जितिया पर्वको उपलक्ष्यमा अग्रिम कार्यक्रमको आयोजना गरी सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ्। महिला संघ नेपालको जिल्ला अध्यक्ष जानकी यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्री डा.बिरेन्द्र महतो रहनु भएको थियोे। प्रमुख अतिथि महतोका अनुसार नारीलाई सम्मान गर्नु पर्छ नारी भएर हामी आज यहाँ छौँ,नारीहरुले गरेको मन्त पर्बको आशीर्वादको कारण हामी कुनै कार्यमा सफल हुन्छौं। जितिया पर्व धेरै ठुलो पर्व हो जस्को घरमा सुख शान्ति हुन्छ र परिवारमा एक आपसमा मेलमिलाप हुन्छ त्यो घरको पुरुषको मुखमा छुट्टै मुस्कान रहेको बताए।कुनै पनि सफलताको कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नारीको ठुलो भुमिका रहेको चर्चा गर्दै जितिया पर्व निकै एतिहासिक पर्वको रूपमा रहेको पर्व हो जुन पर्व प्रत्येक बर्ष मनाउने गरिन्छ। तपाईहरुले राखेको मन्त र दिएको आशीर्वादले पुरुषलाई सफलता हुने गरेको जाने गरेको देखिन्छ।कार्यक्रममा महिला संघका सम्पुर्ण पदाअधिकारीहरुको उपस्थिति रहेको थियो। महिलाहरुले रातो नयाँ बस्त्रमा सिङ्गारिएर एक आपसमा नित्य गरी रमाइलो गरेका थिए।विभिन्न झाकीहरु प्रस्तुत गरी जितिया पर्वको शुभ कामना अदान प्रदान गरेका थिए। कार्यक्रममा प्रदेश सांसद ललिता दास जिल्ला समन्वय समितिका सभापति दिनेश महतो,अर्नमा गाउँपालिका अध्यक्ष अशोक यादव निर्माण यादव,लहान नगर प्रमुख महेश चौधरी उप -प्रमुख राम चरित्र महतो निर्माण यादव ,संजिला यादव,तिरपुरा झा,बिनिता यादव ,सुलेखा यादव लगायत संयौ समाजवादी महिलाहरुको उपस्थिति रहेको जिल्ला अध्यक्ष जानकी यादवले जानकारी दिनु भयो। जसपा पार्टीका जिल्ला अध्यक्ष अशोक यादवका अनुसार आउने दिनमा छिटै सांसद बनाउने सामुहिक रूपमा अगिम बधाई तथा सुभ काम दिएका थिए।मन्त्री महतो पनि सुभ कामना दिएका थिए।

फाेटाेमा हेर्नुहाेस्...

जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला

Comments