भक्तपुरको ताथलीमा असोज ११ देखि विराट ज्ञान महायज्ञ हुने (विस्तृत विवरणसहित)
असोज ५, २०८०, शुक्रबार | दिउँसो ०१:३८ बजे | 45
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीमा धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत पितृ मुक्ती विराट ज्ञान महायज्ञ – २०८० हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी असोज ११ गतेदेखि २७ गतेसम्म हुने जनाएको हो ।
सम्मेलनमा आयोजक छोरीको घर जेष्ठ नागरिक आश्रम चाँंगुनारायण ९ भक्तपुरका बालयोगेश्वर विजयमूर्ति महाराजजीले विशाल धार्मिक महामहोत्सव अन्य कुनै प्रयोजनका लागि नभई विशुद्ध रुपमा पवित्र भूमि चाँगुनारायण नगरपालिका वार्ड नं. ९ ताथली भक्तपुरमा देशभरिका वेसहारा, पीडित, दुःखी, अपहेलित, गरिव, निमुखा तथा आधारभूत आवश्यकतावाट वञ्चित ज्येष्ठ नागरिकहरुको सहयोगको लागि भएको बताए । जेष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा राख्न विशाल आश्रम निर्माणका लागि जमिन खरिद गरी नेपालकै नमूना ज्येष्ठ नागरिक आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठ नागरिक दिवा तथा रात्री सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र, निःशुल्क एम्बुलेन्स सञ्चालन, अलौकिक दिव्य राधाकृष्ण तथा पाञ्चायन मन्दिर आदि निर्माण सहयोगार्थ भएको उनले बताए ।
महायज्ञको क्रममा प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय तथा उमा महेश्वरीबाट कथा वाचन हुने सम्मेलनमा बताइयो । ऐतिहासिक महायज्ञ कार्यक्रम अवधिभर उच्च पदस्त व्यक्तिहरु, धर्मगुरुहरुलगायत सबै राजनैतिक दलका प्रभावशाली नेताहरुको तथा वहालवालालगायत भूतपूर्वसमेत उपस्थित भएर कार्यक्रमको शोभा बढाउन सहयोग गर्ने कार्यक्रम तय भएको सम्मेलनमा बताइयो ।
प्रेस विज्ञप्ती
समादरणीय सञ्चारकर्मी ज्यूहरुमा नमस्कार तथा प्रणाम ????
हाम्रो यो ऐतिहासिक भक्तपुर, चाँगुनारायण, ताथली धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत पितृ मुक्ती विराट ज्ञान महायज्ञ – २०८० लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आयोजित यो पत्रकार सम्मेलनमा यहाँहरु उपस्थित सबै पत्रकार ज्यूहरुलाई सर्वप्रथम स्वागत गर्न चाहन्छौँ ।
हाम्रो यो विशाल धार्मिक महामहोत्सव अन्य कुनै प्रयोजनका लागि नभई विशुद्ध रुपमा पवित्र भूमि चाँगुनारायण नगरपालिका वार्ड नं. ०९ ताथली, भक्तपुरमा देश भरिका वेसहारा, पिडित, दुःखी, अपहेलीत, गरिव, निमुखा तथा आधारभूत आवश्यकतावाट वञ्चित ज्येष्ठ नागरिकहरुका लागि विशाल आश्रम निर्माणका लागि जमिन खरिद गरी नेपालकै नमुना ज्येष्ठ नागरिक आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठ नागरिक दिवा तथा रात्री सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र, निःशुल्क एम्बुलेन्स सञ्चालन, अलौकिक दिव्य राधाकृष्ण तथा पाञ्चायन मन्दिर आदि निर्माण सहयोगार्थ गर्न लागिएको हो। प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय ज्यु तथा उमा महेश्वरी ज्यु बाट कथा वाचन हुने यस १७ दिने कार्यक्रम आश्विन ११ गते देखि आश्विन २७ गते सम्म ताथली (नालाछाप), भक्तपुरमा सञ्चालन हुनेछ । यस ऐतिहासिक महायज्ञ कार्यक्रम अवधिभर उच्च पदस्त व्यक्तिहरु, धर्मगुरुहरु लगायत सबै राजनैतिक दलका प्रभावशाली नेताहरुको तथा वहालवाला लगायत भूतपूर्व समेत उपस्थित भएर कार्यक्रमको शोभा बढाउन सहयोग गर्नुहुने प्रतिवद्धता आईसकेको छ। यस कार्यक्रममा हजारौं भक्तजनहरुको उपस्थिती हुने तय समेत भईसकेको छ । अब यस कार्यक्रम सफल बनाउनको लागि राष्ट्रको चौथो अंग मानिएको यहाँहरु पत्रकार मित्रहरुको ठूलो भूमिका रहने भएकोले आज हामीले यीनै कार्यक्रमको जानकारी यहाँहरुलाई दिनका लागि यो पत्रकार सम्मेलन गरेका हौं । हाम्रो देश नेपाल पूर्वीय दर्शनको केन्द्र हो । यहिँ ठाउँ बाट सृष्टिको सुरुवात भएको हो र यहाँ यस्ता धार्मिक क्रियाकलापहरुको अत्यन्त ठूलो महत्व छ । यस्ता महोत्सवहरुले सुख, शान्ति, भक्ती र मनोरञ्जन एकसाथ त दिन्छ नै, साथै हाम्रो उद्देश्य त यी बेसहारा ज्येष्ठ नागरिकको संरक्षक बन्ने मात्र नभई देशैभरी बेसहारा ज्येष्ठ नागरिकहरु कोहि पनि नरहुन् र कोहि भएमा हामी संरक्षक बन्न सकौं भन्ने उद्देश्यका साथ गर्न लागिएको यो महाअभियान हो भन्ने कुरा हामी यहाँहरुलाई स्मरण गराउन चाहन्छौं। हाम्रो समाज विभिन्न तहमा धेरै नकारात्मक भईसकेको छ र त्यस्लाई सकारात्मक बनाउन तपाईहरुको अत्यन्त ठूलो भूमिका रहन्छ किनकी तपाईहरुले जे लेखिदिनुभयो र जे देखाईदिनुभयो समाजले त्यही देख्ने हो। आशा गरेका छौँ कि पूर्ण रुपमा यहाँहरुको साथ मिल्नेछ।
यस ऐतिहासिक महायज्ञमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त सन्त–महात्मा, विद्वान–विदुषी, प्रसिद्ध कथा व्यासज्यूहरूको मुखारविन्दवाट निःसृत पवित्र मन्त्रोच्चारण र सुमधुर स्वरमा प्रवाहित अमृतमय, सङ्गीतमय, लीलामय श्रीमद्भागवत कथाको अलौकिक दिव्य प्रवचन हुनुका साथै सन्त–महात्माहरूवाट विज्ञान सम्मत अध्यात्म र विज्ञानको समन्वयात्मक दार्शनिक प्रवचनबाट श्रोताहरूले जीवन, जगत र ईश्वरको रहस्य थाहा पाएर धर्म र अध्यात्मको यथार्थ वोध गर्नका साथै ज्ञान गगांमा स्नान गरी भगवानको कृपाबाट प्राप्त यस अमूल्य मानव जीवनलाई कृतार्थ तुल्याउँदै यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी भई अमृत कथाको श्रवण गरी अक्षय पुण्य लाभ गर्नुहुन सम्पूर्ण जनता, जनार्दन, नागरिक समाज, साधु–सज्जन समाजसेवी, बुद्धिजिवी, धर्मानुरागी, भगवत्सज्जनवृन्द, पत्रकार, राजनैतिक, राष्ट्रसेवक एवं सम्पूर्ण युवा शक्ति, जनप्रतिनिधी, मातृ शक्ति र मानव समुदाय तथा श्रद्धालु भक्तजनहरूलाई यस ऐतिहासिक महासत्संकल्प पुरा गर्ने पुनित कार्यमा सहभागी भएर आफ्नो तर्फबाट हुनसक्ने कुनैपनि सहयोग गरिदिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं। सँग सँगै यस ऐतिहासिक महायज्ञलाई घनीभूत रुपमा सफल पारी सम्पन्न गराउनका निमित्त राष्ट्रको चौथो अंग सञ्चार क्षेत्रको तर्फबाट साथ, सहयोग, समन्वय, सहकार्य तथा सकारात्मक भूमिकाको अपेक्षा गर्दछौँ ।
अब अन्त्यमा, यहाँहरुको व्यस्तताको बावजुत पनि यहाँसम्म आएर हाम्रो यस पत्रकार सम्मेलनमा भाग लिईदिनुभयो त्यस्को लागि हामी अत्यन्त आभारी छौं। यहाँहरुको जिज्ञासा केही यस सम्मेलनमा भनिएका कुराहरुले नसमेटेको भए आफ्नो प्रश्नहरु राखिदिनुहोला। हामी ती प्रश्नहरुको जवाफ दिनेछौं । यो कार्यक्रम बेसहारा ज्येष्ठ नागरिकहरुलाई सहयोग पुग्ने कार्यक्रम भएकोले यहाँहरुको भूमिका बेसहारा ज्येष्ठ नागरिकहरुसँग जोडिएको छ।
। धन्यवाद ।
फाेटाेमा हेर्नुहाेस्...