सन्दर्भ ः पितृपक्षबारे लेख्दा ...
असोज १३, २०८०, शनिबार | विहान ०२:४७ बजे | 35
शब्द ः आफ्नै
आजका दिन देखि हिन्दु धर्मावलम्बीहरुको पितृपक्षको प्रारंभ । यो १६ दिन सम्म रहन्छ । यि दिनहरुमा हिन्दु धर्मावलम्बीहरुले आफ्ना मृतक पूर्वजहरु लाई सम्झिने गर्दछन्। आ– आफ्ना पूर्वजहरु प्रती माया, प्रेम स्नेह, विनम्रता, आदर , श्रद्धा भाव प्रकट गरिने कार्य नै श्राद्ध हो। सनातन धर्म अनुसार मनुष्य जीवन प्राप्त गर्ना साथ प्रत्येक मनुष्यलाई तीन प्रकारको ऋण लागेको हुन्छ भन्ने मान्यता छ।पहिलो देवऋण ,दोस्रो ऋषि र तेस्रो पितृ ऋण । त्यसैले यो पितृ पक्षमा श्रद्धा पूर्वक श्राद्ध कर्म गर्दा यी तीन ऋण बाट मुक्ति पाइन्छ भनिन्छ । यो वैदिक सनातनी हिन्दु धर्मावलम्बीहरुको एउटा उहिले देखि चलि आएको संस्कार हो।
विज्ञानको भनाइमा मृत्युु पछी सबै यही नै समाप्त हुन्छ । हाम्रै हिन्दु धर्ममा पनि सृष्टिदृस्ठिवादले भन्छ पंच धातुमा शरीर विलीन हुन्छ । तर आत्मा मर्दैन भन्ने छ । आत्माले शरीर मात्र छोडने हो । हाम्रो आत्मा चाहिँ ब्रह्माण्डिय उर्जामा गएर समाहित हुने हो। वेदान्त पढनेहरु वा अद्वैत वादीहरुले कर्म काण्ड लाई मान्दा रहेनछन । उनिहरुको भनाइ अनुसार उच्च ज्ञान प्राप्त मानिस चैतन्यमा मिल्छ। अज्ञानि र तृष्णाहरु पूरा न हुनेहरु मात्र रमाइलो गर्नका लागि मायाको जालोमा परेर यो पृथ्वीमा बारम्बार जन्म लिइ रहन्छन् भन्ने रहेछ ।
मेरो बिचारमा आत्मा अमर हुने हुँदा आत्मा लाई खाद्य पदार्थ , जल तथा वस्त्रहरु चढाउनु चाहिँ श्रद्धा र भावना सङ जोडिएको कुरा हो। नयाँ पुस्ताका हिन्दुहरुले समय र अनुकुलताको अभावमा परम्परागत तरिकाले नै श्राद्ध गर्नुपर्छ भन्ने छैन भन्ने मलाई पनि लाग्छ । आफ्नो अनुकुलता , समय र परिस्थिति अनुसार पितृहरुलाई मानसिक रुपमा श्रद्धा र भक्ति पूर्वक सम्झिए पुग्नु पर्ने हो। । तर कसैले कर्मकाण्डमा बिश्वास राखेर श्राद्ध गर्छ भने पनि त्यस्मा बिरोध गर्नु पनि हुँदैन। त्यो उसको इच्छा र भावनाको कुरा हो। मृतक सङको सम्पर्क र तमाम सम्झनाहरु बाँच्नेले बिर्सिदैन । मरे पछी मानिस कि ब्रह्ममा लिन हुन्छ कि हामी भन्दा पर कुनै आयाममा चेतना स्वरुप पुनर्जीवन लिन कुरी रहेको छ , वा पुनर्जीवन नै हुँदैन । कसलाई के थाहा ? यो एउटा संस्कृति र संस्कार मात्र हो।
हाम्रै गीताको सार अनुसार पनि मोक्षको प्राप्ति श्राद्ध बाट नभएर आत्म ज्ञान बाट हुने भएकाले आफ्नो बाबु आमा लाई ज्यूंदा रहेसम्म उनीहरू को सेवा सत्कार गरि उनीहरु लाई खुशी पार्नु नै धर्म हो। बाबुआमा बुढाबुढी भएपछी बाँचुन्जेल मतलव न राख्नु , हेप्नु , दुःख दिनु , अनि उनिहरु मरेपछि समाज लाई देखाउन श्राद्द गर्नु चाहिँ नाटक वा “ हेप्पो क्रेसी “ हो जस्तो मलाइ लाग्छ। श्राद्द गर्नेको भावना चाहिँ छैन तर करकाप र लोकलाजले हिन्दू संस्कारको निम्ति गर्नैपर्छ, के गर्ने ? भनेर मन मारेर मृतक बाबुआमा श्राद्द गर्नु भन्दा नगर्नु नै राम्रो होला। श्राद्ध गर्दा श्राद्धा गर्नेको मृतक प्रती श्रद्दा हुनु जरुरी हुन्छ ।
हाम्रो छिमेकि रास्ट्र भारतको मुगल शासनको पालामा वादशाह औरंग जेबले आफ्नो बाबू लाई जबर्जस्ति सत्ताच्युत गरेर जेलमा सात बर्ष सम्म थुनामा राखेको थियो । औरंगजेब भयंकर निर्दयी र हिन्दु बिरोधि थियो। हिन्दुहरुको मन्दिर तोडफोड गरी त्यहाँ मस्जिद निर्माण गर्थ्यो । हिन्दूहरु लाइ लाई जवर्जस्ती मुसलमान हुन दबाब दिन्थ्यो ।
बाबुलाई थुनामा राख्दा यति पानी खाँदा बाँच्छ होला भन्ने सोचेर पानी अडकलेर एउटा फुटेको घैलामा जेलमा दिन लगाउथ्यो। येसरी पानी पनि राम्ररी पिउन न दिएर तडपाएको हुँदा बाबुले छोरा लाई एउटा चिट्ठी लेखेका थिए। त्यो चिट्ठी आज पनी चर्चित छ । येस्का शब्दहरु उर्दू र फारसीमा छन। जो यस प्रकारको छ ।
“ ए पिसर तू अजव मुसलमानी , ब पिदरे जिंदा अब तरसानी , अफरिन वाद हिंदवान सदबार , मैं देहंद मुर्दारावा दायम आब “अर्थात हे! पुत्र तँ विचित्रको मुसलमान होस , जो आफ्नो जिवित पिता लाई पनि पानी पिउन तडपाई रहेको छस। तँ भन्दा त ती हिन्दुहरु प्रशंसनिय छन , जो आफ्नो मृत पूर्वजहरु लाइ समेत पानी ( तर्पण ) दिन्छन् । “ । धेरै के लेखुँ िधन्यवाद !